काभ्रेको रमणीय भेडाबारी गाउँमा मयूरको खोजी
१५ माघ २०८१
•
४ मिनेट पाठ
काभ्रेको रमणीय भेडाबारी गाउँमा मयूरको खोजी
२०७९ साल पुष १४ गते शनिबार, चरा फोटोग्राफीको विशेष उद्देश्यका साथ हामी चरा प्रेमीहरूको समूह बिहानै काभ्रेको पाँचखाल नजिकैको तीनपिप्ले हुँदै ढुंगाना बेँशीतर्फ लाग्यौं। यो स्थान मेरो पुर्ख्यौली थलो हो। बाल्यकालमा केही समय त्यहाँ बिताए पनि पछिल्ला वर्षहरूमा काम विशेषले मात्र जान पाएकोले ठाउँबारे खासै जानकारी थिएन। आफ्नै थलोमा चराचुरुङ्गीहरूको अवलोकन र तिनको फोटोग्राफी गर्न पाउनु मेरो लागि निकै रमाइलो र विशेष अवसर थियो।




हामी बिहानको करिब ८-९ बजेतिर ढुंगाना बेँशी पुग्यौं। वरिपरिका हरियाली, पहाडी भूभाग, र शान्त वातावरणले स्वागत गर्‍यो। बिहानको चिसो हावामा हामीले विभिन्न चरा अवलोकन गर्दै तिनका तस्वीरहरू खिच्यौं। फोटोग्राफीका लागि उपयुक्त वातावरणमा हामीले थुप्रै सुन्दर दृश्यहरू कैद गर्‍यौं।

भोक लागेकोले हामी नजिकैको सानो होटलमा खाना खान गयौं। गाउँको सानो होटल भए पनि ताजा र स्वादिष्ट खाना पाइयो। खाना खाइसकेपछि गाउँलेहरूसँग भलाकुसारी गर्‍यौं। स्थानीय जीवनशैली र अनुभवबारे कुरा गर्दै जाँदा केही गाउँलेहरूले नजिकैको भेडाबारी गाउँमा मयूर पाइने बताए।

हामीले सुनेका थियौं, मयूरहरू सामान्यतया तराईका जङ्गल र फाँटमा मात्र पाइन्छन्। पहाडी भेगमा मयूर हुने कुरा हामीलाई विश्वास गर्न गाह्रो भयो। सुरुमा लाग्यो, कसैले एक-दुईवटा मयूर पालेका होलान्। तर, धेरै गाउँलेहरूले यो कुरा पुष्टि गरेपछि हामीमा कौतूहल जाग्यो।

हाम्रो चराप्रतिको आकर्षण देखेर होला, उनीहरूले हामीलाई मयूरको बारेमा जानकारी दिँदै उत्साहित भए। र मयूरको स्थानतर्फ जान सल्लाह दिए। ढुंगाना बेँशीबाट भेडाबारी गाउँ धेरै टाढा थिएन। करिब १५-२० मिनेटको बाइक यात्रापछि हामी त्यहाँ पुग्यौं।

भेडाबारी गाउँ काभ्रेको नवबुद्धा नगरपालिकामा पर्ने सानो, रमणीय गाउँ हो। गाउँमा पुग्नेबित्तिकै हामीले स्थानीयसँग परिचय गरायौं र मयूरबारे थप जानकारी लिन थाल्यौं। गाउँलेहरूले मयूरहरू करेसाबारी, आँगन र घरको छानामा खेल्न आउँछ भनी बताए। उनीहरूका अनुसार, गाउँमा केही झुन्ड मयूर नियमित रूपमा देखिने गरेका छन्।

हामी गाउँ नजिकैको पाखोमा पुगेर मयूर खोज्न थाल्यौं। निकै चनाखो नजरले चारैतिर हेरेपछि, एक झुन्ड मयूर देखापर्‍यो। झुन्डमा भाले र पोथी मयूर दुवै थिए। हामीले यस्ता सुन्दर चरा यस क्षेत्रमा भेटिन्छ भन्ने कहिल्यै सोचेका थिएनौं। यो अप्रत्याशित खोज हाम्रो यात्राको सबैभन्दा उत्कृष्ट क्षण बन्यो।

हामीले चुपचाप मयूरहरूको गतिविधि अवलोकन गर्न थाल्यौं। उनीहरू सावधान र अलि डराएका जस्ता देखिन्थे। सम्भवतः हामी नयाँ अनुहार भएका कारण र हाम्रा क्यामेराका ठूला लेन्सले उनीहरूलाई असहज बनाएको थियो। यद्यपि, हाम्रो धैर्यताले हामीलाई केही उत्कृष्ट तस्वीरहरू खिच्न सहयोग गर्‍यो।

मयूरहरूको सुन्दरता र उनीहरूको चालढाल कैद गर्नु असाध्यै रोमाञ्चक अनुभव रह्यो। हामीले लगातार चार-पाँच झुन्ड मयूर देख्यौं। तिनको चालढाल, परस्परको व्यवहार र प्राकृतिक सौन्दर्य अवलोकन गर्दा समय बितेको थाहै भएन।

स्थानीयका अनुसार, मयूर यस क्षेत्रमा करिब १०-१२ वर्षदेखि देखिन थालेका हुन्। तर, उनीहरू यहाँ कसरी आए भन्ने कुनै ठोस जानकारी कसैसँग पनि छैन। यो कुरा अझै पुष्टि हुन सकेको छैन। सम्भवतः मयूरहरू यो क्षेत्रमा कुनै वातावरणीय परिवर्तन वा अन्य कुनै कारणले आएका हुन्।

यस विषयमा चरा संरक्षण संस्था र अनुसन्धानकर्ताहरूले थप अध्ययन गर्नुपर्ने देखिन्छ। मयूरको उपस्थिति यहाँको जैविक विविधताको प्रतीक हो। यो विषयले चरा संरक्षणका लागि नयाँ आयाम दिन सक्छ।

सबैभन्दा प्रेरणादायी कुरा के हो भने, स्थानीय बासिन्दा मयूरको संरक्षणप्रति अत्यन्त सचेत देखिन्थे। मयूरले करेसाबारीमा रोपिएका बाली खाए पनि उनीहरूले धपाउने काम गर्दैनथे। हिन्दू धर्ममा मयूरलाई भगवान कार्तिकेय र माता सरस्वतीको प्रतीक मानिने हुँदा उनीहरूले मयूरलाई पूजनीय ठानेका छन्।

यो यात्राले हामीलाई जैविक विविधताको महत्त्व र यसको संरक्षणको आवश्यकता बुझायो। चरा संरक्षण, अनुसन्धान र फोटोग्राफीमा अझ गहिरो चासो देखाउन हामीलाई प्रेरित गर्‍यो। मयूर जस्तै अन्य चरा र जीवजन्तुको पनि संरक्षण गर्न सकियो भने हाम्रो जैविक सन्तुलनमा ठूलो योगदान पुग्नेछ।

हामीले यो यात्राबाट पाएको अनुभव केवल व्यक्तिगत खुशीमा सीमित छैन। यसले सम्पूर्ण चरा प्रेमी र संरक्षणकर्ताहरूलाई प्रकृतिप्रतिको जिम्मेवारीबोध गराउँछ। अझ गहिरो अनुसन्धान र अध्ययनमार्फत यो क्षेत्रमा मयूरको उपस्थिति र त्यसको प्रभावबारे नयाँ तथ्यहरू उजागर हुनेमा हामी आशावादी छौं।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस