कपिलवस्तुमा असमानताविरुद्ध बृहत् र्‍याली
११ माघ २०८१
•
२ मिनेट पाठ
कपिलवस्तुमा असमानताविरुद्ध बृहत् र्‍याली
कपिलवस्तुको तौलिहवामा असमानताविरुद्ध बृहत् र्‍याली निकालिएको छ। गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको यो र्‍यालीमा सहभागीहरूले विश्वव्यापी असमानताको अन्त्य र प्राकृतिक स्रोतमा समान पहुँचको माग राखेका छन्। 




र्‍यालीले तौलिहवा बजारको परिक्रमा गर्दै पेरिस सम्झौता कार्यान्वयन, जलवायु संकट समाधान, खनिज ईन्धनको प्रयोग बन्द, धनीहरूमा कर वृद्धि, आर्थिक असमानता बढाउने नीतिहरूको खारेजी, ज्याला वृद्धि, सबै श्रमिकलाई सामाजिक सुरक्षा र गुणस्तरीय सार्वजनिक सेवामा लगानीको माग गरेका थिए। 

गैसस महासंघका केन्द्रिय सदस्य संजय लम्सालले असमानता हटाउन तथा अधिकारमुखी अवधारणाको विकासको सुनिश्चितताका लागि देशैभर बृहत् र्‍याली निकालिएको बताए।  कार्यक्रममा ऐक्यबद्धता जनाएको जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख रमेश कुर्मीले बताए । 

गैसस महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष जित कुमारी बेल्बासेले सबैलाई समान रूपले प्राकृतिक सम्पदामा पहुँच बढाउन खबरदारी गरिएको बताइन। सबै खालका विभेद खारेज गरेर सबैलाई समान व्यवहार गर्न कार्यक्रमले दवाव दिने उनको बुझाई रहेको थियो। सबै खाले बिभेद र असमानताको विरुद्धमा जिल्लामा दवाव कार्यक्रम आयोजना गरिएको गैर सरकारी महासंघ कपिलवस्तु शाखाका अध्यक्ष जय प्रकाश पाण्डेयले बताए।

‘असमानताका विरुद्ध रातो घेरा कोरौँ’ नारा सहित महासंघले विभिन्न जिल्लामा चेतनामूलक र्‍याली सञ्चालन गरिरहेको छ। यसै क्रममा, स्वीट्जरल्यान्डमा भइरहेको विश्व आर्थिक मञ्चको ५४औँ सम्मेलनलाई प्रभावित गर्ने गरी नेपालमा यी कार्यक्रमहरू आयोजना गरिएका हुन्। 

र्‍यालीपछि, अधिकारकर्मीहरूले बाल विवाह न्यूनीकरणका लागि प्रमुख जिल्ला अधिकारी मार्फत् गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा बाल विवाह अन्त्य, सशक्तिकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन र मानव अधिकार संरक्षणमा कुनै सम्झौता नगर्ने मागहरू उल्लेख गरिएको छ। 

टोलीले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको हो। तीन बुँदे मागसहितको ज्ञापनपत्रमा कानुनी उमेर घटाउनु भन्दा बाल विवाह अन्त्यका कार्यक्रममा जोड् दिनु पर्ने, सशक्तिकरणको कार्यक्रम प्रभावकारी रुपमा लागू गर्नु पर्ने र मानव अधिकार संरक्षणमा सम्झौता गर्न नहुने उल्लेख छ। ज्ञापनपत्र बुझ्दै प्रजिअ अर्यालले आफूले गृह मन्त्रालयमा प्राप्त ज्ञापन प्रेषित गर्नेमा जोड दिएका छन्। 
अर्को समाचार
गोहीको आक्रमणबाट माछा मार्न गएका माझीको मृत्यु
२० असार २०८२
•
१ मिनेट पाठ
गोहीको आक्रमणबाट माछा मार्न गएका माझीको मृत्यु
बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ। यो बिहीबार रातिको घटना हो।




चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका-८ चित्रसारीका २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो।

बिहीबार राति एक जना साथीसँग माछा मार्न गएका थिए। रासस
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
यो पनि पढौँ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस