शीतलहर गरिबका लागि 'काल'
०४ माघ २०८१
•
६ मिनेट पाठ
शीतलहर गरिबका लागि 'काल'
गोलबजार नगरपालिका ११ मैनावत्ती पुलमुनि शीतलहर छल्दै सुकुम्बासी बस्तीका विपन्न। तस्बिरः मिथिलेश यादव/ नागरिक
सिरहाको गोलबजार नगरपालिकाले सडकको धुलो छोप्ने नाममा करोडौं रकम खर्चिसकेको छ। तर नगरपालिका भित्रका विपन्नको शरीर ढाक्न न्यानो लुगा उपलब्ध गराउन सकेको छैन। जसका कारण वर्षैपिच्छेको शीतलहर उनीहरूका लागि कहर सावित भइरहेको छ।




गोलबजार नगरपालिका–११ बलकवा नजिक मैनाबत्ती पुलमुनि लहरै ४० जना सुकुम्बासी मुसहरको छाप्रा छन्। यसै छाप्रामध्ये एकमा बस्छिन् सुमित्रा सदा। चिथ्रा परेको सारीले छाप्रो बेरेर पश्चिमी हावाको सिरेटो छेक्दै दिनरात काटिरहेकी सुमित्रा भन्छिन्, ‘लगैय इ पछिया हावा जान लए क छोड्तै (यो पछिया हावाले ज्यान लिएरै छोड्छ जस्तो छ)।’ राति पर्ने शीतले परालले छाएको छाप्रो भिज्छ। बिहान त्यो शीतको थोपा ओछ्यानमा चुहिन्छ। ज्यान तताउने लुगा जति सबै भिज्छ। सुत्ने परालको ओछ्यान चिसिन्छ। 'जेनतेन भगवान् भरोसे जान बचल छै जसोतसो भगवान् भरोसा ज्यान जोगिएको छ) उनी भन्छिन्, ‘हमर सबके सहारा भगवान् बाहेक कोइ नै भेल (भगवान् बाहेक हाम्रो सहारा कोही भएन)।’

गोलबजार नगरपालिका-१० मुसहरी टोलकी ४० कुन्ती सदाको व्यथा पनि सुमित्राको भन्दा कम दर्दनाक छैन। घाम लागेपछि ओछ्यानमुनि ओछ्याएको पराल बाहिर सुकाउँछिन्। राति चिसो भुइँले ओसिएको ओछ्यानको पराल दिनभरको घाममा न्यानो पारेर राति फेरि बिछ्याउनु उनको हिउँदको दैनिकी हो। ‘घरेमे सरकार एला पर जाड स गरिबके नै कठुवाई परतै कहैछेलै सब झुठेके प्रचार छेलै (दैलोमै सरकार आएपछि गरिब कठ्यांग्रिएर सास्ती खेप्नु पर्दैन भन्थे सब झुटो प्रचार रहेछ)’ कुन्तीले भनिन्, ‘गरिबके सहारा दैबाला सरकार कतौने छै (गरिबलाई सहारा दिने सरकार कतै छैन)। घरमे सरकार एलो पर हमरा सबके देह आ बिछौना गरम नै भैलै (दैलोमै सरकार आए पनि गरिबका लागि न्यायो आएन)।’

सिरहाको मिर्चैया नगरपालिका–७ स्थित तात्रीबारीकी शोभा सदाको शीतलहर कम्पन पनि कम्ता कष्टकर छैन। शरीर न्यानो पार्न न उनीसँग कम्बल छ न न्यानो कपडा नै छ। वर्षौं पहिले राहतमा पाएको कम्बलमा समेत भ्वाङ परिसकेको छ। त्यसमै उनको परिवार बेरिएर शीतलहर काट्दै छ। शोभा जस्तै यहाँका १५ परिवार सुकुम्बासीको बेहाल छ।  

मधेसका गाउँमा तीन दिनदेखि पुनः शीतलहर चल्न थालेको छ। बिहान–साँझ शरीर कमाउने चिसो छ। पछिया हावा र शीतलहरले शरीर कठ्यांग्रिन थालेको छ। हुनेखानेले ज्यानलाई जतन गरेर राखेका छन्। बाक्लो लुगा पहिरेर शरीर न्यानो राख्न थालेका छन्। तर सुकुमबासी तथा विपन्न समुदायमा बर्सेनि शीतलहर कहर बनेर आउँछ।

बनिबुतो गरेर दुई छाक जेनतेन टार्ने सुकुम्बासीलाई चिसो छल्ने न्यानो कपडा र सिरक–डसना किन्ने हैसियत पुग्दैन। चिसो बढेपछि बस्तीका अभाव पीडितहरू निदाउन सक्दैनन्। ‘जाड बढ्ला पर राइतमे निन नै होइछै, लार पजाइर क आइगतापु त भँइयामे बिछाउब कथी (शरीर कठ्यांग्रिँदा राति निद्रा लाग्दैन, पराल बालेर आगो तापौं भने चिसो भुइँमा के बिछ्याउने)’ यही पिरलोमा लक्ष्मिनिया सदाको दिनरात कटिरहेको छ।  

जाडो छल्न उनले पराल सँगै घरका पुराना कपडा बेरेर ओढ्न र ओछ्याउने बनाएकी छिन्। सुकुम्बासी टोलकी ६० वर्षीया सुदामा सदायले शरीर न्यानो बनाउन आगो तापेरै (घुर) रात बिताउने गरेको सुनाइन्। चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा पराल कै सिरक–डसना र गुइँठा बालेर जीवनयापन गर्नु बाध्यता बनेको छ।  

गरिबलाई काल

मधेस प्रदेशका आठवटै जिल्लामा वैशाख जेठको उखरमाउलो गर्मीभन्दा पनि चिसो मौसम ज्यादै कष्टकर हुने विपन्नहरूको अनुभूति छ। गर्मी महिनाको टन्टलापुर घाममा काम गर्न सजिलो मान्ने विपन्न समुदायलाई जाडोले भने असाध्य सताउँछ। 'शीतलहर चलेका बेलामा समेत जान नसक्ने अवस्था हुन्छ,’ दुखनी सदा भन्छिन्, ‘दिनभर आगो तापेर जीउ तताउनुपर्छ। न्यानो ओढ्ने नभएर रातभरि जीउ नतातेपछि भोलिपल्ट काम गर्न सकिँदैन।’ गर्मीको तुलनामा जाडो मौसममा रोगव्याधि नलाग्ने भने  पनि पोसिलो खाना र न्यानो कपडा अभावमा मुसहर समुदाय भने जाडोकै बेला बढी बिरामी पर्छन्।

मधेसमा हरेक हिउँदमा बाक्लो हुस्सु लागेर शीतलहर चल्छ।  शीतलहर सुरु भएपछि चोकचोकमा बाल्न दाउरा दिने र केही थान कम्बल बाँडेर स्थानीय सरकार आफ्नो जिम्मेदारी पूरा भएको ठान्छ। जबकि नागरिकको सबैभन्दा नजिकको सरकारले त शीतलहर र हुस्सुको सम्भावित विपतको आँकलन गरी समयमै गरिब तथा विपन्न घरपरिवार पहिचान गरी आपतकालीन कोष बनाउने र प्रतिकार्यका लागि आफूलाई तयारी अवस्थामा राख्नु पर्ने हुन्छ। बेला छँदै प्रकृतिको यो चक्रसँग जुध्न प्रतिकार्यको योजना बनाउनु पर्नेमा तीनै तहका सरकार यसमा चुकेका देखिन्छन्।

नागरिकलाई शीतलहरबाट जोगाउन स्थानीय सरकार के गर्छ भन्ने दृष्टान्त खोज्न सिराहाकै लहान नगरपालिकाले गरेको काम हेरे पुग्छ। शीतलहर र बाक्लो हुस्सुले जनजीवन प्रभावित भएपछि यहाँ स्थानीय प्रहरीसँगको सहकार्यमा नगरपालिकाले सार्वजनिक ठाउँमा आगो ताप्न दाउरा वितरण गरेको छ।

घुर नै सहारा

सिरहाको लक्ष्मीपुर पतारी–६ सितापुरकी सुनीता देवी पासवान साँझ बिहान परालको घुरमा ज्यान तताउँछिन्। एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने उनको बाध्यता छ। उनले जोडोसँग जिन्दगी जोड्दै भनिन्, ‘हाम्रो जाडोको सहारा नै घुर हो।’ हावासँगै चलेको शीतलहरका कारण मुसहरलगायत विपन्न परिवार जहरीदेवी जस्तै पीडामा छन्। ‘बाँसको टाटीले बारेको घरमा चिसो हावा पसेर निदाउन सकिँदैन,’ उनले कष्ट पोखिन्, ‘दैनिक मजदुरी गरेर खानुपर्ने हामीलाई शीतलहर काल हो।’ पराल ओछ्याई रात काट्ने गरेको उनले बताइन्।

ऐलानी जग्गामा ७८ विपन्न परिवारको बसोबास रहेको यो सुकुम्सीबासी बस्तीमा शीतलहरसँग चलेको पछिया हावाले कष्ट थपिदिएको छ। बस्तीका प्रायः सबैको जीवनशैली उस्तै छ। सुत्ने, ओढ्ने, ओछ्याउनेदेखि खानपान पनि मिल्दोजुल्दो। जीवन धान्ने सहारा पनि उही अर्थात् मजदुरी।

न्यानो लुगा जोड्ने आर्थिक हैसियत नभएका यी बस्तीका महिला तथा पुरुष पातलो कपडा ओढेर थरथर काम्दै घरधन्दा गर्ने गर्छन्। असह्य जाडो भए उनीहरू परालको आगोमा जीउ तताउने गर्छन्। तर, परालको आगो धेरै बेर टिक्दैन, निभिहाल्छ। अनि फेरि उस्तै कँपाइ। ‘दाउरा कहाँबाट ल्याउनु हजुर,’ स्थानीय दुखी पासवानले भने, ‘खाना पकाउन, सुत्नदेखि ताप्न पराल कै सहारा छ।’ गिरहत (जमिन्दार)को खेतमा धान काटेबापत उनीहरू पराल पाउँछन्।

हुस्सुसँगै बिहान सिरसिर हावा चल्छ। त्यस्तो बेला विपन्न गरिब बस्तीका बुढापाका र साना बालबालिकालाई चिसोबाट जोगाउन हम्महम्मे पर्छ। मधेसको विपन्न बस्तीमा जाडो बढ्दै गएपछि दैनिकी कष्टकर हुन थाल्छ।

विपन्न बस्तीमा ओढ्ने र ओछ्याउने न्यानो लुगा हुँदैन। चिसोबाट बच्न ओछ्याउने डस्नाको रूपमा घरभित्र पराल ओछ्याइन्छ। त्यसमाथि पुरानो फाटेका झुत्रे लुगाहरूलाई सिलाएर घरमै बनाइएको भोंटिया (डसना) ओढ्ने चलन छ। 

मधेसमा जाडोबाट बच्ने प्रमुख उपाय घुर ताप्नु (आगो ताप्नु) नै हो। विपन्न बस्तीमा ओड्ने, ओछ्याउनेसहित लगाउने लुगासमेत न्यानो र गतिलो हुँदैन। घाम लागे त ठिकै हुन्छ, तर जब हप्तौँ र कहिलेकाहीँ महिनौँसम्म लाग्ने हुस्सुले गाउँ घेरिरहन्छ, त्यस्तो अवस्थामा घुर ताप्नु (आगो ताप्नु)को विकल्प हुँदैन।  

घुर ताप्न दाउरा पर्याप्त हुँदैन। त्यस्तो अवस्थामा गुहाली (गोठ) भित्र र भान्सा कोठामा सानो खाल्टो खनिन्छ। सुकेको पातपतिंगर, गुइँठा, र केही दाउरा खाल्टोभित्र हालिन्छ। त्यसपछि आगो बालिन्छ। ओसिलो पातपतिंगरले आगो बल्दैन, धुवाँमात्रै पुतपुताइरहन्छ। त्यही धुवाँको न्यानोमा बुढापाका, महिला र केटाकेटी जम्मा हुन्छन्। कतिपय ठाउँमा बुढापाकाहरू रातभरि त्यहीँ बस्छन्। हल्का न्यानोमा बस्दा बुढापाका त्यहीँ निदाउँछन् र कहिलेकाहीँ साडी/धोतीमा आगो सल्किन्छ।  

मधेसमा घुर ताप्दा कपडामा आगो सल्केर जलेर मृत्यु भएको खबर नौलो होइन। घुर ताप्दाताप्दै चिसोको कारण बिरामीहुने र कठ्यांग्रिएर मर्ने घटना पनि अनौठा होइनन्, मधेसमा। घुरको आगोले मान्छे मात्रै होइन, पशु चौपाया समेत जल्ने गर्छन्।
अर्को समाचार
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
२९ पौष २०८१
•
१ मिनेट पाठ
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ।  




चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन्। शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिरदेखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन्।  

जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन्। तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन्। आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ।

जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमासमेत तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीका कर्मचारी नवराज पराजुलीले जानकारी दिए।

चिसो अत्यधिक बढेसँगै बालबालिका विद्यालय जान नसकेको गार्माका स्थानीय पशी शेर्पाले बताएका छन्। पिके मावि लोदिङ्का प्रधानाध्यापक चेतबहादुर मगरका अनुसार चिसोका कारण पठनपाठनमा असर गर्ने भएपछि विद्यालयले सोहीअनुसार पात्रो तयार गरेर जाडो बिदाको निर्णय गरेको हो।

उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताए। 'यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीयसमेत जाडो छल्न अन्यत्र गएपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौँ,' उनले भने। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस