नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमा वापतको रकम नपाउँदा सेवा प्रवाहमा समस्या आउन थालेको छ।
सरकारको स्वास्थ्य बिमा बोर्डले अस्पताललाई गत आर्थिक वर्ष २०८०/८१ को वैशाख, जेठ र असारको मात्रै चार करोड रूपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। यस्तै चालु आव २०८१/०८२ को साउनदेखि पुस महिनासम्मको करिब ६ करोड रूपैयाँ भुक्तानी पनि रोकिएको छ। अस्पतालले बोर्डबाट गत आव र चालु आवको गरी करिब १० करोड रूपैयाँभन्दा बढी रकम पाउनुपर्ने देखिएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बिमाको भुक्तानी नपाउँदा सेवा प्रवाहमा समस्या हुन थालेको सुनाए। ‘स्वास्थ्य बिमाका कारण अस्पतालमा पछिल्लो समयमा बिरामीको चाप धेरै बढेको छ, तर बिमावापतको रकम हामीले भुक्तानी नपाउँदा अस्पताल चलाउन समस्या भइसक्यो’, उनले नागरिकसँग भने।
अस्पतालले उपचारका लागि आउने बिरामीका लागि स्वास्थ्य बिमासम्बन्धी छुट्टै काउन्टर राखेको छ। स्वास्थ्य बिमा कार्यक्रमलाई अस्पतालले व्यवस्थित गर्दै लगेको छ। यहाँ आउने बिरामीले अधिकांश स्वास्थ्य सेवा बिमामार्फत पाइरहेका छन्।
बिमावापतको रकम भुक्तानी नपाउँदा औषधी, केमिकललगायत सामान सप्लार्यसलाई अस्पतालले पनि भुक्तानी दिन नसकेको प्रमुख मेसु सुवेदी बताउँछन्। उनका अनुसार चालु आव २०८१/८२ को सुरुवातमा अस्पतालले अघिल्लो आवकै २२ करोड रूपैयाँ सप्लार्यसलाई भुक्तानी गर्नुपर्ने देखिएको थियो। अहिले पनि अघिल्लो आवको मात्रै १० करोड रूपैयाँ ती सप्लायर्सलाई भुक्तानी गर्नुपर्ने देखिएको अस्पतालले जनाएको छ।
‘हामीले सप्लार्यसलाई गतवर्षकै भुक्तानी दिन सकेका छैनौं। चालु आवको त झन् पूरै बाँकी छ। स्वास्थ्य बिमाको भुक्तानी पाएपछि हामीले उनीहरूलाई भुक्तानी दिने हो, तर बिमा रकम नआएपछि तिर्न सकेका छैनौं’, मेसु सुवेदीले थपे।
अस्पतालले लामो समयदेखि भुक्तानी दिन नसक्दा सप्लार्यसले नियमित रूपमा आवश्यक सामान (केमिकल लगायत) उपलब्ध गराउन नसकेको उनी बताउँछन्। ‘ल्याबको २/३ वटा मेसिन बन्द छन्, कुनै मेसिनको विकल्प दिएर सेवा दिइरहेका छौं’, उनले भने।
सरकारले स्वास्थ्य बिमा लागु गर्दा गरिब तथा विपन्न समुदायलाई उपचार गराउनमा धेरै राहत मिलेको अस्पतालले जनाएको छ।
‘बिमा गराइसकेपछि गरिब तथा विपन्न समुदायलाई उपचारका लागि कतैतिर हात फैलाउनु पर्दैन’, अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले भने। अस्पतालमा यसअघि गरिब तथा विपन्नका लागि उपचारमा छुट माग्ने प्रवृत्ति रहेकोमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएपछि पछिल्लो समयमा अस्पताललाई पनि राहत भएको उनले बताए।
बोर्डले वार्षिक रूपमा तीन हजार पाँच सय रूपैयाँमा स्वास्थ्य बिमा गराएवापत परिवारका पाँचजना सदस्यलाई एक लाख रूपैयाँ बराबरको उपचार सुविधा दिँदै आएको छ।
स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो।
नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बिमाका आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने सरकारको उद्देश्य छ। २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरुवात भएको उक्त कार्यक्रमलाई हाल स्वास्थ्य बिमा बोर्डले सञ्चालन गर्दै आएको छ।