मेघराज गुरुङ
०२ माघ २०८१
•
२ मिनेट पाठ
मेघराज गुरुङ
सात वर्षसम्म मानसिक असन्तुलनका कारण साङ्लोमा बाँधिएर बस्न बाध्य भएका ३० वर्षीय मेघराज गुरुङ (गोरे) सामान्य जीवनमा फर्किएका छन्।




गोरखा जिल्लामा जन्मिएका मेघराजका अभिभावकको डिभोर्सपछि उनी आमासँग लमजुङको दूधपोखरी गाउँपालिका–२, भूम्लीचोकस्थित मामाघरमा बस्दै आएका थिए। वैदेशिक रोजगारीका लागि उनी कतार र मलेसियासम्म पुगी केही समयपछि गाउँ फर्किए।

गाउँफर्किएपछि साथीहरूको खराब सङ्गत र लागूपदार्थ दुर्व्यसनका कारण उनको जीवन ओरालो लाग्न थाल्यो। रक्सी र लागूपदार्थको लतले मानसिक सन्तुलन गुमाउँदै गएपछि उनले हिंसात्मक व्यवहार देखाउन थाले। कपडा बिना हिँड्ने र गाउँलेलाई पीडित पार्न थालेपछि, परिवारले उनलाई नियन्त्रण गर्न नसकेर सात वर्षसम्म बारीको पाटामा साङ्लोमा बाँधेर राख्न बाध्य भए।

२०७९ मंसिर २७ गते मानव सेवा आश्रमले मेघराजको उद्धार गरी आफ्नै संरक्षणमा राख्यो। आश्रममा १३ महिनासम्म औषधि उपचार, परामर्श, र पारिवारिक वातावरणमा राखेपछि मेघराज पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएको आश्रमका प्रदेश संयोजक अनिता अधिकारीले जानकारी दिइन्।

‘उनको परिवार र गाउँलेले यो समस्या मानसिक रोग हो भन्ने बुझ्न सकेका थिएनन्। गाउँमा ‘रक्सीले बिग्रिएको’ भन्थे। तर, औषधि उपचार र उचित हेरचाहले गोरे भाइलाई पूर्ण रूपमा ठिक बनाउन सकिन्थाे। दुर्भाग्यवश, उनले ७ वर्षसम्म औषधि खान र पारिवारिक समर्थन पाउन सकेका रहेनछन्।’ 

आश्रमको निरन्तर सहयोग र उपचारपछि मेघराजको मानसिक स्वास्थ्य सुध्रिएपछि उनको परिवारसँग पुनर्मिलन सम्भव भएको छ। आश्रमले परिवार र गाउँलेलाई उनको मानसिक स्वास्थ्यबारे सचेतना गराउँदै यो अवस्था आउनुमा उचित हेरचाहको अभाव मुख्य कारण रहेको बतायो।

‘आज उनी सामान्य अवस्थामा फर्केका छन्। यस परिवर्तनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान दिनुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ,’ आश्रमले भनेको छ।

मेघराज अब आफ्ना परिवारसँग नयाँ जीवन सुरु गर्न तयार छन्।

यसअघि मानव सेवा आश्रमले लमजुङको दोर्दी गाउँपालिका–९ हिले टक्सार माझगाउँका ५४ वर्षीय इमानसिंह गुरुङको पनि यसै गरी उद्धार गरी पारिवारिक मिलन गराएको थियो। इमानसिंह भने ३२ वर्षसम्म साङ्लोमा बाँधिए बसेका थिए। उनको कथा पढ्न:

https://nagariknews.nagariknetwork.com/Grahak-Bises/1461200-1736606537.html
अर्को समाचार
नशाले भत्किएको जीवन: जो ७ वर्ष साङ्लाले बाँधिए
०२ माघ २०८१
•
२ मिनेट पाठ
नशाले भत्किएको जीवन: जो ७ वर्ष साङ्लाले बाँधिए
सात वर्षसम्म मानसिक असन्तुलनका कारण बारीको पाटामा साङ्लोमा बाँधिएर बस्न बाध्य ३० वर्षीय मेघराज गुरुङ (गोरे) अहिले सामान्य जीवनमा फर्केका छन्।




मेघराजको बाल्यकाल अभिभावकको डिभोर्सपछि आमासँग लमजुङको दूधपोखरी गाउँपालिका–२, भूम्लीचोकस्थित मामाघरमा बित्यो। उनी वैदेशिक रोजगारीका लागि कतार र मलेसिया पुगेर केही समयपछि गाउँ फर्किए। तर, गाउँ फर्किएपछि खराब सङ्गत र लागूपदार्थको दुर्व्यसनमा फसेका कारण उनको जीवन क्रमशः अँध्यारोतर्फ मोडियो।

लागूपदार्थ र रक्सीको लतले मानसिक सन्तुलन गुमाउँदै गएपछि उनले हिंसात्मक व्यवहार देखाउन थाले। कपडा बिना हिँड्ने र गाउँलेलाई दुःख दिने उनको व्यवहार नियन्त्रणभन्दा बाहिर गयो। परिवारले उनलाई सात वर्षसम्म साङ्लोमा बाँधेर राख्न बाध्य भए। यसक्रममा उनले २४ वर्षको उमेरदेखि ३० वर्षसम्म बाधिँएरै बसे।

२०८० मंसिर २७ गते मानव सेवा आश्रमले मेघराजको उद्धार गरी आफ्नै संरक्षणमा राख्यो। १३ महिनासम्म औषधि उपचार, परामर्श, र पारिवारिक वातावरणमा राखेपछि मेघराज पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएको आश्रमका प्रदेश संयोजक अनिता अधिकारीले बताइन्।

‘उनको परिवार र गाउँलेले यो समस्या मानसिक रोग हो भन्ने बुझ्न सकेका थिएनन्। गाउँलेले “रक्सीले बिग्रिएको” भन्नठान्थे। तर, उचित उपचार र हेरचाहले गोरे भाइलाई निको बनाउन सकिन्थ्यो,’ अनिता भन्छिन्।

मानव सेवा आश्रमको प्रयासले मेघराजको मानसिक स्वास्थ्यमा सुधार मात्र ल्याएन, परिवारसँग पुनर्मिलनको बाटो पनि खोल्यो। अहिले मेघराज आफ्ना परिवारसँग नयाँ जीवन सुरु गर्न तयार छन्।

यसअघि पनि मानव सेवा आश्रमले ३२ वर्षसम्म साङ्लोमा बाँधिएर बसेका लमजुङका ५४ वर्षीय इमानसिंह गुरुङलाई उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको थियो।

उनका संघर्ष र परिवर्तनको थप विवरण

समाजमा मानसिक स्वास्थ्यप्रतिको चेतनाको कमीले मेघराज र इमानसिंहजस्ता कयौं व्यक्तिले जीवनको लामो समय अन्धकारमा बिताउनुपरेको छ। तर, मानव सेवा आश्रमजस्ता संस्थाको प्रयासले उनीहरूको जीवनमा नयाँ बिहानी ल्याएको छ।
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस