देउमाई नगरपालिकाको धुसेनीकी वृद्धा तोरणकुमारीले हातमा पतिको फोटो बोकिन् र हामीसँग उनको फोटो खिचाइन्। उनले पतिको मात्र होइन, आफ्ना माइला छोराको फोटो पनि अर्को हातमा बोक्थिन् होला तर त्यो थिएन।
उनका गहभरि आँसु भरिए तर बगेनन्। आँसु भुइँमै नझरे पनि मजेत्रोको सप्कोले आँखा पुछिन् र भनिन्, ‘अब त आँसुसमेत सुकिसके।’ पतिको नाममा तोरणकुमारीलाई १८ वर्षदेखि यही तस्बिरको मात्रै सहारा छ। तीन छोरामध्ये जेठा र कान्छा साथमै छन्। बाबुसँगै गएका मानसिक समस्याका बिरामी माइला छोरा न त सम्पर्कमा छन्, न घरमा उनको तस्बिरसम्म छ।
२१ वर्षे छोराको उपचारका लागि भारतको राँची गएका तोरणकुमारीका पति पदम चापागाईं अहिलेसम्म घर फर्किएका छैनन्। उनका परिवारजन घरमुली पदम आज आउलान्, भोलि आउलान् भन्दै बाटो कुरिरहेका छन्। तर, न बाबु पदमको कुनै खबर आउँछ, न उपचारका लागि लगिएका माइला छोरा प्रमोदको। ‘एक जना हराउनु त स्वभाविकै लाग्थ्यो, बाबु–छोरा नै हराएको झन्डै २० वर्ष भयो, अहिलेसम्म कुनै पत्तो भएन,’ तोरणकुमारी भन्छिन्, ‘आशामा रुँदारुँदा अब त आँसुले पनि कसरी पुगोस्।’
२०६३ साउन १२ गते पदम माइला छोरा प्रमोदलाई लिएर भारत जान हिँडेका थिए। त्यतिबेला घर–गाउँमा फोन सुविधा सहज थिएन। हिँडेको करिब सात दिनपछि घरमा रहेको फोन (सिडिएमए)मा सम्पर्क गरे। ‘फोनको घन्टी बज्यो, म तलामुनि थिएँ, तलामाथि कोठामा ठूली बुहारी फोनमा बोलिन्, बुबाले फोन गर्नुभएको रहेछ,’ तोरणकुमारीले सम्झिइन्, ‘घरको केही खबर सोधेर उहाँ (पदम)ले म अभियोगमा फसें भन्नसम्म भ्याउनुभएछ। बुहारीले भनेअनुसार त्यति भनेपछि उहाँको फोन कसैले खोसेकोजस्तो बुझियो। त्यसपछि तारन्तार फोन गर्दा कहिल्यै लागेन।’
भारत गएका बुबा र भाइको थप खबर नआएपछि वैदेशिक रोजगारीमा रहेका पदमका जेठा छोरा सुरेन्द्र पनि कतारबाट फर्किए। स्थानीय कालिकादेवी प्राथमिक विद्यालयका शिक्षकसमेत रहेका ५३ वर्षे पदम र प्रमोदलाई खोज्न सुरेन्द्र भारत गए। पदमले फोनमा भनेको स्थानमा पुग्दा पनि केही पत्तो भएन। सुरेन्द्र अन्ततः राँचीकै अस्पताल पुगे। त्यहाँ पनि पदम र प्रमोद बिरामीका रूपमा पुगेको पाइएन।
‘भारतको कलकत्ता पश्चिम वर्दमानको अलैँची संस्था भन्ने स्थानबाट फोन आएको भनिएको थियो,’ सुरेन्द्रले भन्छन्, ‘त्यहाँ पुगेर पुलिस ठानामा पनि हुलियासहित सोधखोज गरियो, पुलिसले ढिलो खबर भयो भन्ने जबाफ दियो, बुबाको फोन आएको करिब एक महिनापछिको कुरा थियो त्यो।’
सुरेन्द्रका अनुसार छोराको उपचार गर्न पदमले आफ्नो साथमा ६० हजार रुपैयाँ पनि बोकेका थिए। ‘त्यही पैसाका कारण पनि बुबालाई अप्ठ्यारा पारिएको हुनसक्ने अनुमानमात्रै गर्न सकिन्छ। भाइ त बिरामी थियो, उसले भेउ पाउने अवस्था थिएन,’ सुरेन्द्रले भने। उनको परिवार अहिले पनि पदम र प्रमोद फर्किने आशमा छ। ‘उहाँले परिवार बिर्सिनुहुन्छ भन्ने लाग्दैन, भरे–भोलि उहाँहरू टुप्लुक्क आउनुहुन्छ कि भन्ने आस भइरहन्छ अहिले पनि,’ तोरणकुमारीले सुनाइन्।
एसएलसी पास गरेपछि प्रमोद सशस्त्र द्वन्द्वमा लागे। उनी विद्रोही समूहमा थिए। तर, उनी घर फर्केपछि मानसिक समस्या आइलाग्यो। त्यसपछि उनलाई उपचार गराउन पदम लिएर भारत गएका हुन्। तोरणकुमारीको परिवारमा अहिले उनका जेठा छोरा सुरेन्द्र, कान्छा छोरा विमल र उनीहरूका परिवार छन्।