दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीलाई ट्राफिक सचेतना
२३ पौष २०८१
•
३ मिनेट पाठ
दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीलाई ट्राफिक सचेतना
दाङमा पछिल्लो ६ महिनाको अवधिमा ४५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यो संख्या गत वर्षकोभन्दा बढी हो । ट्राफिक प्रहरीका अनुसार सवारी दुर्घटनाको प्रमुख कारण सवारी चालकको लापरवाही देखिन्छ । योसँगै सडकको अवस्था अर्को प्रमुख कारणका रुपमा मानिएको छ । यससँगै आम नागरिकको असावधानीलाई पनि प्रहरीले दुर्घटनाको कारण मान्ने गरेको छ । यसर्थ दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनालाई प्रहरीले अपरिहार्य मान्दै आएको छ ।  




‘सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना अति महत्पूर्ण छ,’ रिपोर्टस् क्लव दाङले गरेको सवारी दुर्घटना न्यूनिकरणका उपाय विषयक कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरिक्षक राजेश शाहीले भने ‘ट्राफिक सचेतना बारे जानकारी जति दिन सकियो, दुर्घटना न्यूनिकरणमा सहजता बन्दै जान्छ ।’

सवारी दुर्घटना न्यूनिकरणका लागि लुम्बिनी प्रदेश सरकारले पनि सचेतना अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । साथै मन्त्रालयले ट्राफिक सचेतनाका कार्यक्रमलाई विद्यार्थीसँग जोडेको छ । प्रदेश सरकारले पनि विद्यालयलाई ट्राफिक शिक्षा दिने प्रमुख थलोका रुपमा चयन गरेको छ । विद्यार्थीहरुमार्फत् यो प्रकारको सचेतना प्रदान गर्न सके प्रभावकारी हुने देखेको लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रदेशका १२ वटै जिल्लाका विद्यालयहरुमा ट्राफिक कक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।  

मन्त्रालयले पहिलो चरणमा ४ जिल्लाका केहि विद्यालयहरुमा यो कक्षा दिएको छ । रोल्पा, रुकुम पूर्व, रुपन्देही र नवलपरासीका केही विद्यालयलाई पहिला चरणमा छनोट गर्दै ट्राफिक सचेतना कक्षा प्रदान गरिएको मन्त्रालयले जनाएको छ । यी चार जिल्लाका विद्यार्थी संख्या धेरै भएका एक÷एक विद्यालय छनौट गरि मन्त्रालयले पहिलो चरणका ट्राफिक सचेतना कक्षा दिएको छ । क्रमिक रुपमा अरु विद्यालयमा पनि यो कक्षा सञ्चालन गर्ने लक्ष्य मन्त्रालयको छ ।  

‘मूलतः हामीहरुले विद्यालयमै पुगेर ट्राफिक सचेतना सम्बन्धी कक्षा सञ्चालनको योजना बनाएका छौँ, र केही विद्यालयमा सचेतना कक्षा सञ्चालन गरिएको छ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘प्रदेशका अन्य जिल्लाका धेरै विद्यार्थीहरु भएका विद्यालयमा पनि हामीहरुले यो सचेतना कार्यक्रम गर्नेछौँ ।’

मन्त्रालयले ट्राफिक सचेतना फैलाउने बलियो माध्यमका रुपमा विद्यालयलाई छानेको छ । मन्त्रालयले ९ कक्षा देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर ट्राफिक सचेतना दिइरहेको छ । ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरु आफै पनि सवारी साधन चलाउने र उनीहरुलाई ट्राफिक सम्बन्धी ज्ञान नहुँदा दुर्घटनाको जोखिममा रहने मन्त्रालयको निष्कर्ष छ ।  

यसका साथै विद्यालयहरुलाई ट्राफिक सचेतना बारे जानकारी दिँदा यो जानकारी अभिभावक हुँदै समाजसम्म पुग्ने र समाज सुसुचित हुने अपेक्षा मन्त्रालयको छ । ‘९ दखि १२ कक्षामा पढ्ने विद्यार्थीहरु आफै पनि सवारी साधन चलाउन सक्ने उमेर समूह भित्र पर्छन्, उनिहरुलाई ट्राफिक नियमबारे जानकारी नहुँदा उनिहरु स्वयंनै दुर्घटनाको उच्च जोखिममा हुन्छन्, उनिहरुलाई दुर्घटना बाट जोगाउन सचेतना आवश्यक देखिन्छ,’ मन्त्री न्यौपाने भन्छन् ‘यसका साथै विद्यार्थीहरुलाई ट्राफिक सचेतनाबारे जानकारी दिँदा यो सूचना अभिभावकमा पुग्छ र सिंगो समाजनै ट्राफिक नियमबारे जानकार बन्छ, फलतः विद्यार्थीहरुलाई केन्द्रमा राखेर ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने लक्ष्य राखिएको हो ।’  

मन्त्रालयका अनुसार विद्यार्थीहरुलाई सवारी साधन चलाउँदा ध्यान दिनु पर्ने बिषयहरुका बारेमा ट्राफिक प्रहरीले जानकारी दिने गर्दछन् । मन्त्रालयले यस्ता कक्षा सञ्चालनका लागि सम्बन्धीत जिल्लाका ट्राफिक प्रहरीसंग समन्वय गरेको हुन्छ । यसैगरि विद्यार्थीहरुलाई बाटो काट्ने नियमका बारेमा जानकारी दिइन्छ ।  
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस