पाँच मुहान थपेर खानेपानी वितरण सहज बनाइयो
२१ पौष २०८१
•
३ मिनेट पाठ
पाँच मुहान थपेर खानेपानी वितरण सहज बनाइयो
मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पुर्‍याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ। पाँच मुहानको पानी थपेपछि अब फिदिमका उपभोक्ताले सहजै खानेपानी पाउन थालेका छन्।




उपभोक्ता समितिले महभिरबाट दुई मुहानको पानी केही समयअघिदेखि वितरण गर्न थालेको हो। साढे पाँच किलोमिटर दूरीबाट रु एक करोड १६ लाखको लागतमा दुई नयाँ मुहानबाट पानी ल्याइएको हो। यस्तै नाम्दु खोलाका दुई नयाँ मुहानबाट साढे सात किमी पाइप लाइन विस्तार गरी खानेपानी ल्याइएको छ। यसैगरी सिस्ने खोलाको मुहानबाट साढे ६ किमी पाइप लाइनमार्फत नयाँ मुहान थप गरिएको छ।

नयाँ मुहानबाट खानेपानी ल्याउन सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन योजना कार्यालय इलाम र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरले बजेट तथा पाइप उपलब्ध गराएको समितिका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए। सरकारी कार्यालयका अतिरिक्त सिङ्गापुरमा रहेका यहाँका नागरिकबाट प्राप्त सहयोग, समितिले देउसीभैलोबाट सङ्कलन गरेको रकम, देशविदेशबाट अन्य सहयोगीले पठाएको रकम तथा श्रमदानबाट संरचना निर्माण गरी नयाँ मुहान थप गरिएको हो। रु छ करोड ५१ लाख लागतमा नयाँ मुहान थप गरी सदरमुकाम क्षेत्रका तीन हजार घरधुरीमा खानेपानी वितरण गरिएको अध्यक्ष गुरुङको भनाइ छ। 

पहिरोले फिदिम खानेपानीका मुख्य मुहान तिप्तावा र आप्तावा खोला क्षेत्रका संरचना तथा पाइप लाइनमा क्षति पुर्‍याएको थियो। गत असोज १२ गते आएको बाढीपहिरोले तिप्तावा खोला मुहानमा छ सय ५० मिटर पाइप लाइन, कलेक्सन चेम्बरलगायत संरचनामा क्षति भएको अध्यक्ष गुरुङले जानकारी दिए। यस्तै, अर्को मुख्य मुहान आप्तावा खोलामा पाँच सय मिटर पाइप लाइन तथा एक सय मिटर लामो ट्रस्ट पुल बगाएपछि यहाँबाट आउने पानी असोजयता अवरुद्ध छ।

पहिरोले यी मुहानबाट ल्याइएको पाइप लाइन तामाङडाँडा, शेर्माभिर र महभिरका दुई स्थानमा क्षति पुर्‍याएको छ। 'रु छ करोडको लागतमा मात्र पुनर्निर्माण सम्पन्न हुने प्राविधिक प्रतिवेदन आएको छ,' अध्यक्ष गुरुङले भने, 'समितिबाट आप्तावा मुहानको पानी ल्याउन नसके पनि तिप्तावाबाट पानी ल्याउने प्रयास थालिएको छ।'

समितिले विभिन्न १४ मुहानबाट पानी ल्याउन थालेको छ। जसमध्ये पाँचवटा नयाँ हुन्।  छ वटाबाट मुहानबाट हाल पानी ल्याउन नसकिएको अध्यक्ष गुरुङको भनाइ छ। फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हाल दुई हजार नौ सय ९५ परिवारलाई खानेपानी वितरण गर्दैआएको छ। सत्र लाख लिटर पानी हुँदा मात्र सबै धारामा पानी पुग्ने  समितिले जनाएको छ। समितिमा १४ जना कर्मचारीले काम गर्दै आएका छन्। समितिले उपभोक्ताका धारामा २४सै घण्टा पानी उपलब्ध गराउने प्रयास भइरहेको जनाएको छ। अहिले विभिन्न क्षेत्रका धारामा फरक–फरक समयमा खानेपानी वितरण गरिँदै आएको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख देवनाथ यादवका अनुसार गत असोज १२ गते आएको बाढीले जिल्लाका एक सयभन्दा बढी खानेपानी योजनामा क्षति पुर्‍याएको छ। त्यसमध्ये फिदिम खानेपानीमा सबैभन्दा बढी क्षति पुगेको छ। 'तीन महिनादेखि फिदिम खानेपानीको पुनर्निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरिरहेका छौँ,' उनले भने, 'तर अहिलेसम्म प्राप्त भएको छैन।' 

समितिका सचिव कमल बाँस्कोटाका अनुसार रानीटार र लुङरुपामा पर्ने मुख्य मुहानबाट एक दशकअघि २७.५ किलोमिटर पाइप लाइनमार्फत खानेपानी ल्याई वितरण थालिएपछि मात्र फिदिममा खानेपानीको समस्या हल भएको थियो। रु १७ करोड १४ लाखमा निर्माण गरिएको उक्त आयोजनाले नगर विकास कोषबाट लिएको रु १२ करोड ऋण तिर्न बाँकी रहेको समितिले जनाएको छ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस