फागुन १६ र १७ मा श्रम तथा रोजगार सम्मेलन
१८ पौष २०८१
•
२ मिनेट पाठ
फागुन १६ र १७ मा श्रम तथा रोजगार सम्मेलन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्ने भएको छ। पाँचौं संस्करणको यो सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागिएको हो।




श्रम मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै आन्तरिक रोजगार प्रवद्र्धन दशकको अवधारणालाई मूर्तरूप दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने मन्त्रालयले जानकार गराएको छ। वैदेशिक रोजगारका क्षेत्रमा देखिएका चुनौतीको विश्लेषण गरी अगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य छ।

श्रम मन्त्रालयका प्रवक्ता एवं राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेका अनुसार उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार दशकको रणनीतिक कार्ययोजनाउपर पृष्ठपोषण लिने हो। श्रम तथा रोजगार सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञलगायत पाँच सयजनाको सहभागिता रहने उनले बताए।

‘अहिले नेपालको श्रम तथा रोजगार क्षेत्रमा संकुचन आएको छ’, प्रवक्ता घिमिरेले भने, ‘सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई नियमन मात्रै नभई र प्रवद्र्धनकारी भूमिकासमेत निर्वाह गर्नुपर्ने अवस्था देखिएको छ।’

सम्मेलन स्थलमा मन्त्रालय, निजी क्षेत्र तथा अन्य विकास साझेदारहरूको स्टलमार्फत समेत श्रम तथा रोजगार सम्मेलनसम्बन्धी सूचना तथा जानकारी दिइने मन्त्रालयले जनाएको छ।  

आयोजना हुँदै गरेको रोजगार सम्मेलनले विभिन्न अन्तर–सम्बन्धित विषयमा श्रमिक, रोजगारदाता र सरकारका अतिरिक्त यस क्षेत्रका विज्ञ, अध्ययन अनुसन्धानकर्ता र नीति निर्माणहरूको समेत सहभागितामा छलफलको अवसर प्रदान गर्ने मन्त्रालयले जनाएको छ।

 पाँचौं संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको के हो उद्देश्य?

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि पनि चारवटा सम्मेलन आयोजना गरिसकेको छ। यसअघिका सम्मेलनमा गर्न नसकिएका काम र कमीकमजोरी सुधार गर्दै अगाडि बढ्ने मन्त्रालयका निर्देशक घिमिरेले विश्वास व्यक्त गरे। ‘उद्योग र प्रतिष्ठानहरूको भूमिका र यसका लागि सम्पूर्ण आपूर्ति शृंखलामा समेत रोजगारीका विषयलाई छलफल गर्नुपर्ने छ। साथै सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई नियमन मात्रै हैन, प्रवद्र्धनकारी भूमिकासमेत निर्वाह गर्नुपर्ने अवस्था देखिएको छ’, उनले भने।

बजारको मागबमोजिम आपूर्तिमा सन्तुलन कायम राख्न यो सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए।

विशेषगरी वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनमाथि छलफल गरिने मन्त्रालयले जानकार गराएको छ।

श्रम ऐन, २०७४ को दफा १०२ मा श्रमसम्बन्धी विषयमा नेपाल सरकारलाई परामर्श दिन केन्द्रीय श्रम सल्लाहकार परिषद्को प्रावधान रहेको छ। यसले श्रम नीति, सामूहिक सौदाबाजी लगायतका विषयहरू उठान गर्दै आएको भए पनि श्रमिक, रोजगारदाता र सरकारबीच बृहत्तर छलफल गर्ने साझा संयन्त्र तथा मञ्चको अभाव अनुभूति भएको मन्त्रालयले जानकार गराएको छ। 
अर्को समाचार
सरकारले फागुन १६ र १७ गते श्रम तथा रोजगार सम्मेलन गर्ने
१७ पौष २०८१
•
२ मिनेट पाठ
सरकारले फागुन १६ र १७ गते श्रम तथा रोजगार सम्मेलन गर्ने
सरकारले पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आगामी फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने भएको छ।




श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारसँग सम्बन्धित चुनौतीहरूको विश्लेषण र नीतिगत सुधारका लागि सुझाव संकलन सम्मेलनको मुख्य उद्देश्य रहेको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि "आन्तरिक रोजगार प्रवर्द्धन दशक" को रणनीतिक कार्ययोजना उपर छलफल गर्नेछ। श्रम क्षेत्रको संकुचनलाई समाधान गर्न यस सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले व्यक्त गरे।

घिमिरेले देशको श्रम बजारमा उद्योग र प्रतिष्ठानहरूको भूमिका, आपूर्ति श्रृंखलामा रोजगारी सिर्जना, र उत्पादन तथा उत्पादकत्व वृद्धिका विषयमा गहन छलफल आवश्यक रहेको बताए। उनले नेपालमा श्रमिकहरूको माग घट्दै गएको र उत्पादन लागत बढ्दै गएको विषयलाई चिन्ताजनक भन्दै अर्थतन्त्रको व्यापक सुधारको आवश्यकता औँल्याए।

सहसचिव घिमिरेका अनुसार, नेपालका अधिकांश युवाहरू व्यक्तिगत स्वरोजगारभन्दा वैदेशिक रोजगारीमा जाने रुचि राख्छन्। “हाम्रो अर्थतन्त्र उत्पादन वृद्धि भन्दा आयातमा निर्भर छ, जुन दीर्घकालीन रूपमा राम्रो संकेत होइन। वैदेशिक रोजगारी मुलुकको अर्थतन्त्रको अल्पकालीन मेरुदण्ड मात्र हो। उत्पादन र उत्पादकत्व वृद्धिलाई दीर्घकालीन प्राथमिकतामा राख्नुपर्छ,” उनले भने।

घिमिरेले विप्रेषणबाट प्राप्त विदेशी मुद्रालाई देशको रुपान्तरणमा उपयोग गर्नेबारे गहन बहस सुरु गर्न ढिला भइसकेको बताए।

सम्मेलनमा संघीय, प्रदेश, र स्थानीय तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगारसम्बन्धी व्यवसायी, अनुसन्धानकर्ता, र विज्ञ गरी करिब ५ सय जनाको सहभागिता रहनेछ।

मन्त्रालयले यसअघि पनि चार पटकसम्म श्रम तथा रोजगार सम्मेलन आयोजना गरिसकेको छ। यद्यपि, तिनबाट भएका निर्णय कार्यान्वयनमा पूर्णरूपमा सफल नभएको उल्लेख गर्दै मन्त्रालयले यो सम्मेलनले विगतका निष्कर्षहरूलाई व्यवहारमा उतार्न सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ सेकेन्ड अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस