शनिबार बिहान गएको ५.२ म्याग्निच्युटको भूकम्पबाट बाजुराका आठ घरमा क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर गएको भूकम्पले आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगरपालिका–२ मा स्थानीय कल्पना बुढाको दुईतले घर, वडा नम्बर-४ मा स्थानीय जनक बोहरा, वडा नम्बर-९ पाण्डुसैनमा पदम सार्कीको घरमा पूर्ण क्षति भएको छ।
यस्तै, सोही नगरपालिका-३ मा स्थानीय धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चँदारा, मानसिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ।
सोही ठाउँको कैलाश अतिथिगृहको भवनमा पनि क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकबहादुर बोहराले भूकम्पले स्वामिकार्तिक खापर गाउँपालिका-१ का स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको बताए।