इटहरी उपमहानगरपालिकाका ‘उज्यालो इटहरी’अभियान अन्तर्गत चार हजार पाँच सय ५६ वटा सडक बत्ती जडान गरेको छ। उपमहानगरपालिकाले विभिन्न वडामा ६ महिनायता ती सडक बत्ती जडान गरेको हो।
‘उज्यालो इटहरी’ अभियानअन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकसँगै विजुलीका पोलमा बत्ती जडान गरिएको उपमहानगरले जनाएको छ। असारमा इटहरी वडा नं. १ बाट सुरु भएको बत्ती जडान कार्य इटहरीको २० वटै वडामा पुगेको छ। स्वचालित सडक बत्ती जडान कार्य गरिएपछि इटहरीमा चोरीका घटनामा कमी आएको दाबी गरिएको छ। बजार क्षेत्रमा पर्याप्त सडक बत्तीको व्यवस्था भएपछि उज्यालो हुँदा चोरीका घटनामा कमी आएको उपमहानगरको दाबी छ।
सडक बत्ती रात पर्दा आफैँ बल्ने र उज्यालो हुँदा आफैँ बन्द हुने प्रविधिका रहेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए। मुख्य राजमार्गहरूमा एक सय वाटको र भित्री सडकहरूमा ५० वाटको बत्ती जडान गरिएको उनले बताए।
इटहरीको जङ्गल आसपास हात्ती आतङ्कबाट हुने क्षति कम गर्न, सहरमा चोरी बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनीकरण गर्ने हिसाबले पनि पोलैपिच्छे बत्ती जडानको काम भएको उनको भनाइ छ। ५० वाटका चार हजार एक सय७८ वटा र एक सय वाटका तीन सय ७८ वटा बत्ती जडान गरिएको उपमहानगरपालिकाको विद्युत् शाखा प्रमुख उमेश चौधरी बताउँछन्।
वडाबाट माग भए अनुसार बत्ती वितरण गरिएको उनले बताए। चौधरीका अनुसार वडा १, २, ३, ४, ५ माक्रमशः २४९, ३५०, २४५, ३०६ र २१९ वटा बत्ती जडान गरिएको छ। यसै गरी वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ माक्रमशः ५०, २४९, २८०, २३०, १४५, १४३, १००, १६४, १२६ र ११३ वटा बत्ती जडान गरिएको छ।
यसै गरी वडा नं. १६, १७, १८, १९ र २० माक्रमशः २५०, २५०, १८२, २४३ र २६९ वटा बत्ती जडान गरिएको उपमहानगरको तथ्याङ्कमा उल्लेख छ।
विराटनगरको केडिया कन्स्ट्रक्सन हाउस नामक कम्पनीसँग एक करोड ३३ लाख रुपैयाँमा बत्ती खरिद गरेको उपमहानगरको तथ्याङ्कमा उल्लेख छ। बत्ती बिग्रिएको ठाउँमा जडान र मर्मतको काम समेत केडिया कन्स्ट्रक्सन कम्पनीले नै गर्दै आइरहेको चौधरीले बताए। यसरी जडान गरिएको बत्ती बिग्रिएमा दुई वर्षको वारेन्टी रहेको र वारेन्टीअनुसार खरिद गरिएको कम्पनीले बनाइदिने सहमति भएको उनको भनाइ छ।
खास गरी हिउँदको समयमा इटहरीको वडा नं. २, १९ र २० महाहात्तीले प्रभावित पारेको र उज्यालो नभएको गुनासो आएको थियो। दिउँसोको समयमा हात्तीको बथानचारकोसे झाडीको जङ्गलमा गएर बस्ने र रात परेपछि बस्तीमा प्रवेश गरी घर भत्काउने र घरभित्र भण्डारण गरेर राखिएका अन्न खाने र मान्छेको ज्यानै लिने गरेपछि उपमहानगरले सडकमा बत्ती जडानको कार्यलाई तीव्रता दिएको जनाएको छ।
इटहरीको तालतलैया, पानीपिया र शान्तिनगर क्षेत्रमा जङ्गली हात्तीको समूहले बस्तीमा वितण्डा मच्चाउन थालेपछि बस्तीहरूका स्थानीय बासिन्दाहरूले टर्च लाइटको व्यवस्था गरिदिन आग्रह गरेका थिए।