सात समुद्रपारिबाट आएर हिमालको काखमा सेवा गरिरहेका जापानी स्वयंसेवकहरूसँग शुक्रबारको भेट रोचक रह्यो। उनीहरू चार महिनाअघि मात्रै नेपाल आए पनि यहाँ उनीहरू निकै राम्ररी भिजिसकेका छन्।
जापानी सहयोग नियोग (जाइका) द्वारा सञ्चालित स्वयंसेवक कार्यक्रममा संलग्न हुन नौ जना स्वयंसेवी नेपाल आएका थिए। नेपालको दिगो विकास प्रवर्धन र स्थानीय जीवनलाई समृद्ध बनाउन उनीहरू नवीन परियोजना बोकेर नेपाल आएका हुन्। त्यसरी आएका स्वयंसेवी नेपालको विभिन्न गाउँमा छरिएका छन्।
जाइका–नेपालले जापानबाट आएका ती स्वयंसेवकहरूलाई कृषि, शिक्षा, ट्राफिक सुरक्षा र स्वास्थ्य सल्लाहकारसहित विभिन्न क्षेत्रका काममा खटाएको छ। नेपालको ग्रामीण भेगमा दिगो विकास गर्नका लागि प्रत्येक स्वयंसेवकले आफ्नो सिप र दृष्टिकोणअनुसार स्थानीय आवश्यकताहरू सम्बोधन गर्दै आइरहेका छन्।
जाइकाले ‘जाइका स्वयंसेवी गतिविधि अवलोकन र अध्ययन भ्रमण’का लागि काठमाडौंस्थित कीर्तिपुरको मङ्गल माध्यमिक विद्यालय र बागवानी विकास अनुसन्धान तथा तालिम केन्द्रको भ्रमण गराएको थियो। जहाँ दुई जाइका स्वयंसेवी रहेका थिए। कीर्तिपुरस्थित मङ्गल माध्यमिक विद्यालयमा हारुका कातोह (नेपाली नाम आरती) शिक्षिकाका रूपमा चार महिनादेखि काम गर्दै आएकी छिन्।
नेपालमा विद्यार्थीलाई पढाउँदै गर्दा धेरै खुसी लागेको उनी बताउँछिन्। आरतीले मङ्गल विद्यालयमा दैनिक दुई वटा कक्षा लिने गरेकी छिन्। उनी विद्यार्थीलाई हँसाइहँसाई पढाउने गर्छिन्। स्वयंसेवी आरती मङ्गल माध्यमिक विद्यालयमा ‘आर्ट अफ ग्राफ’ को शिक्षा दिँदै आइरहेकी छिन्। आरती दुईचार महिनाका लागि मात्रै आएकी होइनन्। उनी जाइकाको स्वयंसेवक भएर दुई वर्षका लागि मङ्गल माध्यमिक विद्यालयमा सक्रिय हुन्छिन्।
उनको नेपाली भाषा प्रस्ट भए पनि आफूले आफैंलाई नेपाली भाषा त्यस्तो राम्रो नभएको स्वीकार गर्छिन्। ‘मेरो अंग्रेजीसँगै नेपाली भाषा पनि राम्रो छैन,’ हारुका अर्थात् आरती भन्छिन्, ‘म विद्यार्थीलाई पढाएसँगै आफू पनि सिक्दै छु।
विद्यार्थीले मलाई मायासँगै काम गर्नमा पनि धेरै सहयोग गरेकोमा गर्व गर्छु। मैले पढाउने विद्यार्थी धेरै नै ऊर्जावान छन्। सिकाएको कुरा चाँडो टिप्छन्। त्यसैमा खुसी लाग्छ,’ मङ्गल माध्यमिक विद्यालयमा विद्यार्थीसँग कुराकानी गर्दा नेपाली भाषाको ज्ञानसँगै संस्कृति पनि सिक्ने गरेको आरतीले बताइन्।
विद्यालयका प्रधानाध्यापक लोकलाल महर्जनका अनुसार हारुका (आरती)ले विद्यार्थीलाई धेरै राम्रो पढाएसँगै बौद्धिक ज्ञानसमेत दिने गरेकी छिन्। विद्यालयमा कहिलेकाहीं अरू शिक्षक नआउँदा विद्यार्थीले जापानी मिसलाई पठाइदिनू न भन्न आएको उनले बताए।
‘आरतीको नेपाली भाषा एकदमै प्रस्ट छ,’ प्रधानाध्यापक महर्जनले नागरिकसँग भने, ‘विद्यार्थीले पनि उनैलाई रुचाउने गरेका छन्। बच्चाहरूको जस्तो वातावरणलाई पनि सहजै कभर गर्ने गर्छिन्। उसको बोली मिठो भएसँगै सबैसँग घुलमिल हुने राम्रो बानी छ। उनको बोली–व्यवहारले विद्यार्थीको मन जित्ने गर्छ।’ आफूहरूसँग आरती दुई वर्ष काम गर्न आएकोमा धेरै खुसी भएको महर्जन बताउँछन्।
त्यस्तै जाइकाको सहयोगमा बनेको कीर्तिपुरस्थित बागवानी विकास अनुसन्धान तथा तालिम केन्द्रमा कार्यरत अर्का जाइका स्वयंसेवक हुन् तात्सुया हिरोसुई (नेपाली नाम कृष्ण)। जापानमा कृषि क्षेत्रको अध्ययन सकेर स्वयंसेवकका रूपमा काम गर्न आएका कृष्ण नेपालको बगैंचामा रुमलिएका छन्।
बागवानी केन्द्रमा कसरी फलफूलका बिरुवालाई उन्नत तथा जापानी जातका फलफूललाई संरक्षण गर्ने भनेर कृष्णले तालिम दिने गरेका छन्। नेपालीको बगैंचामा पनि जापानी फलफूल देख्नुका पछाडि जाइका स्वयंसेवकहरूको हात रहेको छ।
जाइका स्वयंसेवकहरूले कलमी बिरुवा तथा रुटस्टक बिरुवाहरूको उत्पादन तथा बिक्री वितरण गर्ने भन्ने तालिम दिएसँगै फलफूललाई बेचबिखन र कसरी खाने भनेर पनि सिकाउने गरेका छन्। कृष्ण पनि त्यहीं सिलसिलामा नेपालमा दुई वर्षका लागि आएका हुन्।
दुई महिना मात्रै नेपाली भाषा सिकेर आएका कृष्ण आफू मात्रै नेपाली भाषा बोल्दैनन्, उनी अरूले बोलेको नेपाली भाषाको राम्रो प्रतिउत्तर पनि दिन्छन्। मलेसिया, भियतनाम, अमेरिका घुम्न गएका उनी नेपालमा भने काम गर्न आएका हुन्। उनलाई साँच्चै नेपाल प्यारो लागेको बताउँछन्।
‘मलाई नेपाल धेरै मन पर्छ,’ उनले भने, ‘यहाँको मान्छे दयालु छन्। अझैं मैले काम गर्ने अफिसको मान्छे धेरै राम्रो हुनुहुन्छ। सहयोगी पनि उत्तिकै। नेपाल विकास भएको हेर्न मन छ। हामी पनि नेपाल विकास गर्ने उद्देश्यले यहाँ आएका हौं। जापानबाट म मात्रै आएको छैन। जाइकाद्वारा विभिन्न क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्वयंसेवक भएर नेपाल आएका छौं।’
२५ वर्षीय कृष्ण साह्रै मेहनती छन्। जापानमै हुर्के, पढे र बढे पनि उनलाई नेपाली खाना र नेपालीपन मनपर्छ। ‘मलाई नेपाली खानामा धेरै मन पर्ने भनेकै समोसा हो। त्यसपछि मःम, पकौडा, दुधचिया र नेपाली थाली सेट अत्यन्त मन पर्छ। यहाँको खाना धेरै मिठो छ। तर, मलाई धनियाँको बास्ना कत्ति मन पर्दैन। धेरैजसो नेपाली खाना खान्छु। कहिलेकाहीं मात्रै जापानी रेस्टुरेन्ट जाने हो,’ उनले भने।
यहाँको खाना मात्रै होइन, नेपालीसँग काम गर्दै रमाउने उनलाई बानी परेको छ।
उनले बागवानी केन्द्रमा अङ्गुरको बिरुवा कसरी रोप्ने, कति दुरीमा हुनुपर्ने, बिरुवालाई कसरी काँटछाँट गर्ने र पछि फल फलिसकेपछि फलमा थैला तथा जाली कसरी लगाउने भन्ने तरिकाको तालिम दिन्छन्। अङ्गुर खेतीमा पोख्त रहेका कृष्ण आफैं बागवानी केन्द्रमा ३० वर्षदेखि काम गर्दै आएका कामदारहरूसँग रमाएर काम गर्ने गर्छन्।
आफ्नै देशको माटोमा बाआमा, दाइ र बहिनीसँग रमाएका उनी दुई वर्षपछि जापानमै कृषि क्षेत्रमा रमाउने बताए। नेपालमा जाइका स्वयंसेवक कार्यक्रममा सामेल हुन आएका स्वयंसेवक कृष्णले दुई वर्षमा आफूले सिकेका सिपहरू लागु गर्न र अर्थपूर्ण योगदान गर्ने प्रतिबद्धता गर्नेसमेत जनाए।
बागवानी केन्द्रका अध्यक्ष पदम अधिकारीका अनुसार जापानी फलफूलका ससाना बिरुवा लिन धेरै किसान आउने गरेको छन्। ‘हामीले मुख बाँध्छ भनेर नेपाली हलुवावेद कहिल्यै खाएनौं,’ उनले भने, ‘तर अहिले यो जाइकाले गर्दा हामीले जापानी हलुवावेद मुख मिठाएर खाने गरेका छौं। हाम्रो नेपाली हलुवावेद पाकेपछि त खाने अवस्था हुँदैनथ्यो भने जापानी त काँचै नै खाँदा धेरै मिठो हुन्छ।’
त्यस्तै गरेर जापानी हलुवावेद मात्रै नभएर जापानी नासपती, सुन्तला, क्युवीदेखि धेरै फलफूल नेपाली बगैंचामा हुने गरेको र त्यहीअनुसारको माग बजारमा पनि भएको अधिकारीले बताए।
उनका अनुसार माटो परीक्षण, रोगकिराको पहिचान तथा जापानी फलफूलको गुणस्तर विश्लेषण गर्ने कार्य पनि जाइकाबाट आएका स्वयंसेवकले गर्ने गरेका छन्। यहींअनुसारको फलफूल केन्द्रमा फुलाउने उनी बताउँछन्।
जाइका नेपालले नयाँ स्वयंसेवकहरूले गरेका कामको प्रत्यक्ष दृश्यावलोकन गराउन नेपालका सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय स्वयंसेवी संस्थाका साझेदार र मिडियाकर्मीहरूसँग परिचयात्मक कार्यक्रम आयोजना गरेको थियो। सोही क्रममा हारुका (आरती) र तात्सुय (कृष्ण) सँग भेट भएको थियो।
जाइका–नेपालका प्रशासकीय व्यवस्थापक छवु कार्कीका अनुसार दिगो विकासका लागि नेपालमा आएका जाइका स्वयंसेवकले आफ्ना सिपसहित लक्ष्यहरू हासिल गरिरहेका छन्। जाइकाका स्वयंसेवकहरूले स्थानीय जनतासँग मिलेर तल्लो तहमा काम गर्छन्। जुन यस कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो।
जापान र नेपालबिचको मित्रता र साझेदारीलाई सहज बनाउनु नै स्वयंसेवक कार्यक्रमको अहिलेसम्मको सबैभन्दा ठुलो उपलब्धि भएको उनले बताए। १९६५ मा स्थापित जाइका स्वयंसेवक कार्यक्रमले जापानी स्वयंसेवकहरूलाई उनीहरूको क्षमता र अनुभवहरूको प्रभावकारी उपयोग गर्दै देशको सामाजिक आर्थिक विकासमा योगदान दिन स्थानीय मानिसहरूसँग काम गर्न अनुमति दिँदै आएको छ।
स्वयंसेवकहरू यहाँका स्थानीय जनतामाझ भिजेर बस्छन्। उनीहरूले विकास आवश्यकताहरू पत्ता लगाउनका साथै नेपाल र जापानबिच आपसी समझदारी र मित्रता प्रवर्धन गर्दै आफ्ना गतिविधि अगाडि बढाउँछन्।
नेपालमा पहिलो पटक १९७० मा जाइका स्वयंसेवकहरू आएका थिए। उनीहरूले कृषि, स्वास्थ्य, शिक्षा, माछा पालन, मर्मत कार्य, सिभिल इन्जिनियरिङ, सरसफाइ, खेलकुद र संस्कृतिलगायतका विभिन्न क्षेत्रहरूमा काम गर्दै आएका छन्।
जाइकाको स्वयंसेवक कार्यक्रम कोभिड–१९ का कारण सन् २०२० मा अस्थायी रूपमा रोकिएको थियो। गत वर्ष जुलाई २०२३ बाट पुनः सुरु भएको हो। विगत ५३ वर्षमा नेपालको विकासमा कुल एक हजार चार सय ४९ स्वयंसेवकले योगदान पुर्याएको जाइका–नेपालले जनाएको छ।