नेपाल आउँदै चिनियाँ धर्मगुरु पन्चेन लामा
२६ मंसिर २०८१
•
३ मिनेट पाठ
नेपाल आउँदै चिनियाँ धर्मगुरु पन्चेन लामा
नेपालमा आयोजना हुने ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’मा सहभागी हुन चीन सरकारले तयार पारेका धर्मगुरु आउन लागेका छन्। भारत निर्वासनमा रहेका १४औं दलाइ लामाले उत्तराधिकारी घोषणा नगरेका तर चीन सरकारले नियुक्त गरेका धर्मगुरु पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बु नेपाल आउन लागेका हुन्। 




यही डिसेम्बर १२ (बिहीबार) देखि १५ (आइतबार) सम्म आयोजना हुने नानहाई बुद्धिज्म राउन्ड टेबलमा करिब २० देशका सरकारी अधिकारी र भिक्षुहरू सहभागी हुने छन्। चिनियाँ धर्मगुरु पन्चेन लामा आउन लागेको विषयलाई नेपाल सरकारले गोप्य राखेको छ। ‘धार्मिक सद्भावका लागि उहाँ आउन लाग्नु भएको हो’, लुम्बिनी विकास कोषका एक अधिकारीले भने। 

पन्चेन लामालाई चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) ले धर्मगुरु नियुक्त गरेको हो। उनी नेपाल आउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली चीन जानुअघि नै सहमति भइसकेको हो। ‘यो विषय पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषलाई पहिला नै जानकारी थियो, अन्यथा नभए चिनियाँ चार्टर्ड विमानमा उहाँ आउनुहुनेछ’, कोषका ती पदाधिकारीले भने। ती पदाधिकारीका अनुसार नानहाई बुद्धिजम राउन्ड टेबल होटल याक एन्ड यतीमा हुनेछ। 

चिनियाँ धर्मगुरु पन्चेन लामा काठमाडौँ आउने विषयले नेपाल, भारत र अमेरिकाका बौद्धमार्गीबीच तरंग उत्पन्न भएको छ। उनी आउने विषयलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चासो भएको हो। ‘पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बुलाई चीन बाहिर ल्याएर स्थापित गराइँदैछ’, स्रोतले भन्यो। कार्यक्रममा बेइजिङले चयन गरेका धार्मिक प्रतिनिधि नोर्बुले धार्मिक सद्भावको सन्देश दिने भएका छन्। 

विश्वभर सम्मानित ८९ वर्षीय दलाई लामाले आफ्नो पुनर्जन्मको अधिकार आफूमा निहित राखेका छन्। तर सिसिपीले आफ्नो मनोनीत उत्तराधिकारी नोर्बुलाई अघि बढाइरहेको छ। परम्परागत तिब्बती बौद्ध परम्परामा नोर्बुलाई पन्चेन लामाका रूपमा प्रयोग गरेर दलाई लामालाई निस्तेज गर्ने चीनको प्रयास रहेको अमेरिकालगायतका मुलुकले बताउने गरेका छन्।

‘तिब्बतको आध्यात्मिक सम्पदामाथि बेइजिङको नियन्त्रण छ’, स्रोतले भन्यो। सन् १९९५ मा घोषित वास्तविक पन्चेन लामा गेदुन चोकी निमा अहिलेसम्म सार्वजनिक भएका छैनन्। उनी हराएपछि नोर्बुलाई सिसिपीले धर्मगुरु नियुक्त गरेको थियो। गेदुनलाई भारत निर्वासनमा रहेका दलाई लामाले मान्यता दिएका थिए। 

सन् २०१९ मा नोर्बुले विवादास्पद रूपमै थाइल्यान्ड भ्रमण गरेका थिए। नोर्बुको नेपाल भ्रमण चीनले नेपाल र भारतका बौद्धमार्गीबीच स्थापित गर्ने उद्देश्यले गराउन चाहेको बुझिएको छ। गत सेप्टेम्बरमा बेइजिङबाट नेपालमा एक चार्टर्ड विमान अवतरण गराइएको र त्यतिबेलै नोर्बुलाई नेपाल भ्रमण गराउने तयारी गरिएको भए पनि सफल हुन सकेको थिएन। 

सुरक्षा विज्ञहरूले तत्काल उनलाई नेपाल ल्याउन उपयुक्त नभएको बताएका थिए। चीनले जति मेहनत, प्रचारप्रसार र दबाब दिए पनि तिब्बतीहरूले नोर्बुलाई लामा स्वीकार्न सकिरहेका छैनन्। सन् २०२३ मा चाम्दो भ्रमणका क्रममा नोर्बुको आशीर्वाद कार्यक्रममा सहभागी हुन तिब्बतीहरूलाई प्रतिव्यक्ति १०० युआन तिर्न सिसिपीले उर्दी जारी गरेको र त्यसले सक्कली तिब्बती समुदायमा चरम निराशा छाएको बताइन्छ। बेइजिङले दलाई लामा र वास्तविक पन्चेन लामाका तस्बिरहरूको सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउँदै आएको बताइन्छ। गेदुन ६ वर्षको उमेरदेखि बेपत्ता भएको मानिए पनि चीनले पछि उनी ‘कलेज स्नातक रहेको र नियमित रोजगारीमा रहेको’ बताएको थियो। 

यसअघि सन २०१८ पनि यस्तै सम्मेलन भएको थियो। त्यतिबेला पनि नोर्बु आउन खोजेका थिए। त्यतिबेला नेपालसहित २३ राष्ट्रका बौद्ध धर्मगुरु तथा प्राध्यापकहरूको सहभागिता रहेको थियो। दुई दिनसम्म चलेको सम्मेलनमा बुद्धको जन्मस्थलदेखि लिएर बौद्ध संस्कृति, दर्शन तथा बुद्धका ज्ञान सम्बन्धमा विभिन्न देशका धर्मगुरु तथा प्राध्यापकहरूले तयार पारेका करिब ३० वटा कार्यपत्रमाथि छलफल भएको थियो।
अर्को समाचार
पञ्चेन लामाको साथमा सुरक्षाका लागि चिनियाँ सशस्त्र टोली पनि आउँदै
२६ मंसिर २०८१
•
३ मिनेट पाठ
पञ्चेन लामाको साथमा सुरक्षाका लागि चिनियाँ सशस्त्र टोली पनि आउँदै
नेपालमा आयोजना हुने ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ मा भाग लिन उच्चस्तरका चिनियाँ धर्मगुरु र राजनीतिक व्यक्तिहरू काठमाडौं आएका छन् ।  




यसका लागि थाइ एअरवेजको टिजी३१९ उडानबाट मंगलबार चीनका सम्मानित बौद्ध धर्मगुरु तथा बुद्धिष्ट एसोसिएसन अफ चाइनाका उपाध्यक्ष यिन सुनको नेतृत्वमा १० सदस्यीय भ्रमणदल नेपाल आइसकेको छ । भ्रमणदलमा सिउ जियावेन, सुन जिङहाओ, लिउ गुओसिनलगायत छन् । उनीहरूलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले स्वागत गरेका थिए ।  

राउन्ड टेबलका लागि काठमाडौंको याक एण्ड यति होटलमा यसको तयारी भइरहेको छ ।  ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’मा सहभागी हुन चीन सरकारले तयार पारेका धर्मगुरु आउने भएपछि यसको थप सुरक्षा सहित कार्यक्रम स्थलमा भब्य तयारी थालेको हो ।  

भारत निर्वासनमा रहेका १४औं दलाइ लामाले उत्तराधिकारी घोषणा नगरेका तर चीन सरकारले नियुक्त गरेका धर्मगुरु पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बु नेपाल आउन लागेपछि उनको सुरक्षा प्रबन्ध सहित  कार्यक्रम तयारी थालिएको हो ।  

यही बिहीबारदेखि आइतबारसम्म आयोजना हुने नानहाई बुद्धिज्म राउन्ड टेबलमा करिब २० देशका सरकारी अधिकारी र भिक्षुहरू सहभागी हुने छन् । चिनियाँ धर्मगुरु पन्चेन लामा अहिलेसम्मको कार्यक्रम तालिका अनुसार डिसेम्बर १३ मा नेपाल आइसक्ने बताइएको छ ।  

उनी यसमा सहभागी हुन लागेको विषयलाई नेपाल सरकारले गोप्य राखेको छ । ‘धार्मिक सद्भावका लागि उहाँ आउन लाग्नु भएको हो’, लुम्बिनी विकास कोषका एक अधिकारीले भने । उनी आउने जानकारी पनि कोषकै पदाधिकारीले बाहिर ल्याएका हुन् । उनको साथमा चिनियाँ सशस्त्र प्रहरी समेत रहने बताइएको छ ।  

‘उच्च ओहोदाको व्यक्ति भएकाले उनको सुरक्षाका लागि चिनिया सुरक्षाकर्मीहरु पनि नेपाल आउदैछन्’, स्रोतले भन्यो ।

पन्चेन लामालाई चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) ले धर्मगुरु नियुक्त गरेको हो । उनी नेपाल आउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली चीन जानुअघि नै सहमति भइसकेको हो ।  

‘यो विषय पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषलाई पहिल्यै जानकारी थियो, अन्यथा नभए चिनियाँ चार्टर्ड विमानमा उहाँ आउनुहुनेछ’, कोषका ती पदाधिकारीले भने । चिनियाँ धर्मगुरु पन्चेन लामा काठमाडौँ आउने विषयले नेपाल, भारत र अमेरिकाका बौद्धमार्गीबीच तरंग उत्पन्न भएको छ । उनी आउने विषयलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चासो भएको हो ।  

‘पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बुलाई चीन बाहिर ल्याएर स्थापित गराइँदैछ’, स्रोतले भन्यो । कार्यक्रममा बेइजिङले चयन गरेका धार्मिक प्रतिनिधि नोर्बुले धार्मिक सद्भावको सन्देश दिने भएका छन् ।

पञ्चेन सिधै लुम्बिनीमा

यस कार्यक्रमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिनाअघि नै अनुमति दिएको हो । मन्त्री बद्री पाण्डेले अनुमति दिएका कारण लुम्बिनी विकास कोषले पनि लुम्बिनीमा हुने भ्रमणको व्यवस्थापन गर्नुपर्ने भएको छ ।  

चीन सरकारले अघि सारेका पञ्चेन लामा सिधै लुम्बिनीमा चीनको बेइजिङबाटै फ्लाइटमा आउने तय भएको छ । लुम्बिनीबाट बल्ल उनी काठमाडौं आउने कार्यक्रम बनेको हो । लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  

पछिल्लो समय बुद्ध जन्मस्थल लुम्बिनीप्रति चासो बढ्दो छ । ती धर्मगुरुलाई नेपाल ल्याएर अन्तर्राष्ट्रिय स्तरमै स्थापित गर्ने रणनीतिअनुसार काम भइरहेको छ ।  
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस