भिन्दाभिन्दै पुस्ताका मानिसहरू काम गर्ने अफिसमा कुनै बैठक डाकियो भने प्रायः ती बैठक अनुत्पादक हुने अध्ययनले देखाएको छ। खासगरी पुराना पुस्तासँग जेन जेड, मिलेनियल, जेन एक्स र बेबी बुमरबीच भएका बैठकमा यस्तो समस्या देखिएको छ। कहिलेकाहीँ त बैठक नै तनावयुक्त बन्न पुग्छ।
लन्डन स्कूल अफ इकोनमिक्सले ३४ सय कामदारबीच गरेको बैठक अनुभवसम्बन्धी सर्भेमा यस्तो समस्या देखिएको हो। खासगरी ३५ प्रतिशत बैठकहरू त अनुत्पादक त हुन्छ नै नियमित रूपमा उनीहरूसँग तनावग्रस्त सम्बन्ध बन्न पुग्छ।
प्रायः बैठकमा पुरानो पुस्ता ठूलो स्वरमा कुरा गर्ने गरेको र नयाँ पुस्तालाई त्यो नपर्ने बताएका छन्। जेन एक्स (४०–५० वर्ष उमेर समूहका) बढी बोल्छन्। कार्यस्थलका सबैभन्दा युवा (जेन जी) खासगरी २० को दशकमा हिँडिरहेका कामदारहरू सबैभन्दा कम बोल्छन्।
यस्ता बैठकमा जेन जीका कुनै पनि धारणा नसमेटिने हुँदा उनीहरू कम बोल्ने देखिएको हो। बूढा पुस्ताले नयाँ पुस्ताका कामलाई तिनको क्षमताअनुसार प्रशंसा र श्रेय नदिने पनि अध्ययनमा देखिएको हो।
कार्यालयमा यस किसिमको अन्तरपुस्ता तनाव समस्यापूर्ण हुने विज्ञ बताउँछन्। यस्तोमा नयाँ पुस्ताले आफ्नो कुनै मूल्य नरहेको ठान्दै आफ्ना धारणा राख्न छाड्छन्। यस किसिमको मौनता र अनुत्पादक बैठकको मूल्य क्षेत्रअनुसार फरक भए पनि अमेरिकामा वार्षिक २५९ बिलियन डलर बराबरको क्षति पुग्ने गर्छ।
कुनै २५ सय कर्मचारी हुर्काइरहेको कार्यालयले वार्षिक ९६ लाख अमेरिकी डलर बराबरको क्षति बेहोरिरहेको हुन्छ। यसको अर्थ, नयाँ पुस्ताबाट आउने नयाँ र राम्रा सोच तथा ताजा दृष्टिकोणहरू आउन बन्द हुन थाल्छ। यस्तो क्षति रोक्न बरु त्यस्ता बैठक नै नडाक्न विज्ञहरू सुझाव दिन्छन्।
यस्तो क्षति रोक्न विज्ञहरू समावेशी बैठक डाक्न सुझाउँछन्। सबैको योगदान महत्त्वको हुन्छ भनी बुझाउनु पर्छ। आएका सुझाव र दृष्टिकोणप्रति सकारात्मक दृष्टिकोण अपनाउनु पर्ने लेखिका ग्रेस लोर्डन आफ्नो पुस्तक थिंक बिग मा बताउँछिन्।