प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले प्रहरी हिरासतमा रहेका थुनुवाहरुको मानव अधिकारको अवस्था बारे अध्ययन थालेको छ। समितिले विभिन्न जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूमा पुगेर हिरासतमा रहेकाहरूको मानव अधिकारको अवस्था बारे बुझ्न जिल्ला भ्रमण थालेको हो।
लुम्बिनी प्रदेशका जिल्लाका जिल्ला प्रहरी कार्यालहरुमा रहेका थुनुवाहरूको अवस्था बुझ्न निस्केको संसदीय टोली बिहीबार जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवाहरूको अवस्था बारे जानकारी लिएको संसदीय समितिका सदस्य जीवन परियारले जानकारी दिए। यो टोलीले दाङ सहित लुम्बिनीका नवलपरासी, रुपन्देही, कपिलवस्तु जिप्रकामा रहेका थुनुवाहरूको अवस्था बारे जानकारी लिएको छ।
‘हामीहरुले हिले सम्म चार जिल्लाका जिप्रकामा रहेका थुनुवाहरूको अवस्था बारे जानकारी लिएका छौँ,’ समितिका सदस्य परियारले भने ‘नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङमा पुगेर जानकारी लिने काम भएको छ, अब बाँकेको जिप्रकामा पनि पुगेर जानकारी लिइने छ।’
लुम्बिनी प्रदेशका पाँच जिल्लाका थुनुवाहरूको अवस्था बुझेर यो टोली काठमाडौँ फर्किने छ। टोलले गरेको अध्ययनका आधारमा प्रतिवेदन तयार पारिने र थुनुवाहरूको मानव अधिकारको अवस्था यकिन गरिने सदस्य परियारले जानकारी दिए। ‘हामीहरुले स्याम्पलका रुपमा पाँच जिल्लाका थुनुवाहरूको अवस्था बारे जानकारी लिने छौँ, र प्रतिवेदन तयार पार्ने छौँ,’ परियारले भने ‘उक्त प्रतिवेदनले थुनुवाहरूको अवस्था बारे तथ्य सार्वजनिक हुनेछ।’
परियारका अनुसार थुनुवाहरूको बारेमा जिल्ला प्रहरी प्रमुखहरूसँग जानकारी लिनुका साथै थुनुवाहरूलाई फारम भर्न समेत लगाइएको छ। यो फारममा थुनुवाहरूलाई हिरासत भित्रको बसाइँको अवस्था बारे टिपोट गर्न लगाइएको छ। ‘हिरासत भित्र रहेका थुनुवाहरूको अवस्था के छ भनेर उनीहरूलाई नै लेख्न लगाउने गरी फारम भराएका छौँ,’ परियारले भने ‘त्यो फारममा उनीहरूले आफूहरूको यकिन अवस्था उल्लेख गरेका छन्, फारममा कस्ता कुरा उल्लेख भएका छन् भन्ने बारे भने अहिले नै उल्लेख गर्न मिल्दैन, फारम हामी काठमाडौँ पुगेर नै खोल्ने छौँ।’
संविधानको धारा २० मा व्यवस्था भएको न्याय सम्बन्धी हक र २२ मा उल्लेख गरिएको यातना विरुद्धको हक अन्तर्गत थुनुवाहरूको मानव अधिकारको अवस्था बारे संसदीय समितिले जानकारी लिन थालेको हो। लुम्बिनीका थुनुवाहरूको बारेमा अध्ययनका लागि परियारसहित समितिका सदस्यहरू चन्द्रबहादुर विक, पूर्णबहादुर घर्ती र ध्रुवबहादुर प्रधान आएका छन्।