महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिरमा गृहमन्त्री रमेश लेखकले बुधबार पूजापाठ गरेका छन्।
पाँचवर्षे गढीमाई मेलाको सुरक्षा अवस्था बुझ्न पुगेका उनले मेलामा दर्शनार्थीको सुरक्षालाई प्रभावकारी बनाउन निर्देशन पनि दिएका छन्।
गृहमन्त्री लेखकलाई मन्दिर परिसरमा मेला समिति र नेपाली कांग्रेसका स्थानीय नेताहरुले विशेष कार्यक्रम गरी स्वागत गरेका थिए। कार्यक्रममा सम्बोधन गर्दै उनले मेलामा ठूलो संख्यामा दर्शनार्थी आउने भएकाले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिए। उनले सुरक्षाकर्मीको अभाव भए थप व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाए।
गृहमन्त्रीले मेलामा सीसीटीभी क्यामरा, सुरक्षा सर्वेलेन्स र अन्य उपकरणको प्रयोगमार्फत निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। मंसिर २३ र २४ गते बलिको साइत रहेको र नेपाल–भारतबाट लाखौं दर्शनार्थी आउने भएकाले ती दिनमा सुरक्षा चुनौती बढ्ने सुरक्षा अधिकारीहरूले बताएका छन्।
चार दिन सार्वजनिक बिदा
गढीमाई मेलाको अवसरमा बाराका सबै १६ वटै स्थानीय तहले मंसिर २१ देखि २४ गतेसम्म चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। गढीमाई क्षेत्रको पर्यटकीय र सांस्कृतिक प्रवर्द्धनका लागि गरिएको निर्णयअनुसार अत्यावश्यक सेवाबाहेक सबै संघसंस्था बन्द रहनेछन्।
यसअघि, मंसिर २ गते स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको बैठकले मेला व्यवस्थित गर्न आवश्यक निर्णयहरू गरेको थियो।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...