विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरूको आधारभूत अधिकार सरकारको पहिलो प्राथमिकता: मन्त्री सुडी
१४ मंसिर २०८१
•
१ मिनेट पाठ
विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरूको आधारभूत अधिकार सरकारको पहिलो प्राथमिकता: मन्त्री सुडी
<br>
महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरूको आधारभूत अधिकार सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।




शुक्रबार बाल अधिकारको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले बालबालिकाहरू देशको भविष्य मात्र नभई वर्तमानका लागि पनि महत्त्वपूर्ण रहेको बताए।

मन्त्री सुडीले बालबालिकाको शिक्षा र स्वास्थ्य सरकारको प्राथमिकताको विषय भएको बताए। नेपालको राजनीतिक परिवर्तनसँगै नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बाल अधिकारको सम्मान, संरक्षण र परिपूर्तिमा राज्यको दायित्वलाई अस्पष्ट कानुनी व्यवस्था राखेको उनले बताए।

उनले बालविवाह अन्त्य, बालविवाह श्रम उन्मुलन, शिक्षामा सबैको पहुँच र बालबालिकाको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताए।

मन्त्री सुडीले बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा अझ सशक्त रुपमा लाग्न आह्वान गरे । 
अर्को समाचार
ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती
१४ असोज २०८१
•
५ मिनेट पाठ
ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती
फाइल तस्बिर
ज्येष्ठ नागरिकको हकलाई संविधानमा मौलिक हकका रुपमा राखिएको छ । नेपालको संविधानसँगै २०६३ सालमा आएको ज्येष्ठ नागरिक ऐन र २०६८ मा आएको नियमावलीले स्पष्ट रुपमा नै ज्येष्ठ नागरिकका हक तथा अधिकारलाई उल्लेख गरेको छ ।




तथ्याङ्कअनुसार देशको कूल जनसङ्ख्याको करिब ११ प्रतिशत व्यक्ति ज्येष्ठ नागरिक छन् । नेपालको संविधानको भाग ३, धारा ४१ मा ज्येष्ठ नागरिकको मौलिक हकका रुपमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ उल्लेख छ ।

संविधानतः नै ज्येष्ठ नागरिकका मौलिक हक सुनिश्चित गरिनुका साथै ज्येष्ठ नागरिक ऐन तथा त्यससँग सम्बन्धित कानुन बने पनि त्यसको कार्यान्वयन पक्ष अझै प्रभावकारी बन्न नसक्दा ज्येष्ठ नागरिक आफूले प्राप्त गर्नुपर्ने धेरै सेवा सुविधाबाट वञ्चित बनिरहेको ज्येष्ठ नागरिक महासङ्घ केन्द्रीय समितिका सचिव एवम् गण्डकी प्रदेशका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए ।

“संविधानमा नै ज्येष्ठ नागरिकको हकलाई मौलिक हकमा उल्लेख गरी त्यसअनुरुप विभिन्न ऐन कानुन बनिसकेको अवस्थामा पनि त्यसको कार्यान्वयन पक्ष अझै प्रभावकारी बन्न सकेको छैन”, उनले भने, “स्वास्थ्य बीमामा ज्येष्ठ नागरिकलाई दिने भनिएको सेवा सुविधा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन भने सार्वजनिक यातायातमा पाउने भनिएको ५० प्रतिशत सहुलियत उनीहरूले पाउन सकेका छैनन् ।”

अस्पतालहरूमा ज्येष्ठ नागरिकका लागि वार्ड छुट्याइए पनि सेवाको सहज पहुँच अझै प्राप्त हुन नसकेको उनले बताए। नेपाल सरकारले ७० वर्ष उमेर पूरा भएका नागरिकलाई वृद्ध भत्ता उपलब्ध गराउँदै आएको छ । ज्येष्ठ नागरिकलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले ज्येष्ठ नागरिक परिचयपत्र उपलब्ध गराएको छ ।

राज्यले दिएको परिचयपत्रका आधारमा स्वास्थ्योपचार, यातायातलगायत क्षेत्रमा सहुलियत पाउने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा ज्येष्ठ नागरिकहरू समस्यामा परिरहेको ज्येष्ठ नागरिक महासङ्घ कास्कीका पूर्वअध्यक्ष विश्वेश्वर हरामीले बताए ।

“ज्येष्ठ नागरिकले यातायातमा सहुलियत पाउन नसकेको सम्बन्धमा महानगर प्रमुखसहित सम्बद्ध पक्षसँग पटक–पटक गुनासो गरिहेपनि त्यसको कुनै सुनुवाइ हुन सकेको छैन”, उनले भने, “स्वास्थ्योपचारमा समेत बीमाको सुविधा पनि सहज रुपमा पाउन नसक्नु, लामो समय लाइनमा उभिएर सेवा लिनुपरेका धेरै समस्या कायमै छन् ।”

महँगो औषधि बाहिर किन्नुपर्ने र सस्तो औषधि मात्रै बीमाबापत पाउने गरिएको उनले अनुभव सुनाए । सरकारले सबै स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकको उपचारका लागि वार्ड राख्ने भने पनि त्यसअनुरुप अस्पतालमा अझै व्यवस्था नगरिएको ज्येष्ठ नागरिकहरूको गुनासो छ ।

वृद्धाश्रम तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सहयोगी बन्दै

ज्येष्ठ नागरिकलाई कानुनले व्यवस्था गरे अनुसार सेवा सुविधा प्राप्त हुन नसकेको गुनासो कायमै रहँदा असहाय ज्येष्ठ नागरिकलाई लक्षित गरी सञ्चालन गरिएका बृद्धाश्रम तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भने उनीहरूका लागि सहयोगी बनेका छन् ।

पोखरा महानगरपालिका–१७ महतगौंडास्थित पोखरा वृद्धाश्रम, पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रम, पोखरा १५ स्थित वात्स्यायन वृद्धाश्रम जस्ता केही वृद्धाश्रम असहाय ज्येष्ठ नागरिकका लागि सहयोगी बनेका छन् । वृद्धाश्रमसँगै विभिन्न सङ्घ संस्थाको पहलमा सञ्चालनमा आएका ज्येष्ठ नागरिक मिलन केन्द्र उनीहरूलाई दिउँसोको समय बिताउनका लागि सहज भएका छन् ।

पोखरा १७ महतगौंडामा असहाय ज्येष्ठ नागरिकका लागि सारथी बनिरहेको पोखरा वृद्धाश्रमले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यकक्रम पनि सञ्चालन गरिरहेको वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए ।

उनका अनुसार वृद्धाश्रममा आश्रित ५० जना ज्येष्ठ नागरिकका साथै आसपासका क्षेत्रबाट आउने करिब १० जना ज्येष्ठ नागरिकले दिवा सेवा कार्यक्रम अन्तर्गत सेवा लिइरहनु भएको उनले बताए। दिवा सेवा कार्यक्रम अन्तर्गत निःशुल्क चिया तथा खाजाका साथै नियमित भजन, प्रवचन, स्वास्थ्य सचेतना आदि सञ्चालन भइरहेको छ । वृद्धाश्रमले समय समयमा ज्येष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण समेत गराउँदै आएको उनले बताए ।

पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले २०७२ माघ ४ गतेदेखि सञ्चालनमा ल्याएको ज्येष्ठ नागरिक मिलन केन्द्र आसपासका ज्येष्ठ नागरिकका लागि बरदान सावित बनेको छ । विन्ध्यवासिनी मन्दिर परिसरमा सञ्चालित केन्द्रमा दैनिक ६० जनासम्म आउने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । केन्द्रमा चिया खाजाको पनि व्यवस्था समितिले गरेको छ भने त्यहाँ ज्येष्ठ नागरिकहरू एक आपसामा सुख,दुःखका कुरा गर्ने, भजनकीर्तनमा रमाउने र बेलुका घरका सदस्यसँग बस्ने पाउने भएकाले त्यसबाट लाभान्वित बनेका छन् । समितिले नदीपुरस्थित सञ्चालन गरिरहेको प्राकृतिक चिकित्सालय परिसरमा आसपासका अन्य ज्येष्ठ नागरिकलाई दिवा सेवा दिने लक्ष्यका साथ भवन निर्माण गरिरहेको ज्येष्ठ नागरिक मिलन केन्द्र संयोजक रमेशप्रसाद अधिकारीले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण वृद्धाश्रमले आवासीय रुपमा बस्ने ५० जना ज्येष्ठ नागरिकका साथै वरपरका ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रसमेत सञ्चालन गर्दै आएको वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले जानकारी दिए ।

उनका अनुसार दिवा सेवा केन्द्रमा भजनकीर्तन, प्रवचन आदि कार्यक्रम सञ्चालन गरिँदै आइएको छ । परिवारका सदस्य स्कूल, कलेज, सरकारी सेवालगायत अन्य काममा जाँदा ज्येष्ठ नागरिकले घर कुर्नुपर्ने र एक्लै बस्दा समय बिताउन गाह्रो पर्नेका लागि सञ्चालित यस्ता दिवा सेवा केन्द्र उपयोगी बनेको ज्येष्ठ नागरिकको अनुभव छ ।  वासुदेव पौडेल/रासस
बिहानको घन्टी
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस