शतायु संसार
११ मंसिर २०८१
•
२ मिनेट पाठ
शतायु संसार
अबका वर्षहरूमा संसारभर शतायु पुस्ताको बाहुल्य हुनेछ। यसको अर्थ, अब वृद्धावस्था केलाई मान्ने भन्ने मानक पनि परिवर्तन हुँदै जानेछ। जति उमेर बढ्दै जान्छ, मानिस उति नै एक्लोपन, अवशाद तथा तनावले घेरिनेछ। उसमा तमाम किसिमका मानसिक स्वास्थ्य बढ्नेछ। तर अलिकति बुद्धि लगाउने मानिसले भने उमेरमा परिपक्व हुँदै जाँदा उसमा मानसिक सशक्तता बढ्दै जाने अध्ययनले देखाएको छ।




अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयमा सेन्टर फर लन्जिभिटीकी प्राध्यापक तथा पब्लिक पोलिसी तथा मनोविज्ञानकी ज्ञाता ७१ वर्षीया लाउरा कार्सटेन्सनले यही विषयमा लामो समय अध्ययन गरिरहेकी छन्।

उनको धारणामा अबका केही वर्षमा वृद्धावस्थाको मानक परिवर्तन हुने धारणा राख्छिन्। उमेर बढ्दै जाँदा मानिसमा शारीरिक समस्या बढ्न थाल्छ। आफन्तहरूको मृत्यु हुँदै जान्छ र तिनको शोकको बोझ बोक्नु पर्छ। त्यति मात्र होइन, वृद्धावस्था बढ्दै जाँदा उमेरजन्य भेदभाव पनि बढ्न थाल्छ। त्यसैले वृद्धावस्था कसैले भोग्नु नपरोस् भन्ने मनशाय धेरैको हुन्छ।

लाउराका अनुसार, अधिकांश मानिस वृद्धावस्थाका लागि मानसिक रूपमा तयार नभएकाले उनीहरू वृद्धावस्थाबाट डराइरहेका हुन्छन्। जान्नेहरूले वृद्धावस्थालाई उपहारका रूपमा ग्रहण गरिरहेका हुन्छन्। जीवनको अधिकांश समय मानिसले छोटो जीवनको तयारी गरिरहेका हुन्छन् तर वृद्धावस्था मात्र यस्तो अवस्था हो, जसमा मानिसले लामो तयारी गर्नुपर्ने हुन्छ। त्यस्तो तयारी नगर्नेहरूको जीवन अत्यासपूर्ण हुन्छ।

हिजोसम्म ७० वर्षलाई वृद्धावस्था मान्नेहरूले बाँकीका ३० वर्ष के गरी बिताउने होला भन्ने अत्यास हुन्छ नै। यी लामा ३० वर्षको तयारी पहिल्यैदेखि थाल्नुपर्ने लाउराको सुझाव छ। त्यसका लागि बाल्यकाललाई लम्ब्याउनुपर्ने, शिक्षा दिने तौरतरिकालाई फरक तरिकाले हेर्नुपर्ने, घरजम गर्दाका बेला परिवार सम्हाल्दा पतिपत्नी दुवैको समयलाई व्यवस्थापन गर्ने मात्र होइन, आफूले भविष्यमा रोज्ने करियरमा केही वर्ष समाजसेवा गर्ने वा इन्टर्नसीपमा ध्यान दिनेजस्ता कुराहरू जोड्न थाले भविष्य सुखमय हुने उनको धारणा छ।

सय वर्षसम्म बाँच्ने मानिसले जीवनमा गर्नुपर्ने कामहरू धेरै हुनसक्छन्। तिनलाई बाल्यकालदेखि नै समाहित गराउनेतर्फ अब सोच्न ढिला भइसकेको लाउरा बताउँछिन्।

द वाल स्ट्रिट जर्नल पत्रिकाको पडकास्टमा कुरा गर्दै मानिस जति वृद्ध हुँदै गयो, उति दिमागभन्दा बढी मनबाट सोच्ने बताउँदै लाउराको सुझाव छ, युवाभन्दा वृद्ध मानिसले कुनै काम अझ राम्रो तरिकाले गर्छन्। उनीहरू मनबाट गर्छन्। सही वा गलतमाथि उनीहरूको धारणा सशक्त हुन्छ।

एउटा अध्ययनका अनुसार, वृद्धहरू कहिल्यै पनि भविष्यप्रति चिन्तित हुँदैनन्। उनीहरू वर्तमानमा बाँच्छन्। युवाहरू भने हरबखत भविष्यको चिन्तामा हुन्छन्, भलै त्यो चिन्ता काम लागोस् कि नलागोस्। जवान मान्छे तुलनात्मक रूपमा नकारात्मक बढी हुन्छन्।
अर्को समाचार
चन्द्रमामा मानव दृष्टि किन?
०४ असार २०८२
•
२ मिनेट पाठ
चन्द्रमामा मानव दृष्टि किन?
६० वर्षअघि चन्द्रमा टेकिसकेको मान्छेले निजी कम्पनी सबल हुँदै जाँदा चन्द्रमा हुँदै मंगल ग्रहसम्म पुग्ने प्रयास गरिरहेको छ। तर पछिल्लो समय चन्द्रमामा किन यति धेरै चासो छ त?




अमेरिकाले ५५ अन्तर्राष्ट्रिय सहयोगी संस्था र देशहरूको सहयोगमा आर्टेमिस अन्तरिक्ष उडान कार्यक्रम सञ्चालन गरेको छ। यसमा विमानमार्फत वैज्ञानिकहरू चन्द्रमाको दक्षिणी भेगमा पुग्ने छन्। त्यहाँ नयाँ अन्तरिक्ष स्टेशन ‘गेट वे’ बनाइनेछ। यस्तै चीनले पनि रुस र अन्य  १३ अन्तर्राष्ट्रिय सहभागिताका साथ चन्द्रमामा आधारशीला बनाउँदैछ।

सन् २०३५ सम्म चन्द्रमामा उसले इन्टरनेशनल लूनार रिसर्च स्टेशन बनाइसक्ने छ। त्यसपछि रोबोटिक उपकरणलाई स्थायी रूपले स्थापित गरिनेछ।

चन्द्रमामा फलाम, सिलिकन, हाइड्रोजन, टाइटेनियम र दुर्लभ किसिमका खनिज तत्वहरू पाइने भएकाले शक्तिसम्पन्न मुलुकहरू यहाँ आफ्नो आधिपत्य जमाउन चाहन्छन्। त्यसो त ती संशाधनलाई निकाल्न र पृथ्वीसम्म ल्याउन निकै महँगो हुनेछ तर पृथ्वीमा ती खनीजहरू पाइन छाडेको अवस्थामा तिनलाई ल्याउन सकिन्छ। यसका अतिरिक्त चन्द्रमामा आधार बनाउन त्यहीँका संशाधन आवश्यक पर्छ। पृथ्वीबाट सामान ओसार्न महँगो पर्ने भएकाले त्यहीँको सामग्री उपयोग गर्नु आवश्यक हुन जान्छ।

चन्द्रमाको माटो (रेगोलिथ)लाई विकिरणबाट सुरक्षाका लागि र चन्द्रमामा अन्य निर्माण कार्यका लागि उपयोग गर्न सकिन्छ। त्यस्तै चन्द्रमामा नै पानी र बाली उत्पादनमा प्रयोग गर्न सकिन्छ। यस्तो हुन सके मंगल ग्रह जानका लागि यसलाई ‘ट्रान्जिट लाउन्ज’का रूपमा प्रयोग गर्न सकिन्छ। चन्द्रमाको माटोलाई रकेट इन्धनका लागि पनि प्रयोग गर्न सकिने देखिएको छ। त्यसैले मंगल लक्ष्यका लागि चन्द्रमामा आराम गर्न र त्यहाँबाट इन्धन भर्न अझ बढी आवश्यक पर्छ। चन्द्रमाको दूरी चार लाख किमि छ। अहिलेको रकेटमार्फत त्यहाँ पुग्न लगभग तीन दिन लाग्छ। चन्द्रमामा मान्छे पुगेका खण्डमा त्यहाँको पर्यावरणलाई के कस्तो प्रभाव पार्छ भन्ने पनि अनुसन्धानहरू भइरहेका छन्।

चन्द्रमाको पानी, धातु र अन्य संशाधन प्रायेग गरेर लामो समयसम्म त्यहाँ बिताउन सकिन्छ कि सकिदैन र सकिएको खण्डमा सबैभन्दा प्रभावशाली तरिका के हुनसक्छ भन्ने अनुसन्धान जारी छ। त्यसका लागि आवश्यक उपकरण, उत्खनन र नमूना विश्लेषण, भूगर्भिय अध्ययन तथा अन्तरिषमा चन्द्रमाको मौसम जाँच्ने उपकरणहरू विकसित गरिँदैछ।

सन् १९६० र ७० को दशकमा अमेरिकाले अपोलो मिशन चलाउँदा चाहिने इलेक्ट्रोनिक र टेलिकम्युनिकेशन उपकरणहरू बनाउँदा आकारमा निकै सानो बनाउनु परेको थियो। पछि त्यो मोबाइल नेटवर्कका लागि निकै फलदायी साबित भएको थियो। वैज्ञानिकहरूलाई अन्तरिक्षमा खान आवश्यक पर्ने खाद्यहरूलाई सुकाउने, अझ पौष्टिक बनाउने लगायतका खोजका कारण नै अहिले हामीले लामो समयसम्म खान मिल्ने डिब्बाबन्द खान्कीहरूको सुविधा उपभोग गरिरहेका छौँ। रोबोटिक सेन्सर, टेलिमेडिसिन लगायतका टेक्निक पनि अन्तरिक्ष अनुसन्धानका फाइदा हुन्।

प्रस्तुतिः अच्युत कोइराला
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस