महिलाको बेतलबी काम: आर्थिक सहभागिताको बाधक
०९ मंसिर २०८१
•
५ मिनेट पाठ
महिलाको बेतलबी काम: आर्थिक सहभागिताको बाधक
बेइजिङ. प्लस ३० एसिया प्रशान्त– क्षेत्रीय सम्मेलन बिहीबार सम्पन्न भएको छ। सम्मेलनमा सहभागी एसिया प्रशान्त क्षेत्रका सरकारका प्रतिनिधीहरुले लैंगिक समानताका बाँकी र नयाँ मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।




थाइल्यान्डको बैककमा मङ्गलबारदेखि सुरु भएको सो सम्मेलन बिहीबार सकिएको हो। सन् १९९५ मा चीनको बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनको घोषणापत्र कार्यान्वयनको समीक्षा बैठक हरेक पाँच वर्षमा हुने गर्छ।

एसिया –प्रशान्त क्षेत्रीय सम्मेलन आउँदो वर्ष सन् २०२५ अमेरिकामा सम्पन्न हुन गइरहेको सम्मेलनमा प्राथमिकता पाउने लैगिक समानताका मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले महत्त्वपूर्ण मानिएको छ। बेइजिङ. सम्मेलन र सन् २०३० पुरा हुने दिगो विकास लक्ष्य हाँसिल गर्ने उद्देश्यको कारण पनि यो सम्मेलन महत्त्वपूर्ण मानिन्छ।

सम्मेलनमा लैगिक समानता र विकासको दिशामा भएका प्रगति र स्थितिको बारेमा छलफल तथा समीक्षा सहित प्रतिबद्धता जाहेर गरेका हुन। सन् १९९५ मा चीनको बेइजिङमा सम्पन्न विश्व महिला सम्मेलनले लैगिक समानताका लागि विभिन्न १२ वटा मुद्दालाई सदस्य राष्ट्रहरूले कार्यान्वयन गर्ने गरी पारित गरेको थियो।

महिला र गरिबी, शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधि महिला माथिको सबै खालको विभेदको अन्त्य, महिला नेतृत्व लगायतका विषय महत्त्वपूर्ण मानिन्छ। पछिल्लो समयमा सम्मेलनले बेइजिङ घोषणा पत्रको ३० वर्ष पुगिसक्दा पनि महिला माथि व्याप्त असमान संरचनामा परिवर्तन आउन नसकेको समीक्षा गरेका छन्। शिक्षा, स्वास्थ्य र राजनीतिक समावेशिता सुरु भएपनि धेरै महिलाहरु यो परिवर्तनबाट छुटेको प्रति सम्मेलन गम्भीर बनेको छ।

महिला विकासमा देखा परेका नयाँ मुद्दाहरू जलवायु सङ्कट, डिजिटल परिवर्तन, केयर इकोनोमी/हेरचाह क्षेत्रमा उचित पारिश्रमिक विना खर्चिन समय र अर्थपूर्ण समावेशितालाई अबको नीति तथा कार्यक्रमले सम्बोधन गर्नु पर्ने निष्कर्ष सम्मेलनले उठाएको छ।

केयर इकोनोमी, महिलाको आर्थिक सहभागिता, पहुँच बाहिर रहेका अपाङ्गता,युवा महिला र विविध महिलाको विकास र सहभागिता,जलवायु सङ्कटको विषय सम्मेलन केन्द्रित भएको छ।

सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघ एसिया प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगकी निर्देशक क्रिष्टिना अरबले गत पाँच वर्षमा सरकार र नागरिक समाजको योगदानले उल्लेखनीय काम भएको औँल्याइन। पुन अबको पाँच वर्ष अर्थात सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पुरा गर्ने गरी अबको प्राथमिकता हुनु पर्ने उनले बताइन।

सन् २०१९ देखि यो अवधि भित्र युवा महिला र अन्य बिबिधलार्ई समेट्ने प्रयास भएको र अबको पाँच वर्षभित्र लैगिक समानताको लागि आर्थिक विकास र हरित अर्थतन्त्र,अपाङ्गता तथा विविध पहुँच बाहिर रहेका महिलाको सहभागिता आवश्यक रहेको बताइन।

‘यो उद्देश्य पुरा गर्नको लागि राष्ट्रिय नीति तथा योजना र कार्यान्वयन हुनु पर्छ’ उनले भनिन ‘यसको साथै महिला तथा बालबालिकाको शान्ति र सुरक्षाको क्षेत्रमा थप कार्य गर्नु आजको आवश्यक छ।’

बेतलबी काम आर्थिक सहभागितामा चुनौती

घरेलु तथा हेरचाहका कामको पारिश्रमिक तथा मूल्याकंन नहुँदा एसिया–प्रशान्त क्षेत्रका महिलाहरूको आर्थिक सहभागितामा बाधा बनेको संयुक्त राष्ट्र संघ एसिया– प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगकी निर्देशक क्रिष्टिना अरबले बताइन। ‘बाहिर नदेखिने यस्ता बेतलबी तथा घरेलु कामले महिलाको आर्थिक सहभागिता तथा सामाजिक मूल्याकंन हुन सकेको छैन) निर्देशक अरबले भनिन।

हेरचाहमूलक बेतलबी कामको मूल्याकंन गर्ने, घरेलु काममा पुरुष र महिलाको समान बाँडफाँडको व्यवस्थालाई नीतिगत व्यवस्था तथा कार्यान्वयनमा जोड दिन सबै देशलाई अपिल गरेको छ। एसिया प्रशान्त क्षेत्रमा रहेका १ सय मिलियन महिलालाई १ सय २५ मिलियन जना नयाँ रोजगारको रुपमा स्थापित गर्न सक्ने हो भने सन् २०३५ सम्ममा महिलाहरूले गर्दै आएको दुई बिलियन घण्टा निःशुल्क काम अन्त्य गर्न सकिने अबरले औँल्याइन।

सम्मेलनमा सहभागी युएन वुमन नेपालकी देशीय निर्देशक पेत्स्रिया फ्रनान्डेजले महिलाले चौबिसै घण्टा काम गरेपनि त्यसको पहिचान र तलब नहुँदा चुनौती बनेको बताइन। ‘महिलाले डे केयर, केयर गिभर, बृद्धाआश्रम, घरेलु क्षेत्र जस्ता काममा लाखौँ आर्थिक योगदान गरेका छन्, तर यसको कतै पहिचान र मूल्याकंन छैन’ उनले भनिन ‘उत्तरी अमेरिकामा महिलाले पुरुषको तुलनामा दुई गुणा बढी काम गछन् भने, नेपालका ग्रामीण महिलाले छ गुणा बढी काम गर्छन्, विकसित राष्ट्र र नेपालका महिलाको कामको समय अति फरक छ।’

महिलाले गर्ने यस्तो कामको राष्ट्रिय आयमा मूल्याकंन हुनु पर्ने बताइन। ‘घरेलु तथा हेरचाहमूलक काममा अत्यन्त न्यून छ, यसले गर्दा उनीहरूको पहिचान र आर्थिक सहभागिता छायामा परेको छ’ उनले भनिन ‘यस्ता काममा महिलाको समय बढी खर्च भएकोले उनीहरुलाई प्रविधिको उपलब्धता हुनु पर्छ,परीवारिका हरेक सदस्यको जिम्मेवारी, नागरिक समाज र सरकारको भूमिकाले उनीहरूको आर्थिक सहभागिता हुन्छ’ उनले भनिन्।

यो बिषयमा युएन वुमनले उच्च स्तरीय छलफल गरेपनि लागू गर्ने सवालमा बेवास्ता भएको उनले बताइ। ‘कुरामा प्रतिबद्धता जनाउँछन्, तर व्यवहारमा उदासीनता छ’ उनले भनिन।

कार्यक्रममा सहभागी महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सह सचिव आभा श्रेष्ठ कर्णले नेपालले महिलाको आर्थिक सशक्तीकरणको लागि विभिन्न नीति तथा कार्यक्रम समावेश गरेको र घरेलु तथा अनौपचारिक क्षेत्रका कामलाई सम्बोधन नीति तथा कार्यक्रम भइरहेको थप गृहकार्य आवश्यक रहेको बताइन।

सम्मेलनले डिजिटल पहुँच र जलवायु सङ्कटको सामना,ज्येष्ठ नागरिक महिलाको सहज जीवनयापनको व्यवस्था लैगिक समानताको लागि अबको कार्यदिशा बन्नु पर्नेमा सम्मेलनले जोड दिएको छ। कार्यक्रमको डिजिटल तथा प्रविधिमा पहुँच सेसनकी वक्ता सिड कमिटीकी सदस्य बन्दना राणाले गत पन्ध्र वर्षभित्रमा सूचना प्रविधिमा आएको परिवर्तनले महिला सशक्तीकरणमा सहयोगी बनेको बताइन।

सूचना प्रविधिमा आएको विकासले महिलालाई महिलालाई सङ्गठित हुन, व्यवसायिक क्षेत्रमा पहुँच, किशोरीमा प्रजनन तथा यौन शिक्षामा पहुँच विस्तार गरेको बताइन। जुन मुद्दा बेइजिङ. सम्मेलनको मुद्दा रहेको बताइन। तर यसको सही प्रयोग आवश्यक रहेको राणाले सुझाइन।

बेइजिङ. घोषणापत्रको तीस वर्ष पुग्दा पनि लैगिक समानताको उपेक्षामा परेका महिला विविधताको सम्बोधन हुन नसकेको गुनासो एसिया प्रशान्त महिला तथा कानुन मञ्चकी क्षेत्रीय संयोजक मिसुन वुपले बताइन।

‘महिलाले भोगेको बहुपक्षीय समस्याको जरो कारण सम्बोधन हुन अझै सकेको छैन’ उनले भनिन। यो क्षेत्रमा व्याप्त प्रजनन तथा स्वास्थ्य अधिकार, लैगिक हिंसा र समावेशिताको मुद्दालाई सदस्य राष्ट्रहरूले कार्यान्वयन गनु पर्ने बताइन। सम्मेलने उठाएका मुद्दाहरूलाई आगामी मार्चमा सम्पन्न हुने बेइजिङ. घोषणा पत्रको ३० औ समीक्षा सम्मेलनमा उठान हुने आयोजकले जनाएका छन्।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस