प्राकृतिक विपद्पछि ११ अर्ब ८२ करोडको बीमा दाबी, ६१ करोड भुक्तानी
०४ मंसिर २०८१
•
३ मिनेट पाठ
प्राकृतिक विपद्पछि ११ अर्ब ८२ करोडको बीमा दाबी, ६१ करोड भुक्तानी
गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० रुपैयाँ बराबरको बिमा दाबी गरिएको छ।  




नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ। बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन्।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ। सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन्। दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९, युनाइटेड अजोडमा तीन सय २३, सानिमा जिआइसीमा दुई सय १७, आइजिआई प्रुडेन्सियलमा दुई सय ९६ दाबी परेका छन्।

त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा एक सय ७२, नेपाल इन्स्योरेन्समा एक सय ७६, प्रभु इन्स्योरेन्समा एक सय ३७, राष्ट्रिय बिमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार/चार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन्। कूल दाबीमध्ये नौ सय दुई वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ।  

कूल एक हजार छ सय ५३ वटा सम्पत्ति बिमा दाबी गरिएकामा तीन सय ९८ वटाको भुक्तानी भएको छ। कूल सम्पत्ति बिमा दाबी आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार दुई सय ३४ रुपैयाँ भएकामा ४६ करोड ७० लाख ९७ हजार सात सय ८० रुपैयाँ मात्रै भुक्तानी भएको छ।  

इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय चार वटा दाबी परेका छन्। विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो। अधिकांश ऊर्जा उत्पादक केन्द्रले बिमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन्। दाबी भएकामध्ये ३८ वटाको तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ रुपैयाँ मात्रै भुक्तानी भएको छ।  

मोटर बिमा निजीतर्फ आठ सय ८७ दाबी परेकामा दुई सय ८० को छ करोड १६ लाख ९७ हजार पाँच सय ८७ रुपैयाँ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ। मोटर बिमा सार्वजनिकतर्फ तीन सय ५० दाबी हुँदा ९१ वटाको रुपैयाँ ४३ करोड दुई हजार एक सय ७७ बराबरको भुक्तानी भएको छ।  

पुशपन्छी बिमा ५१ दाबी पर्दा २१ वटाको २४ लाख ९२ हजार आठ सय ५४ रुपैयाँ मात्रै भुक्तानी भएको छ। बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए। त्यस्तै, सामुद्रिक बिमा २२ को दाबी पर्दा दुईको भुक्तानी भएको छ। कृषिबाली बिमातर्फ एक सय ३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ। विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ।

प्राधिकरणका अनुसार कोसी प्रदेशमा दुई सय ५१, मधेसमा एक सय एक, वाग्मतीमा दुई हजार नौ सय ६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बिमा दाबी भएको छ।

अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बिमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ । वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वाग्मती प्रदेश भएकाले पनि दाबी पनि बढी परेको प्राधिकरणले जनाएको छ। रासस
अर्को समाचार
बिमाको दाबी भुक्तानीको समय सीमा तोक्न माग
२२ असार २०८२
•
३ मिनेट पाठ
बिमाको दाबी भुक्तानीको समय सीमा तोक्न माग
बिमाको दाबी भुक्तानीका लागि समय सीमा तोक्न मोरङका उद्योगी व्यवसायीहरूले माग गरेका छन् । आइतबार उद्योग संगठन मोरङमा आयोजित अन्तक्र्रियामा मोरङका उद्योगीहरूले बिमाको दाबी भुक्तानीका लागि निश्चित समय सीमा तोक्न माग गरेका हुन् ।  




कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बिमाको दाबी भुक्तानीमा बिमा कम्पनीहरूले धेरै झण्झट दिने र ढिलासुस्ती गर्ने गरेकाकारण दाबी भुक्तानीका लागि नीतिगत रुपमै समय सीमा तोक्न माग गरे । राठीले भने‘ समयमा बिमाको भुक्तानी नहुने, बिमा कम्पनीहरूले विभिन्न बहाना बनाएर दाबी भुक्तानीमा ढिलासुस्ती गर्दै आएका कारण दाबी भुक्तानीका लागि समय सीमा नै तोकियोस् ।’ उनले विभिन्न जोखिमका नाममा अनाबश्यक बिमासमेत गर्न लगाउने गरिएकाले आबश्यक बिमा मात्रै गर्ने व्यवस्था गर्न माग गरे । 

उद्योगी भोलेश्वर दुलालले बिमा कम्पनीहरूले विनाकारण बिमा शुल्क बढाउने गरेको गुनासो गरे । उनले बिमा शुल्क बढाउने, बिमाको दाबी भुक्तानीमा ढिला सुस्ती गर्ने, उद्योगी व्यवसायीहरूदाई दुःख दिने काम बिमा कम्पनीहरूले गरिरहेको गुनासो गरे । बिमा कम्पनीहरूले अनाबश्यक बिमा गराउने तर, बिमाको दाबी भुक्तानी दिन चाँही आनाकानी गर्दै आएकाले बिमाको दाबी भुक्तानीका लागि समयसीमा तोक्न प्राधिकरणसँग माग गरे । उनले बिमाको दाबी भुक्तानीकालागि  अतिरिक्त रकमसमेत दिनुपर्ने बाध्यता रहेको  गुनासो गरे । उनले ९० लाख रुपैयाँ भुक्तानी लिंदा १० लाख रुपैयाँ अतिरिक्त रकम बुझाउनु परेको दुःखेसो पोखे । दुलालले भने‘डेढ करोड बढीको   बिमा गर्दा धेरै झुलाएर बल्ल ९० लाख दाबी भुक्तानी पाइएको त्यसमा पनि १० लाख रुपैयाँ उल्टै बुझाउनु परेको आफ्नै कहानी छ ।’  

अर्का उद्योगी पारस लुनियाँले बिमा कम्पनीहरूले कार्टेलिङ गरिरहेको र उनिहरूको कार्टेलिङलाई बिमा प्राधिकरणले सघाइ रहेको जस्तो देखिएको बताए । ‘बिमा कम्पनीहरूले एउटै रेट तोकेर कार्टेलिङ गरिरहेका छन्’ लुनियाँले भने‘बजारको दर रेट माग र आपूर्तीमा निर्भर हुनुपर्ने हो । तर, नेपालमा बिमा कम्पनीहरूले लिने प्रिमियम सबैको एउटै छ ।’ बिमा कम्पनीहरूवीचमा प्रतिश्पर्धा नै नहुने हो भने बिमा प्राधिकरणले सोझै बिमा शुल्क लिने व्यवस्था गरे  सरकारको पनि आम्दानी बढ्ने उनको सुझाव छ ।  

लुनियाँले कि बिमा कम्पनीलाई सरकारीकरण गर्न नभए बिमाको कार्टेलिङ अन्त्य गर्न माग गरे । उद्योगी विपीन काबराले सामान ढुवानी गर्दा भएको क्षतिको भुक्तानीमा बिमाले भ्याट रकम नदिने गरेको गुनासो गरे । आयात गरेको सम्पूर्ण कच्चा पदार्थ नष्ट भएको अवस्थामा बिमा कम्पनीले भ्याट बाहेकको रकम मात्रै दाबी भुक्तानी दिने गरेको उनले बताए । भ्याटसहितको रकमको बिमा गरेपछि भ्याट बाहेकको रकम मात्रै भुक्तानी गर्नु उचित नभएको उनको भनाई छ । उद्योगी अमित राठीले नेपालमा बिमा सुरक्षाको लागि भन्दा पनि बाध्यकारी भएको बताए । बिमा कम्पनीहरूले जतिसुकै प्रिमियम बढाए पनि बिमा गर्नै पर्ने बाध्यकारी व्यवस्थाले उद्योगीहरू मारमा परेको उनको भनाई छ ।  

उद्योग संगठन मोरङका पूर्व अध्यक्ष राकेश सुरानाले नेपालमा बैंक, वित्तीय संस्था र बिमाले आतंक मच्चाएको गुनासो गरे ।  उनले अन्य उद्योग व्यवासाय बन्द हुँदै जाने तर, बैंक र बिमामा भने हरेक वर्ष नाफा बढ्दै जाने अवस्था सृजना भएको बताए । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले उद्योग व्यवसाय फष्टाए  मात्रै बैंक र बिमा पनि फष्टाउने भएकाले बैंक र बिमाको हितमा मात्रै काम नगर्न नियामक निकायहरू राष्ट्रबैंक र बिमा प्राधिकरणलाई सुझाव दिए ।

विगतमा बैंकहरूले कार्टेलिङ गरेर १५ प्रतिशत व्याजदर पु¥याएको परिणाम अहिले उद्योग व्यवसाय पनि डुवेको र बैंको ऋण पनि जोखिममा परेको बताए । उद्योग व्यवासय नभए बैंक र बिमा कम्पनीहरूले पनि कमाउन नसक्ने उनले  स्पष्ट पारे । बिमा कम्पनीहरूले मनोमानी प्रिमियम बढाएर उद्योगी, व्यवसायी र सर्वसाधारणलाईसमेत मर्कामा पारेको उनको भनाई छ । नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले सबै सेवाग्राही बिमाका विषयमा जानकार नहुने भएकाले यातायातलगायतका क्षेत्रमा बिमालाई अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको बताए । 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस