समुद्री सतहमुनिको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’
०२ मंसिर २०८१
•
६ मिनेट पाठ
समुद्री सतहमुनिको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) यही कात्तिक २६ गतेदेखि अजरबैजानको राजधानी बाकुमा जारी छ।




बाकु सहर समुन्द्री सतहबाट २८ मिटर (९२ फिट) तल अवस्थित छ। यो समुद्री सतहबाट विश्वकै सबैभन्दा तल्लो सतहमा रहेको राजधानी सहर हो। यही सहरबाट समुद्री सतहदेखि आठ हजार आठ सय ४८.८६ मिटर उचाइको विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको देश नेपालले हिमालको हिउँ जोगाउनका लागि पहल गर्न विश्वको ध्यानाकर्षण गराएको छ।

सम्मेलनमा नेपालले जलवायुसम्बन्धी आफ्नो चासो, हित र आवश्यकताका मुद्दाबारे प्राथमिकता साथ आवाज बुलन्द गरिरहेको छ। नेपालले खासगरी विभिन्न उच्चस्तरीय बैठक, छलफल र वार्तामा पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायुले पारेका असरलाई प्राथमिकतासाथ उठाइरहेको छ।

यही मङ्सिर ७ गतेसम्म चल्ने कोप–२९ सम्मेलन कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो। कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरुले जलवायु परिवर्तनका बारेमा चिन्त र चासो व्यक्त गर्दै सिर्जित समस्या साझा नीति तथा कार्यक्रमसहित एकीकृत रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका थिए।  

सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गरेका थिए। उनले आफ्नो सम्बोधनमा विश्व तापमानमा भएको वृद्धिका कारण हिमालको हिउँ पग्लिनेक्रम बढेको उल्लेख गर्दै त्यसलाई जोगाउनका लागि कार्बन बढी उत्सर्जन गर्ने विकसित र ठूला राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिएका थिए।

त्यस्तै नेपालले कात्तिक २८ गते सम्मेलनमा छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका प्राकृतिक विपद्का बारेमा विश्वको ध्यानाकर्षण गराएको थियो। विभिन्न देशका राष्ट्रपति, मन्त्री र उच्च अधिकारी सहभागी उक्त कार्यक्रममा पनि नेपालका तर्फबाट राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण अर्बौं मानिसको खानेपानीको स्रोतका रुपमा रहेको हिमाल प्रभावित भई तल्लो तटीय क्षेत्रमा पनि असर पारेकामा विश्व समुदायको ध्यानाकर्षण गरेका थिए।

उक्त कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनसँगै विश्व तापमानमा भएको वृद्धिले विशेषगरी हिमाल तथा हिमाली मुलुक बढी प्रवाहित भएको र त्यसबाट समग्र विश्व प्रभावित हुने धारणा व्यक्त गर्दै हिमाल तथा पर्वतीय क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यान जानुपर्नेमा जोड दिए।

कोप–२९ सम्मेलनको पाँचौँ दिन कोपको अध्यक्ष मण्डलले आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा नेपालले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले गरेका असरबारे सशक्त रुपमा ध्यानाकर्षण गराएको थियो।

वनमन्त्री शाही सहभागी उक्त कार्यक्रमा उनका तर्फबाट वनसचिव डा दीपककुमार खरालले पर्वतीय क्षेत्रको महत्व र हिमालमा जलवायु परिवर्तनले गरेका असर तथा गर्नुपर्ने कामकाबारेमा ध्यानाकर्षण गराएका थिए। सम्मेलनमा निर्णयको छलफलका लागि एजेण्डा तय गर्ने कोपको अध्यक्षको समूहले राखेको बैठकमा यसरी हिमालका मुद्दा पहिलो पटक छलफल भएको हो।

नेपालले बैठकमा यसरी हिमालका विषय प्रत्येक कोपमा छलफल होस् भनी माग राखेको थियो। नेपालको उक्त प्रस्तावमा भूटान, ताञ्जानियालगायत राष्ट्रले समर्थन गरेका थिए। यो छलफलले यस सम्मेलनको निर्णयमा हिमालका मुद्दाका सन्दर्भमा केही हुने अपेक्षा गरिएको मन्त्री शाहीका जलवायु सल्लाहकार मञ्जित ढकालले जानकारी दिए।

राष्ट्रपति पौडेल स्वेदश फर्किएपछि नेपालको नेतृत्व गरेका वनमन्त्री शाहीले सम्मेलनमा भएका हरेक बैठक, छलफल र भेटवार्तामा आफूले हिमालका मुद्दालाई नछुटाएको उल्लेख गरे। साथै उनले कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा मन्त्रालयले ‘साथसाथै’ संस्थाको सहकार्यमा कर्णालीको रारामा दुईदिने जलवायुसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको बताए। जलवायुले हिमाली क्षेत्रका स्थानीयको जनजीवनमा पारेको असरसम्बन्धी जारी गरिएको ‘रारा घोषणा पत्र’का विषयमा कोप–२९ सम्मेलनमा उठाइएको उनले जानकारी दिए।

कोप–२९ मा जलवायु परिवर्तनको चेतना जगाउन र युएनएफसिसिसी वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई अगाडि बढाउन नेपालले विभिन्न प्रयास जारी राखेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए। साथै उनले हिमाली क्षेत्रमा जलवायु सङ्कट बढ्दै गइरहेको सन्दर्भमा विश्व समुदायबाट पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधन तत्काल हुन जरुरी रहेको बताए।

सहसचिव डा ढुङ्गानाका अनुसार कोप–२९ सम्मेलनमा अनुकूलन, हानिनोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण, क्षमता विकास, अल्पविकसित राष्ट्रहरुको विषय, जलवायु प्रतिकार्य कार्यान्यवनको प्रभाव, पेरिस सम्झौताको दफा ६ सहित सो सम्झौतामा उल्लिखित वैश्विक मापन, महासन्धीको दीर्घकालीन विश्वव्यापी लक्ष्यको प्रगति, ‘जस्ट ट्राञ्जिसन’सम्बन्धी कार्यक्रम, न्यूनीकरणसम्बन्धी ‘वर्क प्रोग्राम’, लैङ्गिक र जलवायु परिवर्तनलगायत विषयमा छलफल भइरहेको छ।

कोप–२८ को निर्णयमा पहिलो पटक हिमालका मुद्दा स्वीकार  

गत वर्ष युएईको दुबईमा सम्पन्न कोप–२८ का दस्तावेजमा पहिलो पटक जलवायुले हिमालमा पारेका असरका बारेमा समावेश गरिएको थियो। हिमाली मुलुक नेपालले खासगरी सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको कोप–१५ देखि नै जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै आएको वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलले बताए।

त्यसयताका अधिकांश सम्मेलनमा नेपालले प्राथमिकताका साथ हिमालका मुद्दा उठाउँदै आएको छ। सहसचिव पौडेलले अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपालले गरेको छलफल, वार्ता र पैरवीका कारण हिमालका मुद्दा स्थापित हुँदै गएकोसमेत बताए।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरे तापनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर एक दशमलव आठ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको वन मन्त्रालयका अर्का सहसचिव डा महेश्वर ढकालले बताए। साथै उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डारहरू पग्लिने अनुमान गरिएको छ।

विगतका तीनरचार दशकको तथ्याङ्क हेर्दा हिमालमा प्रतिदशक शून्य दशमलव शून्य पाँच डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ। यसको असरले खासगरी हिमनदी पग्लिने क्रम तीव्र बढिरहेको छ। विश्व तापमान वृद्धिले सन् १९८० देखि २०१० सम्मको अवधिमा करिब २५ प्रतिशत हिमनदीको क्षेत्रफल घटेको देखिएको छ। यसैगरी हाल नेपालमा सम्भावित जोखिमा रहेका तालको सङ्ख्या २१ रहेको छ। चीनको तिब्बतका २५ र भारतको एउटा हिमताल फुट्दा तिनको असर नेपालमा पनि पर्नेछ। नेपालमा दुई हजार ७० हिमताल छन्।

पर्वतीय मुद्दालाई विश्व मञ्चमा उजागर गर्ने उद्देश्यले यसअघि नेपाल सरकारले सन् २०२४ मे २२ र २३ मा काठमाडौँमा ‘हिमाल, मानव र जलवायु’सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादको आयोजना गरेको सहसचिव डा ढकालले जानकारी दिए। जलवायु परिवर्तनको चेतना जगाउन र युएनएफसिसिसी वार्ता प्रक्रियामा पर्वतीय एजेण्डालाई अगाडि बढाउन गरिएको ‘हिमाल, मानव र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवाद’ले नेपालसहित विश्वभरका दुई सय ५० भन्दाबढी प्रतिनिधिबीच छलफल भएको थियो।

उक्त संवादले हिमाली क्षेत्रमा जलवायु सङ्कट बढ्दै गइरहेका सन्दर्भमा पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधन तत्काल हुन जरुरी रहेकामा जोड दिँदै घोषणापत्र निकालेको थियो।भीष्मराज ओझा/रासस
अर्को समाचार
विश्वका ४० प्रतिशत हिमनदी पग्लने निश्चित, ७५ प्रतिशत गुम्ने खतरा
१६ जेष्ठ २०८२
•
३ मिनेट पाठ
विश्वका ४० प्रतिशत  हिमनदी पग्लने निश्चित, ७५ प्रतिशत गुम्ने खतरा
जलवायु परिवर्तनले विश्वका ४० प्रतिशत हिमनदी पग्लने निश्चित भएको छ। विश्वको औसत तापमान २.७ डिग्री सेल्सियसले बढेमा तीन चौथाइ हिमनदी गुम्ने अध्ययनले देखाएको छ। 




तापमान वृद्धिको वर्तमान दर कायम रहेमा यो शताब्दीको अन्त्यसम्ममा औद्योगिक क्रान्तिअघिको तुलनामा तापमान २.७ डिग्री सेल्सियस बढ्ने वैज्ञानिकहरूको अनुमान छ। जीवाश्म इन्धनको प्रयोगबाट निस्कने उत्सर्जनले तापमान वृद्धिमा सबैभन्दा ठूलो भूमिका खेल्छ।

हिमनदीको क्षतिले विश्वभर गहिरो प्रभाव पार्छ। ठूलो मात्रामा हिमनदी पग्लँदा समुद्री सतह बढ्छ, जसले तटीय क्षेत्रका लाखौँ मानिसलाई बसाइँ सर्न बाध्य बनाउँछ। हिमनदीमा आधारित नदीहरू सुक्दा अर्बौँ मानिसलाई खानेपानी र सिँचाइका लागि पानीको अभाव हुने अध्ययनको निष्कर्ष छ।

पेरिस सम्झौताले तोकेको १.५ डिग्री सेल्सियस तापमान वृद्धि सीमामा राख्न सके आधा हिमनदीको बरफ बचाउन सकिन्छ, तर उत्सर्जन बढिरहेकाले यो लक्ष्य टाढिँदै गएको वैज्ञानिकहरू बताउँछन्। तापमानको एक डिग्रीको दशौँ भाग रोक्न सकिए २.७ खर्ब टन बरफ बचाउन सकिन्छ।

पश्चिमी अमेरिका र क्यानडाका ७५ प्रतिशत हिमनदी पग्लने निश्चित छ। ‘हिन्दुकुश र काराकोरमका उच्च, चिसा पहाडका हिमनदीहरू केही हदसम्म संकट थेग्न सक्छन्, तर विश्वव्यापी तापमान बढ्दा यी हिमनदी पनि ठूलो स्तरमा खुम्चिन्छन्,’ अध्ययनमा भनिएको छ।

यो अनुसन्धानले शताब्दीको अन्त्यपछि पनि हिमनदीको अवस्था आकलन गर्न बहु-मोडेल प्रयोग गरेको छ। हिमनदी पग्लँदा समुद्री सतह बढ्नुका साथै हिमताल विस्फोटको जोखिम बढ्छ, जसले तल्लो भेगका समुदाय र पारिस्थितिक प्रणालीमा असर गर्छ। हिमनदी पर्यटनमा निर्भर क्षेत्रहरू झन् प्रभावित हुनेछन्।

‘हाम्रो अध्ययनले तापमानको प्रत्येक अंश महत्त्वपूर्ण छ भन्ने स्पष्ट गर्छ। आजका छनोटहरूले शताब्दीऔँसम्म प्रभाव पार्छ र हिमनदीहरूको सुरक्षा निर्धारण गर्छ,’ बेल्जियमको भ्रिये युनिभर्सिटी ब्रसेल्सका डा. ह्यारी जेकोलारीले भने।

अस्ट्रियाको इन्सब्रक विश्वविद्यालयका डा. लिलियन शुस्टर भन्छिन्, ‘हिमनदी घट्दा जलवायु परिवर्तन आफ्नै आँखाले देख्न सकिन्छ। तर यो प्रक्रिया लामो समयसम्म समायोजन हुने भएकाले वर्तमान अवस्था देखिएभन्दा खराब छ।’

‘तत्काल कार्य गर्न ढिलो भइसकेको छैन। प्रत्येक डिग्रीको दशौँ भाग कमीले हिमनदीको क्षतिबाट हुने मानवीय पीडा कम गर्न सकिन्छ। यो सन्देशले मानिसहरूलाई आशा दिन्छ,’ शुस्टरले थपिन्।

अध्ययनले सन् २०२० लाई आधार वर्ष मानेको छ, तर विगत शताब्दीको तापमान वृद्धिले हिमनदीहरूले ठूलो बरफ गुमाइसकेका छन्। ऐतिहासिक तथ्याङ्कको अभावले क्षतिको परिमाण निर्धारण गर्न कठिन छ। डा. जेकोलारीका अनुसार सन् १८५० मा हिमनदीहरू अहिलेभन्दा ठूला थिए।

‘साइन्स’ जर्नलमा प्रकाशित यो अध्ययनले आठ हिमनदी मोडेल प्रयोग गरेको छ, जसलाई वास्तविक अवलोकनका आधारमा क्यालिब्रेट गरिएको छ। यी मोडेलले विश्वका २ लाख हिमनदी (ग्रिनल्यान्ड र अन्टार्कटिका बाहेक) मा बरफको क्षति अनुमान गरेका छन्। अनुसन्धानकर्ताले केही अनिश्चितता स्वीकारे पनि ४० प्रतिशत हिमनदी लोप हुने निश्चित छ, र खराब अवस्थामा यो ५५ प्रतिशतसम्म पुग्न सक्छ।

आर्कटिक क्यानडाको दक्षिणमा ८० प्रतिशत र हिन्दुकुश–काराकोरम–हिमालयको पश्चिममा ५ प्रतिशत हिमनदी लोप हुने देखिएको छ। तापमान २.७ डिग्री सेल्सियस पुग्दा १९ प्रमुख हिमनदी क्षेत्रका ८० प्रतिशत हिमनदी गुम्नेछन्, जसमा युरोपदेखि पूर्वी हिमालय, रुसी आर्कटिक, पश्चिमी अमेरिका र आइसल्यान्डका हिमनदी पूर्ण रूपमा हराउनेछन्।

हिमनदीहरूले हाल समुद्री सतह वृद्धिको एक चौथाइ योगदान गर्छन्। लोप हुने निश्चित हिमनदीले ११ सेन्टिमिटर समुद्री सतह बढाउँछ। तापमान २.७ डिग्री सेल्सियस पुग्दा यो २३ सेन्टिमिटर पुग्छ, तर १.५ डिग्रीमा सीमित गरे १४ सेन्टिमिटरमा झर्छ।

‘हिमनदीहरू जलवायु परिवर्तनका प्रतिष्ठित उदाहरण हुन्,’ यूकेको नर्थम्ब्रिया विश्वविद्यालयका प्राध्यापक एन्ड्रु शेफर्ड भन्छन्, ‘यो प्रक्रिया शताब्दीऔँसम्म चल्छ। जीवाश्म इन्धनको प्रयोग जारी राखे पहाडी परिदृश्य चिन्न नसकिने हुनेछ।’

‘हिमनदी टाढा लागे पनि तिनको क्षति सबैका लागि महत्त्वपूर्ण छ। बेलायतमा कार चलाउँदा उत्सर्जन हुने ग्यासले १० हजार किलोमिटर टाढाको हिमनदी पग्लन मद्दत गर्छ,’ डा. जेकोलारीले भने। गार्जियनबाट
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस