चक्रपथको सीमा मिचिएको भन्दै गौशाला क्षेत्रमा बनेका केही संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । नगर प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा शुक्रबार महानगरले अतिक्रमित संरचनामा डोजर चलाएको हो ।
महानगरले डोजर चलाउँदा स्थानीय अवरोधमा उत्रिएका थिए । जसमध्ये एक अभियन्ता सुमन सायमी पनि एक थिए । उनी काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार रहेका व्यक्ति पनि हुन् ।
सायमीसहितका केही युवा डोजर अगाडि उत्रिएर सडकमै सुतेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा नै लिएको छ । उनीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई प्रहरीले प्रहरी वृत्त गौशालामा राखेको छ ।
चक्रपथ सडक सीमा २५ मिटर तोकिएको छ । सीमाभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको हो ।
चक्रपथ सडक संघीय सरकारको सडक विभाग मातहत नै छ । तर संरचना हटाउन महानगरले अग्रसरता लिएको छ । जसमा विभागको समेत सहमति छ ।
काठमाडौं महानगरले चालु शैक्षिक सत्रको ११ र १२ कक्षाका लागि संस्थागत विद्यालयको छात्रवृत्ति कोटाको प्रवेश परीक्षा लिएको छ। महानगरले शनिबार आवेदक विद्यार्थीहरूको प्रवेश परीक्षा लिएको हो।
महानगरको शिक्षा विभागका अनुसार देशभरबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोटमा परेका थिए। तीमध्ये १४ हजार १७३ विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन्।
कक्षा १० को पाठ्यक्रमका आधारमा गणित, विज्ञान र अंग्रेजी विषयको ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० वटा बहुवैकल्पिक प्रश्न राखेर परीक्षा लिइएको विभागले जनाएको छ। उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक पाउनुपर्ने मापदण्ड तोकिएको छ।
यस्तै उत्तर पुस्तिकाको जाँच अप्टिकल मार्क रेकोग्निसन(ओएमआर) प्रणालीमार्फत हुने विभागले जनाएको छ। यो प्रणालीमा मेसिनले उत्तर पुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ। जाँच प्रक्रिया शनिबार नै सुरु भइसकेको छ।
प्रवेश परीक्षाको नतिजा आइतबार बिहान महानगरको आधिकारिक वेबसाइटमार्फत प्रकाशित हुने विभागले जनाएको छ।
महानगरले १६० संस्थागत विद्यालयहरूमा करिब चार हजार भन्दा बढी छात्रवृत्ति सिटमा विद्यार्थी भर्ना गराउने छ। यी सिटहरूमा ४० प्रतिशत सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थी, पाँच प्रतिशत संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थी, १४ प्रतिशत काठमाडौं महानगरका स्थायी बासिन्दा र एक प्रतिशत ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ।
यसका अतिरिक्त, महिला, दलित, आदिवासी/जनजाति, मधेसी, थारु, मुस्लिम, अपांगता भएका व्यक्ति, पछौटे क्षेत्रका बासिन्दा र सहिद÷बेपत्ता परिवारका लागि आरक्षण कोटा पनि छुट्टाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...