बिपी राजमार्ग पुनर्निर्माणमा तात्यो सरकार
२० कार्तिक २०८१
•
३ मिनेट पाठ
बिपी राजमार्ग पुनर्निर्माणमा तात्यो सरकार
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भत्किएको बिपी राजमार्ग स्थायी रूपमै पुनर्निर्माण गर्न सडक विभागले सर्भे र डिजाइको काम सुरु गरेको छ। सडक डिभिजन भक्तपुरले डिजाइन र सर्भेको काम सुरु गरिसकेको त्यहाँका प्रमुख सुमन योगेशले जनाए। उनका अनुसार कात्तिक तेस्रो सातासम्म सर्भे भएर पनि डिजाइनको अन्तिम रिपोर्ट तयार हुनेछ ।




यही कात्तिक ११ र १२ गते जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को टोली क्षतिग्रस्त बिपी राजमार्गको स्थलगत अध्ययन तथा अनुसन्धान गरेर फर्किएको छ। टोलीले रिपोर्ट बुझाउन कम्तीमा एक–डेढ महिना लाग्ने योगेशको भनाइ छ। ‘उहाँहरू स्थलगत अध्ययन गरेर फर्कनुभएको छ। जापान सरकारले आफैं बनाउँछ कि बनाउँदैन भन्ने विषय त्यसपछि मात्र टुंगो लाग्नेछ,’ उनले भने, ‘त्यतिबेलासम्म पनि हामी चुप लागेर बस्दैनौं। पुनर्निर्माणका लागि सर्भे–डिजाइनका साथै अन्य काम सुरु गरिसकेका छौं। जापान सरकारले बनायो भने हाम्रो रिपोर्ट बुझाउँछौं, नबनाए त्यही रिपोर्टका आधारमा स्थायी संरचना बनाउन सुरु गर्छौं ।’

उनका अनुसार दुई/अढाई महिनाभित्र स्थायी संरचना बनाउन डिभिजनले काम सुरु गर्नेछ। ‘नभए आगामी वर्षायाममा फेरि यस्तै समस्या हुनेछ। वर्षायाममा कम्तीमा यातायात अवरोध नहुने गरी काम सुरु गर्नेछौं,’ उनले भने।

विभागका उच्च कर्मचारीका अनुसार जापान सरकारले नै बिपी राजमार्गको पुनर्निर्माण गर्ने हो भने सम्पन्न हुन कम्तीमा चार/पाँच वर्ष लाग्छ। तर नेपाल सरकारले आफैं गर्ने हो भने दुई वर्षभित्र सक्नैपर्ने बाध्यता हुनेछ। एक सय ६० किलोमिटर लामो बिपी राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो। त्यसका लागि जापानले २६ अर्ब जापानी येन खर्च गरेको थियो। २०७२ सालको भूकम्पबाट बिपी राजमार्गको केही भाग क्षतिग्रस्त बनेको थियो। क्षतिग्रस्त भूभागलाई पुनर्निर्माण गर्न १८ महिना लागेको थियो। जाइकाले २०५२ सालदेखि बिपी राजमार्ग बनाउन सुरु गरेको थियो ।

विभागका अनुसार अब पुनर्निर्माण गरिने ठाउँमा सडक दुई लेनको हुनेछ। सरकारले बिपी राजमार्ग पुनर्निर्माणका लागि तीनवटा अवधारणा बनाएको छ। भत्किएको ठाउँमा खोलाको बगरमै दुई लेनको पुल बनाउने सरकारको पहिलो अवधारणा हो।

यसरी पुल बनाउँदा सडक बलियो हुनेछ। विभागका इन्जिनियरहरूका अनु्सार सबैभन्दा बलियो संरचना भनेको पुल बनाउनु नै हो। भत्किएको सबै ठाउँमा पुल बनाउने हो भने १२ किमि लामो हुनेछ। तर त्यो काम निकै खर्चिलो हुने मन्त्रालयको भनाइ छ। पुल बनाइसकेपछि बाढीको धारले पहाडको भित्ता काट्दा पनि सडकलाई क्षति गर्दैन।

अर्को अवधारणा भनेको भित्ता काटेर सडक बनाउने अवधारणा हो। अहिले धेरैजसो पहाडी क्षेत्रमा भित्ता काटेर सडक बनाउने गरिएको छ। तेस्रो अवधारणा भनेको तलबाटै पर्खाल उठाएर सडक तयार गर्ने हो। जापान सरकारले यस्तै तरिकाले बिपी राजमार्ग तयार गरेको हो।

‘भत्किएका ठाउँहरूमा सयदेखि एक सय पचास मिटरसम्मका पुल ठाउँठाउँमा बन्नेछन्। ती सबै पुलको लम्बाइ जोड्दा दुई–तीन किलोमिटरसम्मको हुन सक्छ,’ योगेशले भने।

जापान सरकारले पुनर्निर्माण गरेन भने नेपाल सरकारले आफ्नै खर्चमा भए पनि बिपी राजमार्ग पुनर्निर्माण गर्ने भएको छ। यसको पुनर्निर्माण गर्न साढे ७ अर्ब रूपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान विभागका उच्च कर्मचारीहरूले गरेका छन्।

बिपी राजमार्गको सबैभन्दा बढी क्षति चौकीडाँडा देखि नेपालथोकसम्म छ। यसखण्डको २८ किमि सडकमध्ये १२ किमि सडक पूर्ण रूपमा क्षति भएको छ। अब बन्ने १२ किमि सडक नै दुई लेनको हुनेछ। यसैगरी भत्कन लागेको तर भत्किनसकेको सडक पनि दुई लेनकै हुनेछ। सबै जोड्दा १५/२० किमिभन्दा लामो सडक दुई लेनको हुने अनुमान विभागका कर्मचारीहरूले गरेका छन्।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार वर्षाका कारण देशभरि ३४ वटा राजमार्गका आठ सय पाँच ठाउँमा पहिरो गई सडक अवरुद्ध भएको थियो। तीमध्ये सबैभन्दा जटिल समस्या बिपी राजमार्गमा देखिएको थियो। अवरुद्ध भएको बिपी राजमार्गलाई खुलाउन विभागका कर्मचारीहरूले निकै मिहिनेत गरेका थिए। जसका कारण दसैंअगाडि नै उक्त राजमार्ग खुलेको थियो ।
अर्को समाचार
रोकियो ११ हजार विद्यार्थीको पढाइ
१५ असोज २०८१
•
१ मिनेट पाठ
रोकियो ११ हजार विद्यार्थीको पढाइ
फाइल तस्वीर
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा भएका भौतिक तथा मानवीय क्षतिको विवरण आउने क्रम जारी छ। यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संकलन गरेको आतबारसम्मको विद्यालय तथा विश्वविद्यालतर्फको क्षति विवरणअनुसार सबैभन्दा बढी तराईका विद्यालय प्रभावित बनेका छन्।




तेह्रथुमको इन्द्रसरोवर गाउँपालिकामा रहेको वात्सल्यदेवी माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्मका ६ विद्यार्थीको पहिरोमा परी मृत्यु भएको पनि विवरणमा उल्लेख छ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईका अनुसार तराईका सिरहा, सर्लाही, सप्तरी र पर्साका गरी कुल ४२ विद्यालय भवनमा क्षति पुगेको छ भने १० हजार ९ सय विद्यार्थीको पठनपाठन ठप्प बनेको छ। मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार रसुवा, सिन्धुली, तेह्थुम, मकवानपुर, हुम्ला, जाजरकोट, पाँचथर, मोरङ, सिरहा, सर्लाही, सप्तरी र पर्सामा धेरै विद्यालयमा क्षति पुगेको छ भने यी क्षेत्रका विद्यार्थीको पठनपाठन ठप्प बनेको छ।

‘शैक्षिकतर्फको क्षतिको विवरण संकलन कार्य मन्त्रालयले जारी राखेको छ,’ प्रवक्ता भट्टराईले नागरिकसँग भने, ‘सबै ठाउँको क्षतिको विवरण आएपछि मन्त्रालयले एक अध्ययन टोली बनाएर समाधानको रणनीति बनाउने र त्यहीअनुसार अघि बढ्ने योजना तय गरेको छ।’

उनले विद्यालयका कक्षाकोठा, पर्खाल, भवन, शौचालयलगायतमा बढी क्षति भएको बताए। ‘थप विवरण आउने क्रममै छ,’ उनले भने। यसैगरी कतिपय बाढी र पहिरो प्रभावित क्षेत्रमा सुरक्षित सामुदायिक विद्यालयहरूलाई नै सेल्टरका रूपमा प्रयोग गरिएको समेत जानकारी मन्त्रालयमा प्राप्त भएको छ।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस