प्रतिभा पहिचानका लागि मेला महोत्सव
१६ कार्तिक २०८१
•
५ मिनेट पाठ
प्रतिभा पहिचानका लागि मेला महोत्सव
दसैतिहारजस्ता ठूला चाडपर्वको अवसर पारेर म्याग्दीका ग्रामीण क्षेत्रहरु मेलामय भएका छन् । दसैं, तिहारको अवसर पारेर ग्रामीण क्षेत्रमा भलिबल, बास्केटबल, फुटबल, महिला भलिबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता आयोजना भएका हुन्।जिल्लाका ६ स्थानीय तहका ४५ वडामध्ये अधिकांश वडामा मेला र खेलकुद प्रतियोगिता सञ्चालन भएका छन्।यस्ता प्रतियोगिताहरुले खेलप्रतिभाको पहिचान गर्न सजिलो भएको मालिका गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक सुन्दर खत्रीले बताए।




गाउँमा रहेका युवा क्लबले खेलकुदसैंँगै स्थानीय र राष्ट्रिय कलाकारको गीत, नृत्य प्रस्तुतिको कार्यक्रमले गाउँघरमा रमाइलो हुने बताए। “हामीले प्रत्येक वर्ष वडादसैँं मेला आयोजना गर्दछौँ । मेलामा केबल रमाइलो मात्र हुँदैन, विभिन्न खेलकुद र रचनात्मक कार्यक्रमहरु पनि आयोजना गरिने हुँदा खेल प्रतिभाको पहिचान गर्न सजिलो भएको छ” सचिव हर्मेलले भने।  

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, महिला भलिबल खेलाडी कमला पुन, पवित्रा बिसीलगायत म्याग्दीका धेरै खेलाडी प्रदेश, विभिन्न क्लब र राष्ट्रिय प्रतियोगितामा सहभागी भएका छन् । उनीहरू पनि यसैगरी ग्रामीण क्षेत्रमा आयोजना हुने गरेका खेलकुद प्रतियोगिताबाट नै छानिएरमाथि पुगेका सचिव हर्मेलले बताए। रुममा यसवर्ष आयोजित बडादसैं मेला यही कात्तिक ६ गते समापन भएको र मेलामा भलिबल, महिला भलिवल, छेलोलगायतका खेलकुदहरु आयोजना गरिएको उनले बताए।

त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँटको रिभरसाइड युवा क्लबले पनि बडादसैंको अवसर पारेर रु एक लाख एक हजार पुरस्कार राशिको दोस्रो रिभरसाइड कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। त्यसैगरी रघुगङ्गा गाउँपालिकाको बादुक, भगवती र कोटगाउँमा बडादसँैंैँको अवसरमा रु एक लाखभन्दा बढी पुरस्कार राशिको खेलकुद प्रतियोगिता सञ्चालन भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।“मेला पर्वले ग्रामीण क्षेत्रमा खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र गीत तथा नृत्य कला प्रस्तुतिको अवसर मिलेको छ” उनले भने।

यता मालिका गाउँपालिका–६ दरबाङमा पनि मेला र खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। त्यसैगरी सोही गाउँपालिका–४ चिउरीबोटमा स्थानीय परिवर्तन युवा क्लबको आयोजनामा कात्तिक ७ गतेदेखि १५ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ। मेलामा प्रौढ, महिला र पुरुष भलिबल तथा तारोखेललगायत प्रतियोगिता सञ्चालन हुने क्लब सचिव सुलब पुनमगरले जानकारी दिए।

त्यसैगरी उता उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुमा रहेको सुनगाभा युवा क्लबले पनि दसैँं र तिहार पर्वको अवसरमा कात्तिक ५ गतेदेखि विभिन्न खेलकुद प्रतियोगितासहित मेला  आयोजना गरेको छ। जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उक्त मेला र बाँस्केटबलको फाइबर बोर्डको पनि उद्घाटन गरे। ग्रामीण क्षेत्रमा आयोजना भएका खेलकुद प्रतियोगिताबाट छानिएका खेलाडीलाई जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर मिलाउने प्रतिनिधि सभाका सदस्य खमबहादुर गर्बजा ९खमबीर० ले बताए।

म्याग्दी महोत्सव

म्याग्दीको मुहार उजिल्याउने उद्देश्यले समयसमयमा विभिन्न सङ्घसंस्था र समुदायले विविध कार्यक्रमको आयोजना गर्ने गरेका छन्। ती कार्यक्रममध्येको एउटा कार्यक्रम हो म्याग्दी महोत्वसको कार्यक्रम । कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार–व्यवसाय र स्थानीय उत्पादनसँग साइनो लगाएर आयोजना हुँदै आएका महोत्सवका सात वटा शङ्खला सम्पन्न भइसकेका छन्।

बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धन र सम्भावनाहरुको उजागरमा सघाउन म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल संयोजकत्वमा म्याग्दी महोत्सव हुने गरेको छ। मनोरञ्जनका अतिरिक्त लक्षित उद्देश्यसमेत राखिएको यस्ता मेला महोत्सवले जिल्लाको पहिचान र चिनारीलाई फराकिलो बनाउन र सम्भावनाहरुको उजागर गर्न महत्वपूर्ण भूमिका खेलेका उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताए।

जेसिज कप:फुटबल खेलाडी उत्पादनको ‘गेटकिपर’

म्याग्दी जेसिजले हरेक वर्ष आयोजना गर्ने अन्तरमाध्यमिक जिल्लास्तरीय विद्यालय जेसिज कप फुटबल प्रतियोगिता म्याग्दीमा फुटबल खेलाडी उत्पादनका लागि ‘गेटकिपर’ मानिने गरेको छ।अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए। यस वर्ष पनि २२औँ अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिता आगामी मङ्सिर १७ गतेदेखि सञ्चालन हुने भएको छ।  

अपनत्वबोध र सम्बन्ध विस्तारको माध्यम

दसैँअघिसम्म सुनसान देखिने पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुममा अहिले निकै चहलपहल छ।  बडादसैं मेलामा छिमेकीगाउँका मानिसहरुदेखि लिएर गाउँ छोडेर नेपालका विभिन्न ठाउँमा गएका व्यक्तिसमेत आएका थिए। रुम गाउँमा विगत पाँच वर्षयता बसाइँसराइ गरेर अन्यत्र जानेहरुको सङ्ख्या बढ्दै गएपछि गाउँको महत्वलाई बुझाउन र अपनत्व भाव जगाउन स्थानीय युवाहरुको सक्रियतामा राष्ट्रिय कलाकारलाई बोलाइ हरेक वर्ष वडादसैँको अवसरमा मेला आयोजना गरिंदै आएको छ।

यसवर्ष पनि स्थानीय लालीगुराँस युवा क्लबले बढ्दो बसाइँसराइलाई रोक्न र गाउँ छोडेर अन्यत्र गएकाहरुलाई गाउँमा नै बोलाई गाउँप्रतिको अपनत्व जागृत गराउन मेला आयोजना गरेको हो। “गाउँ छोडेर बसाइँसराइ गर्नेहरुको सङ्ख्या बढ्न थालेपछि सुन्दर गाउँ उजाड बन्दै गएको छ”, स्थानीय युवा योगेन्द्र हर्मेलले भने, “गाउँमा रहेका हामी युवा साथीहरुले सल्लाह गरी तीन वर्षदेखि दशैंैंको लगत्तै बडादसैँ मेला आयोजना गरेर गाउँ बाहिर रहेका रुमेलीहरुलाई गाउँमा बोलाउँछौँ।गाउँको सम्भावना र महत्व बुझाउँछौं।राष्ट्रिय र स्थानीय कलाकारहरुमार्फत मनोरञ्जन गराउँछौँ।विभिन्न किसिमका खेलकुदको आयोजना गर्छौँ, गाउँ छोडेर जान लागेकाहरुलाई सकभर गाउँमै रोक्ने वातावरण बनाउँछौं।”

मालिका गाउँपालिको केन्द्र दरबाङदेखि दक्षिण भागमा पर्ने रुम गाउँ जैविक, प्राकृतिक र खानीजन्य उत्पादनले सम्पन्न गाउँ हो।कुल २०।७४ वर्ग किमीमा फैलिएको यस गाउँमा जम्मा तीन हजार, छ सय २६ जनसङ्ख्या रहेको छ।बागलुङ्ग जिल्लासँग जोडिएको यस गाउँमा धान, मकै, कोदो, गहुँ जौँ, फापर आदि बाली हुने गर्दछ। विगत पाँच वर्षमा रुम गाउँबाट ४८ घरपरिवार बसाइँसराइ गरेर अन्यत्र गइसकेका मालिका गाउँपालिका–२ रुमका वडा सदस्यसमेत रहनुभएका भक्तबहादुर पुनले बताए। “पछिल्लो समय गाउँ छोडेर काठमाडौं, पोखरा, चितवन, बेनी, दरबाङलगायतका ठाउँमा बसाइँसराइ गर्नेहरु बढेका छन्।

बढ्दो बसाइँसराइलाई रोक्न र गाउँ छोडेर अन्यत्र गएकाहरुलाई केही समय गाउँमा नै फर्काएर गाउँप्रति अपनत्व विस्तार गर्न यस्ता मेला पर्वहरु सहयोगी भएका छन्।रासस
अर्को समाचार
ऐतिहासिक ताकमकोतको धार्मिक र पर्यटकीय महत्व
२८ असोज २०८१
•
१ मिनेट पाठ
ऐतिहासिक ताकमकोतको धार्मिक र पर्यटकीय महत्व
म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णीमा, मङ्सिर पूर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ।




कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्त्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन्। जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ। यस वर्षको दसैँको नवरात्रभर पूजाआजा गर्न ताकम र आसपासका गाउँका साथै टाढाटाढाबाट भक्तजन आएका पुजारी हेमनाथ पौडेलले बताए।

“कोतघर र मन्दिर पुनः निर्माण, सडक सुविधा र प्रचारप्रसार भएका कारण ताकमकोतमा धार्मिक पर्यटकको आगमन बढेको छ”, उनले भने “मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्न भक्तजन आउने गरेका हुन्।” ताकमकोतको ओदान देवतामा गरेको भाकल पूरा भएमा बली चढाउने चलन छ।

समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाईमा रहेको ताकमकोतबाट धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमालको साथै अग्ला पहाड, ग्रामीण बस्तीहरूको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। समुदायस्तरबाट चन्दा सहयोग जुटाएर विंस २०७५ मा ताकमकोतको जीर्णोद्धार गरिएको थियो। विंस २०७२ को भूकम्पले कोतघर र जगन्नाथ मन्दिर जीर्ण बनेको थियो।

यसैगरी पुरातत्व विभागले कोतघर परिसरमा रामसिता मन्दिर पुनःनिर्माण गरेको छ। समूदाय स्तरबाट चन्दा सङ्कलन गरेर पर्यटकीय आकर्षण बढाउन हनुमानको मूर्ति स्थापना गरेका छन्। गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको सहयोगमा देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको छ। देविस्थान र ताकम तर्फबाट देउरालीसम्म सडक सञ्जालले जोडिएको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस