तिहारमा भाइ कुरिरहेका ‘मखमली’हरू
१५ कार्तिक २०८१
•
७ मिनेट पाठ
तिहारमा भाइ कुरिरहेका ‘मखमली’हरू

यो पनि पढ्नुहोस

भाइ कुरिरहेका ‘मखमली’हरूउनको भाइ बेपत्ता भएको झन्डै दशक पुगेको छ। २०७२ वैशाख १२ को भूकम्पमा बेपत्ता भएका भक्तपुर सूर्यविनायक–४ का सविन खड्काको काजकिरिया गरेको पनि तीन वर्ष बितिसक्यो तर ७२ वर्षीया फुपू दिदी बाटुली थापाले तिहारमा भाइ आउने आसमा मखमली फूल रोप्न छाडेकी छैनन्।  




‘मखमली फक्रिएपछि भाइको सम्झना झन् धेरै आउँदो रहेछ’, आँगनको डिलमा फुलेको फूललाई मुसार्दै उनले भनिन्, ‘यो फक्रँदा भाइ हाँसेजस्तो लाग्छ ।’  

नेपाली सेनामा कार्यरत सविन लाङटाङ राष्ट्रिय निकुन्जमा खटिएका थिए। वैशाख १२ को भूकम्पसँगै झरेको हिमपहिरोमा परी उनीसहित १० सैनिक बेपत्ता भए। त्यसयता बाटुली भाइको खोजीमा जीवन बित्दै गएको बताउँछिन्। उनी भाइ आउने बाटो कुरिरहेकी छिन्।  

उनी भाइको खोजीमा रसुवाका पहाडसमेत पुगिन्, नेपाली सेनाको मुख्यालय पुगेर चाँडो खोजिदिन झगडा नै गरिन्, कैयौँ रात भोकै पनि बसिन्। उनले सुरुका केही वर्ष भाइको सकुशल फिर्तीका लागि घरमन्दिरमा अखण्ड दियो पनि बालिन्। दियो निभ्ला भनेर कैयौं रात अनिँदै बसिन्। ‘अनन्तलिंगेश्वर मन्दिर र घरमा दुवैतिर दियो बालेर बसें’, उनले थपिन्, ‘भाइ नफर्केपछि मन्दिर जान पनि छाडें ।’ सरकार र सेनासँग भाइ खोजिदिन हारगुहार गरे पनि पत्ता नलागेपछि भगवान्को शरणमा परेकी उनलाई भाइ नफर्कंदा भगवान्सँग पनि झोक चलेको छ।  

परिवारका एक्लो सन्तान सविन आफूसँग टीका लगाएपछि मात्र अन्य दिदीबहिनीसँग टीका थाप्न जाने गरेको उनले सुनाइन्। सविनले सानैदेखि आफूलाई पछ्याउने गरेका कारण उसैप्रति धेरै माया गढेको उनले बताइन्। ‘मलाई लप्टनको पास आउटमा पनि सँगै ब्यारेक लगेको थियो’, गला अवरुद्ध पार्दै उनले भनिन्, ‘औंसीमा पनि आमाबुबाभन्दा पहिला मेरो मुख हेर्न आउँथ्यो। अरू सबैले तेरो भाइ मर्‍यो भन्छन् तर मेरो आस अझै मरेको छैन’, उनले भनिन्, ‘टीकाको दिन टुप्लुक्क आउँछ कि जस्तो लाग्छ ।’  

यसरी बाटुलीलाई त ‘मरिसकेको भाइ’ भाइटीकाको दिन फर्कने आस छ भने सोही गाउँकी नम्रता कार्कीलाई विदेश गएको भाइ नफर्कने भन्ने त हुँदै भएन। उनले पनि खाडी मुलुक कतार गएको आफ्नो भाइ भाइटीकामा फर्कने आसमा मखमली रोप्न छाडेकी छैनन्। तर उनको भाइ प्रवीण घर नफर्केको तीन वर्ष भइसकेको उनले सुनाइन्। ‘कामबाट आउन मिलेन भन्छ, अर्को वर्ष आउँछु भन्छ,’ उनले थपिन्, ‘यसो भन्दाभन्दै तीन वर्ष बितिसक्यो ।’

नम्रताले यसो भन्दै गर्दा नुवाकोट थानसिङकी रमिता ढुंगाना २१ वर्षीय भाइ रितेषलाई विमानस्थलमा बिदाइ गर्दै थिइन्। ‘मेरो एउटै भाइ, त्यो पनि तिहारको मुखमा बिदेसिँदै छ’, विमानस्थलमा भेटिएकी उनले अँध्यारो अनुहार लगाउँदै भनिन्, ‘अर्को वर्षको तिहारमा आउने वाचा गरेर जाँदै छ ।’  

उनले भाइका लागि भनेर रोपेका मखमली आँगनको डिलभरि फुलेका छन्। तर भाई उड्दै छ। ‘तेल धारा लगाएर काललाई बरु रोक्न सकिन्थ्यो होला, गरिबीका कारण घर छाडेर जाँदै गरेको भाइलाई रोक्न सकिएन ?’, उनले थपिन्, ‘वैदेशिक रोजगारीको पीडा मलाई कालभन्दा पनि डरलाग्दो लाग्यो।  

यो पीडा वैदेशिक रोजगारीमा जाने हजारौं घर/परिवारको साझा हो। स्वदेशमै रोजगारी नमिल्दा दसैं, तिहार र छठजस्ता पर्व मात्र हैन, बुढेसकालका आमाबुबालाई छाडेर दैनिक दुई हजार हाराहारी युवा विदेश उडिरहेका छन्।  

चार–पाँच दिन कुरेको भए उनीहरूको निधार सप्तरंगी टीकाले सजिन्थ्यो, गला मखमली मालाले भरिन्थ्यो, हातभरि दिदीले दिएको मिठाइ र मसलाको पोको हुन्थ्यो, मनभरि देउसी भैंलोको उमंग हुन्थ्यो। तर उनीहरू तिहारको मुखमा उदास अनुहार लगाएर बाहिरिँदै थिए। ‘पर्वभन्दा ठुलो काम हुँदोरहेछ’, गोर्खा आरुघाटका विनय अधिकारीले भने, ‘पर्वको मुखैमा विदेश उड्नुपर्दा मन दुख्दोरहेछ ।’ दसैंको टीका लगाए पनि तिहारअगाडि हिँड्नुपर्दा दिदीको अनुहार सम्झेर निकै मन दुखेको उनले सुनाए। ‘मलाई बिदाइ गर्ने बेलामा दिदी रोएर विमानस्थलमा आउनु भएन’, उनले थपे, ‘मलाई त्यो दृश्य सम्झँदा पनि निकै दुःख लाग्छ ।’  

विनयले यसो भन्दै गर्दा अर्का एक युवक झोला बोकेर विमानस्थलतर्फ जाँदै थिए। तिहारको मुखमा विदेश जानुको पीडा उनको अनुहारमा पनि प्रष्टै झल्कन्थ्यो। उज्यालोको पर्व आउँदै गर्दा उनी पनि अँध्यारो मुख लगाएर विदेश जाँदै थिए। ‘दिदीले मखमली पनि रोप्नुभएको थियो’, सिन्धुपाल्चोक मेलम्चीका नरेश चालिसेले भने, ‘तर माला उनिनु पहिल्यै म उड्दैछु ।’ घर/परिवार र आफन्तका सपना पूरा गर्न मलेसियातर्फ हिँडेका उनले उताबाट फर्केपछि मखमली माला लगाउने सुनाए।  

तेलको धाराले घेरेर, कानमा ओखरको टक्टक् सुनाउँदै दिदीले लगाइदिएको सप्तरंगी टीका निकै प्यारो लाग्ने उनले सुनाए। ‘तेलको घेरा लाग्नुअगावै बाध्यताले हामीलाई उडायो’, उनले भने, ‘बिदाइका बेलाको दिदीको अनुहार सम्झँदा अहिले पनि नरमाइलो लागिरहेको छ ।’ आफूलाई दिदीले घरबाटै बिदाइ गरेर पठाएको पनि उनले सुनाए ।

गुण्डु अर्थात् मखमली गाउँ  

मखमलीको कुरा आएपछि भक्तपुरस्थित गुण्डुको नाम अगाडि आउँछ। यतिबेला गुण्डुमा कोही फूल टिप्दै, कोही माला उन्दै र कोही बजार जाँदैछन्। कोही पैसा गन्दै छन्। अन्यत्रका किसानलाई धान थन्क्याउने चटारो हुँदै गर्दा गुण्डुका किसानलाई भने यतिबेला मखमली फूल व्यवस्थापनको चटारो छ। साउनदेखि मखमली टिप्न सुरु गरेका उनीहरूलाई तिहार नजिकिँदै गर्दा माला गाँस्न भ्याइनभ्याई छ। ‘मैले एक लाख रूपैयाँको माला बेचिसकें’, सरस्वती विष्टले भनिन्, ‘अझै केही बेच्न बाँकी छ ।’ गाउँमा सबैजसोको फूल खेती भएकाले माला उन्ने खेताला पाउनसमेत समस्या रहेको उनले सुनाइन्। ‘केटाकेटी/बुढाबुढी सबै फूलमै व्यस्त हो’, उनले थपिन्, ‘अहिले हामीलाई मखमलीको चटारो छ ।’  

उनीहरूले उनेका मखमलीका माला तिहारको भाइटीकाका लागि विराटनगर, पोखरालगायत ठाउँसम्म मात्र हैन, विदेशसमेत पुग्छन्। गाउँका थुप्रै युवा विदेश पनि गएका छन्। ‘हामीले भाइलाई माला लगाउन नपाए पनि यो माला विदेश पुग्छ’, नम्रता कार्की भन्छिन्, ‘सायद, हामीले उनेका माला उतै रहेका भाइहरूको गलामा पुग्नेछ ।’

२० वर्षदेखि २० रूपैयाँ  

गुण्डुका लक्ष्मण थापाले मखमली लगाउन थालेको झण्डै दुई दशक भइसक्यो। बजारमा हरेक कुराको मूल्य बढे पनि मालाको मूल्य भने नबढेको उनी सुनाउँछन्। ‘उतिबेला २० रूपैयाँ गोटामा माला बेचेका थियौं’, उनले भने, ‘अहिले पनि त्यही मोलमा बेच्न बाध्य छौं ।’ फूलले धोका नदिए पनि बिचौलियाले किसानलाई समस्यामा पारेको उनको बुझाइ छ। ‘व्यापारी सिधै बारीमा आइदिए किसान र उपभोक्ता दुवैलाई फाइदा हुन्थ्यो’, उनी भन्छन्, ‘तर त्यसो भएको छैन ।’ कम्तीमा वडाले स्थानीय किसानसँग सहकार्य गरेर बजारको व्यवस्था गर्दिए मात्र पनि निकै राम्रो हुने उनको बुझाइ छ। यस भेगमा मात्र चार सय किसानले फूल रोपेको र तिहारमा मात्र करिब पाँच लाख रूपैयाँमो माला बिक्री हुने उनको अनुमान छ। विगतका दिनमा गुण्डुमा मखमली खेती हुने गरेकोमा पछिल्लो समय कटुन्जे, सूर्य विनायक, लुभु, झौखेललगायत उपत्यकामा विभिन्न ठाउँमा यसको खेत गर्न थालिएको छ। ‘गुण्डुका छोरीहरू बिहेपछि जता जान्छन् उतै मखमली रोप्न थाले’, विस्तार हुनुको एउटा कारण उनले सुनाए। एक दशकअघिसम्म मखमली भन्नेबित्तिकै गुण्डु सम्झिन्थ्यो तर अहिले भने सबैतिर यो फूल रोप्न थालिएको छ।  

पछिल्लो समय देशका अन्य भागमा पनि फूल उत्पादन हुन थालेको छ तर त्यो पर्याप्त छैन। पुष्प व्यवसायमा आत्मनिर्भर बन्ने रहरमा सरकारी नजर नपुगेको सरोकारवालाको गुनासो छ। ‘छिमेकी मुलुक भारतमा किसानलाई सरकारले ८० प्रतिशत अनुदान दिन्छ’, नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिम्सिनाले भने, ‘तर नेपालका किसानलाई यसतर्फ केही सहयोग छैन ।’ पछिल्लो समय सरकारले केही ठाउँमा सहयोगको नीति ल्याएको तर त्यो नक्कली किसानको हातमा पुगेको उनले सुनाए।  

फ्लोरिकल्चर एसोसिएसनको तथ्यांकअनुसार पछिल्लो समय नेपालमा पुष्प व्यवसायीहरूको संख्या ११ सय ७४, पुष्प खेती भइरहेका जिल्ला ५२, उत्पादन क्षेत्रफल ३ सय ६० हेक्टर छ भने रोजगारीको संख्या ५१ हजार ५ सय छ। तर आयात र निर्याततर्फ भने आकाश–जमिनको अन्तर छ। चाडपर्वमा यहाँबाट केही लाखको फूल निर्यात हुने गरेको छ भने करोडौंको फूल आयात हुने गरेको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०८०/८१ को भन्सार विभागको तथ्यांकअनुसार पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार एक करोड २ लाख १२ हजार छ जबकि त्यही वर्षको पुष्प तथा पुष्पजन्य वस्तुको आयात कारोबार भने २७ करोड ७९ लाख रूपैयाँ छ। ‘यो एउटा सामान्य उदाहरण मात्र हो’, तिम्सिना भन्छन्, ‘कम्तीमा फूलमा मात्र आत्मनिर्भर बन्ने हो भने अरू कुरामा आत्मविश्वास स्वतः बढ्नेछ ।

अर्को समाचार
प्रधानमन्त्री ओलीको भाइटीका (तस्वीरमा)
१८ कार्तिक २०८१
•
१ मिनेट पाठ
प्रधानमन्त्री ओलीको भाइटीका (तस्वीरमा)
प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुबट शुभसाइतमा भाइटीका ग्रहण गरेका छन् । ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट बिहान ११ बजेर ३७ मिनेटमा टीका लगाएका हुन्।




प्रधानमन्त्री ओलीले आज वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएका हुन् ।

तस्वीरमा हेरौं

 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस