पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्त्वपूर्णः इयू राजदुत लोरेन्जो
०९ कार्तिक २०८१
•
३ मिनेट पाठ
पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्त्वपूर्णः इयू राजदुत लोरेन्जो
नेपालका लागि युरोपेली सङ्घ (इयू) की राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियोजना अभियान महत्त्वपूर्ण भएको बताएकी छन्।




इयूको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्जालित ग्रीनसिफ्ट नेपाल परियोजनाको बिहीबार धुलिखेलमा सम्पन्न वार्षिक समीक्षा तथा अनुभव साझा कार्यक्रममा उनले नेपालको निम्ति अभियानमार्फत युवाहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि बल गर्नुपर्नेमा जोड दिइन्।

उनले ग्रीनसिफ्ट अभियान आफ्नो हृदयको धेरै नजिक रहेको भावना व्यक्त गर्दै युवाहरुले चाहे हरेक परिवर्तन सम्भव रहेको बताइन्।

राजदूत लोरेन्जोले कार्यक्रममा सहभागी भएका युवा विद्यार्थी र विद्यालयका शिक्षकहरुलाई इंगित गर्दै भनिन्, ‘तपाईंहरु परिवर्तनका लागि आशाको केन्द्र हुनुहुन्छ, हाम्रो वातावरण संरक्षण र सम्वद्र्धनका लागि सबै मिलेर काम गर्न आह्वान गर्दछु।’

उनले फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको ढाँचा अनिवार्य लागू गरिनुपर्नेमा थप जोड दिनुपर्ने जिकिर गरिन्।

नेपालका लागि चक्रीय अर्थतन्त्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उनले यसबाट नेपालले फाइदा लिनुपर्ने पनि बताइन्। यदि नेपालले ग्रीन इनर्जी (हरित ऊर्जा) को क्षेत्रमा गम्भीरतापूर्वक काम गरे क्षेत्रीय च्याम्पियन बन्न सक्ने उनले विश्वास व्यक्त गरिन्।

त्यस्तै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले ग्रीनसिफ्ट केवल एक परिपयोजना मात्र नभई एक बृहत अभियान भएको बताए।

त्यसैगरी युथ इनोभेसन ल्यावका कार्यकारी निर्देशक प्रदीप खतिवडाले डाटामा आधारित पैरवीहरु आवश्यक भएको हुनाले वेस्टस्मार्ट फेलोहरुले डाटामा आधारित नीति निर्माण गर्न खेलेको योगदान सराहनीय रहेको बताए।

ललितपुर महानगरपालिकाका उपप्रमुख अञ्जली बज्राचार्यले महानगरभित्र परियोजना सञ्चालन गरेकामा इयू, क्रिएसन नेपाललगायतका सांस्थालाई धन्यवाद ज्ञापन गर्दै यस्ता अभियानहरु अझै बृहत रुपमा सञ्चालन गर्नुपर्ने खाँचो औंल्याइन्।

इयूको सहयोगमा सञ्चालित चारवर्षे ग्रीनसिफ्ट नेपाल परियानाले बाग्मती, लुम्बिनी र मधेश प्रदेश गरी जम्मा नौ स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिरहेको छ।

पहिलो वर्षमा नेपालगञ्ज उप–महानगरपालिका, बर्दिबास नगरपालिका र ललितपुर महानगरपालिकामा सफलतापूर्वक गतिविधिहरु सञ्चालन गरिसकेको छ भने परियोजनाको दोस्रो वर्ष जनकपुर उप–महानगरपालिका, भरतपुर महानगरपालिका र कोहलपुर नगरपालिकामा अभियान सञ्चालन गर्न गइरहेको परियोजनाका प्रमुख युनिश घिमिरेले बताए।

परियोजना अन्तर्गत विद्यालयहरुम वेष्टस्मार्ट स्कुल, युवा समुहहरुसँग सहकार्य, युवाहरु परिचालनका लागि युवाहरुको संस्थासँग सहकार्य, स्थानीय तहको फोहोरमैला व्यवस्थापन नीति निर्मानर्माण, फोहोरमैला उद्यमलाई सवलीकरण गर्न अनुदान, फोहोरमैला सफाइकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सशक्तिकरण तालिम, सफाईकर्मीहरुलाई सङ्गठित गर्न बनेका नागरिक समाज संस्थालाई संगठानात्मक क्षमता अभिवृद्धि गर्न अनुदान तथा प्रशिक्षणलगायतका क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा पहिलो वर्ष भएका १२ वटा विद्यालयलाई कदरपत्रद्धारा सम्मान गरिएको छ। त्यस्तै, स्थानीय तहमा रहेर नीतिनिर्माणमा सहयोग पुर्याउने तीन जनालाई वेस्ट स्मार्ट फेलोलाई पनि दिक्षित गरिएको छ।

यस्तै मुल्यांकनको आधारमा छनौट भएका बाग्मती प्रदेशबाट तीन, मधेश प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी छ निजी फोहोरमैला तथा अफसाइकिलिङलाई रु २० लाखको दरले अनुदान रकमसहित प्रमाणपत्र प्रदान गरिएको छ।

कार्यक्रममा सहभागि भएका विद्यार्थी, युवा तथा शिक्षकहरुले राजदूत लोरेन्जोलेसँग दोहोरो अन्तरक्रिया गरिएको थियो। परियोजना क्रिएसन नेपालको नेतृत्वमा कन्सोर्टियम साझेदार रेस्टलेस लेभलपमेन्ट र युथ इनोभेसन ल्याबसँगको सहकार्यमा कार्यान्वयन भईरहेको छ।
अर्को समाचार
इयुद्वारा टर्कीलाई शरणार्थी कोषका लागि थप एक अर्ब युरो घोषणा
०३ पौष २०८१
•
१ मिनेट पाठ
इयुद्वारा टर्कीलाई शरणार्थी कोषका लागि थप एक अर्ब युरो घोषणा
युरोपेली सङ्घले टर्कीलाई सिरियाली शरणार्थीहरूको हेरचाह गर्न थप एक अर्ब युरो कोष दिने युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले मङ्गलबार बताएका छन्।




'सन् २०२४ का लागि थप एक अर्ब युरो आउँदैछ,' टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले भने, ,'कोषले टर्कीमा शरणार्थीहरूको स्वास्थ्य सेवा र शिक्षाको आवश्यकतालाई सहयोग गर्नेछ र सिरियाली शरणार्थीहरूको स्वैच्छिक फिर्तीसहित आप्रवासन र सीमा व्यवस्थापनमा योगदान दिनेछ।'  

सन् २०११ मा गृहयुद्ध सुरु भएपछि सुरक्षाको खोजीमा सीमापार भागेका करिब ३० लाख शरणार्थीलाई टर्कीले आश्रय दिएको छ। दमास्कसमा सत्ता परिवर्तनले तिनीहरूमध्ये धेरैलाई घर फर्कन दिने अङ्काराले आशा गरिरहेको छ।  

'जमिनमा परिस्थितिहरू विकसित हुँदै जाँदा हामीले यो एक अर्ब युरोलाई सिरियामा हुनसक्ने नयाँ आवश्यकताहरूमा अनुकूलन गर्न सक्छौँ,' उनले भने।

टर्की आर्थिक सङ्कटबाट गुज्रिरहेकाले हालैका वर्षहरूमा शरणार्थीको प्रश्नले टर्कीमा बढ्दो घरेलु तनाव उत्पन्न गरेको छ। यसले एर्दोगनलाई राजनीतिक रूपमा चोट पुर्याएको छ।  

असदको पतनको केही दिनभित्रै टर्कीले उनीहरूलाई फर्कन अनुमति दिन आफ्नो सीमा पार गर्ने क्षमतालाई उल्लेखनीय रूपमा विस्तार गर्न द्रुत गतिमा कदम चाल्यो।  

सन् २०१२ देखि इयुले आप्रवासनमा सहयोग गर्न टर्कीलाई करिब १० अर्ब युरो कोष प्रदान गरेको छ।

सन् २०१६ मा अङ्कारा र ब्रसेल्सले एक विवादास्पद सम्झौता गरेका थिए। सम्झौताअन्तर्गत इयुले युरोप पुग्ने कुनै पनि अनियमित आप्रवासीलाई फिर्ता लिएबापत टर्कीलाई पैसा दिने सहमति गरेको थियो। रासस/एएफपी
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस