शून्य कार्बन स्कुलको अवधारणा पहिलो पटक नेपालमा कार्यान्वयन
०५ कार्तिक २०८१
•
३ मिनेट पाठ
शून्य कार्बन स्कुलको अवधारणा पहिलो पटक नेपालमा कार्यान्वयन
विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवतर्नको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ। 




जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (एडिपोर्ट जापान) अन्तर्गत नागोया साङग्यो विश्विविद्यालय र पोखरास्थित पश्चिमाञ्चल विद्यालयबीच वायुमण्डलमा फैलिएको कार्बन डाइअक्साइडको अवस्था र वातावरणसम्बन्धी साक्षरता फैलाउने कार्यक्रमको समझदारीपत्रमा सम्झौता भएको हो।

नेपालमा पहिलो पटक सञ्चालन भएको यो कार्यक्रम ताइवान, भियतनाम, इन्डोनेसिया र जापानका विभिन्न विद्यालयमा पनि कार्यान्वयनमा रहेको छ। यस कार्यक्रमले विद्यार्थीलाई वातावरणसम्बन्धी ज्ञानका साथै विश्वव्यापी रुपमा मुख्य चुनौतीको रुपमा  रहेको जलवायु परिवर्तनका कारण सिर्जित असर, कार्बन डाइअक्साइडमा भएको वृिद्धलगायतका विषयमा प्रयोगात्मक तरिकाबाट बुझाउन मद्दत गराउँछ । साथै, विद्यार्थीमा परिवतर्नका असर सामना गर्न र वातावरणीय साक्षरतालाई अभिवृद्धि गर्न सहयोग पुग्ने बताइएको छ। 

गण्डकी, बागमती र लुिम्बनी प्रदेशका पाँच जिल्ला कास्की, रूपन्देही, भक्तपुर, ललितपुर र बर्दियामा सञ्चालन गरिएको छ। गण्डकी प्रदेशमा पश्चिमाञ्चल माध्यमिक विद्यालय, अमरसिंह मावि, गण्डकी बोर्डिङ स्कुल,  बागमतीमा एसओएस हेर्मन माइनर माध्यामिक विद्यालय सानोठिमी, युनाइटेड एकेडमी र लुिम्बनीमा शङ्करनगर दुर्गादत्त माध्यामिक विद्यालय र जनता माध्यामिक विद्यालयमा यो कार्यक्रम लागू भएको छ। 

सम्झौता हस्ताक्षरपछि पश्चिमाञ्चल विद्यालयका प्राचार्य सरोज कोइरालाले नेपालमै पहिलो पटक जापान सरकारको प्रत्यक्ष सहभागितामा भएको कार्यक्रममा आफ्नो विद्यालयले सहभागी हुन पाउँदा खुसी लागेको र यसले विद्यार्थीको वातावररणप्रतिको सचेतना अझ बढ्ने मद्दत पुग्ने बताए । प्रयोगात्मक विधिबाट गरिने अध्ययनबाट विद्यार्थीले रुख, बिरुवा भएको ठाउँ, घना बस्तीबीचको कार्बनडाइअक्साइडको मात्रामा रहेको फरकबारे जानकारी पाउने उनको भनाइ छ।  

यसैबीच संयुक्त राष्ट्र सङ्घले विश्वका देशलाई विद्यालयमा जलवायु परिवर्तनसम्बन्धी विषयलाई अनिवार्य बनाउन आह्वान गरेअनुसार नेपालमा पनि नमूनाको रुपमा केही विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नागोया साङग्यो विद्यालयमा विद्यावारीधि गरिरहेका सन्जोक पौडेलले बताए।

अनुसन्धानको क्रममा आफूले जापानका तीनवटा प्रान्तमा वायुमण्डलमा भएको काबर्नडाईअक्साइडको मात्राको अध्ययन गरी मौसम अनुसारको हुने परिवर्तन, हावाको गतिको असर तथा जैविक वातावरणमा काबर्नडाईअक्साइडको एकाग्रताको मापन गरी मौसम विज्ञान घटनाको प्रभावमा गरिरहेको अनुसन्धान नेपालका लागि उपयोगी हुने बताए।  

उनकै पहलमा देशका विभिन्न विद्यालयमा वातावरणीय शिक्षाअन्तर्गत शून्य कार्बन स्कुलको अवधारणा पहिलो पटक रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शङ्करनगर दुगार्दत्त माद्यामिक विद्यालयमा सञ्चालन गरिएको छ। शून्य कार्बन स्कुलको अवधारणाको शुभारम्भ गर्दै जापानका प्राडा इतोउ मासाकाजुले कार्बन तटस्थताको सम्भावना र कठिनाइहरूको जानकारी बालबालिकाको लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरे।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक चण्ड पाण्डेले जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको अवस्थामा विद्यार्थीलाई विद्यालय तहदेखि नै जिरो कार्बन अवधारणाका बारेमा जानकारी गराउनु निकै उपयोगी रहेको बताए । रासस
अर्को समाचार
तीन वर्ष भित्रै तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न वैज्ञानिककाे चेतावनी
०५ असार २०८२
•
५ मिनेट पाठ
तीन वर्ष भित्रै तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न वैज्ञानिककाे चेतावनी
विश्वका ६० वैज्ञानिकले कार्बनडाईअक्साइड उत्सर्जनको वर्तमान स्तर कायम रहेमा अगामी तीन वर्ष भित्रै विश्वले १.५ डिग्री सेल्सियसको तापक्रम वृद्धिको सीमा ताडिने चेतावनी दिएका छन्।




विश्वव्यापी तापमान वृद्धिका सबैभन्दा अद्यावधिक तथ्यांकको आधारमा यी ५ दर्जन जलवायु वैज्ञानिकले यो  चेतावनी दिएका हुन ।

सन् २०१५ मा पेरिसमा भएको ऐतिहासिक सम्झौतामा विश्वका करिब २०० देशले जलवायु परिवर्तनका खराब असरहरूबाट बच्न विश्वको तापमान वृद्धिलाई सन् १८०० को दशकको अन्त्यतिरको तापक्रमभन्दा १.५ डिग्री सेल्सियस भन्दा बढी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, विश्वका कैयन देशहरूले कोइला, तेल र ग्यासको कीर्तिमानी  खपत गरेका कारण तथा बन फडानीले गर्दा यो  अन्तर्राष्ट्रिय लक्ष्य खतरामा परेको छ ।

‘सबै कुरा गलत दिशामा गइरहेका छन् । पृथ्वीको तापक्रम र समुद्री सतहको वृद्धि पनि तीव्र भइरहेको देखिरहेका छौँ,’ युनिभर्सिटी अफ लीड्स अन्तर्गतको प्रिस्टले सेन्टर फर क्लाइमेट फ्युचर्सका निर्देशक तथा प्रमुख लेखक प्रोफेसर पियर्स फोस्र्टरले भने ।

पृथ्वीको तापमान वृद्धिका लागि जिम्मेवार मानिने यो कार्बनडाइअक्साईड ग्यासको उत्सर्जन न्यूनीकरण विश्वको लागि सबैभन्दा ठूलो चुनौती रहेको छ। सन् २०२० को सुरुमा, वैज्ञानिकहरूले तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्न मानव जातिले अब मात्र  ५०० अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन गर्न सक्ने आकलन गरेका थिए । तर नयाँ अध्ययनले सन् २०२५सम्ममा कार्बन उत्सर्जनको त्यो सीमा(कार्बन बजेट) १३० अर्ब टनमा खुम्चिएको छ। मुख्य रुपमा कार्बन  डाइअक्साईड र मिथेन लगायतका अन्य हरित गृह ग्यासको कीर्तिमानी उत्सर्जन  र वैज्ञानिक आकलनमा भएको सुधारका कारण नयाँ सीमा तोकिएको हो ।

विश्वव्यापी कार्बनडाइअक्साईडको उत्सर्जन हालको प्रति वर्ष ४० अर्ब टन रहेकै अवस्थामा  अबका ३ वर्षमा त्यो सीमा लगभग तोडिनेछ । यो अवस्थामा  पेरिस सम्झौताले तोकेको १.५ डिग्री सेन्टिग्रेडको सीमा तोड्नेछ ।  यद्यपि, वैज्ञानिकका अनुसार मानवजन्य क्रियाकलापका कारण मात्र भएको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस नाघ्न अझै केही वर्ष पछि लाग्न सक्छ।

सन् १८०० को दशकको अन्त्यतिरको तापक्रमको तुलनामा गत वर्ष (सन् २०२४)पहिलो पटक विश्वव्यापी औसत वायु तापक्रम १.५ डिग्री सेल्सियसले बढी थियो । 

तर, एकल १२ महिनाको अवधिमा तापक्रम बढेको आधारमा पेरिस सम्झौताको उल्लङ्घन भएको मानिँदैन । तर, सन् २०२४ को रेकर्ड तापक्रमले प्राकृतिक मौसमी ढाँचाले सङ्कट थप बढाएको वैज्ञानिक मान्यता छ ।

गत वर्षको तापमान वृद्धिका लागि मानवजन्य गतिविधि जिम्मेवार रहेको र यिनै गतिविधिले तापमानलाई १.३६ डिग्री सेल्सियसले बढाएको वैज्ञानिक आकलन छ ।

तापक्रम वृद्धिको वर्तमान दर प्रति दशक लगभग ०.२७ डिग्री सेल्सियस छ । यसअघिको भूगर्भीय रेकर्डको आधारमा यो अत्यन्त तीव्र दर हो ।  यदि यही हिसाबले उत्सर्जन उच्च रह्यो भने सन् २०३० तिरनै विश्वले १.५ डिग्री सेल्सियस तापक्रम वृद्धि बेहोर्न पर्नेछ । 

तापक्रम वृद्धिको यो बिन्दु  पार गरेको अवस्थामा  वायुमण्डलबाट ठूलो मात्रामा कार्बन डाइअक्साइड सोसेर सैद्धान्तिक रूपमा घटाउन सकिन्छ । तर यस्ता महत्त्वाकाङ्क्षी प्रविधिको प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने वैज्ञानिक मान्छन् ।

इम्पेरियल कलेज लन्डनका जलवायु विज्ञान र नीति विषयका प्राध्यापक जोएरी रोजेल वायुमण्डलबाट कार्बन डाइअक्साइड  पूर्ण रूपमा हटाउन सम्भावना नहुने बत्ताउँछन् । 

सन् १९७० र १९८० को दशकको तुलनामा विगत दशकको तापक्रम वृद्धिदर दोब्बर भन्दा बढी छ । सन् २००० को दशकको अन्त र २०१० को दशकको तुलनामा यो  २५ प्रतिशतले बढी  छ ।

‘यति छोटो अवधिमा यसरी तापक्रम बढ्नु धेरै चिन्ताजनक विषय हो’, बेलायतका मौसम विज्ञान कार्यालय(मेट अफिस)का सह प्राध्यापक म्याथ्यू पाल्मर र बेलायततकै ब्रिस्टल विश्वविद्यालयका एसोसिएट प्रोफेसरले भने । 

तापक्रमको यो वृद्धिदर मुख्यतया हरित गृह ग्यासको बढ्दो उत्सर्जनका कारण भएको हो भने एरोसोल भनिने स–साना कणहरूको वायुमण्डल  चिस्याउने भूमिकामा आएको कमीले पनि यसमा भूमिका खेलेको छ ।

वायुमण्डलमा सिर्जना हुने यो अतिरिक्त ऊर्जाले यात जमिनलाई तातो बनाउँछ, हावाको तापक्रम बढाउँछ अथवा बरफ पगाल्छ । अतिरिक्त तापको लगभग ९० प्रतिशत  महासागरहरूले सोस्ने गर्छन् । समुन्द्रले यो अतिरिक्त तापक्रमलाई सोस्दा समुद्री जीवनमा बाधा पुग्नुका साथै समुद्री सतह पनि बढ्छ । स्वभाविक रुपमा तातो समुन्द्रीक पानीले बढी ठाउँ ओगट्छ । यसबाहेक पग्लिरहेका हिमनदीले समुद्रमा थप पानी थपिरहेका छन् । सन् १९९० को दशकदेखि विश्वव्यापी समुद्री सतह वृद्धिको दर दोब्बर भएको छ, यसले विश्वभरका तटीय क्षेत्रहरूमा बस्ने लाखौँ मानिसहरूका लागि बाढीको जोखिम बढाएको छ ।

यो सबै तथ्यले निराशाजनक तस्बिर प्रस्तुत गरेता पनि स्वच्छ प्रविधिको प्रयोगले हाल विश्वमा उत्सर्जन वृद्धिको दर सुस्त भएको वैज्ञानिक स्वीकार गर्छन् । उनीहरु विश्वले ‘कडा र सशक्त’ उत्सर्जन कटौती पहल गर्न आवश्यक रहेको बत्ताउँछन् ।

पेरिस सम्झौताले १.५ डिग्री सेल्सियसको तापक्रममा भन्दा २ डिग्री सेल्सियसको तापक्रम वृद्धिले जलवायु परिवर्तनका असरहरू धेरै गम्भीर हुने उल्लेख गरेको छ । त्यसैले सम्झौतामा १.५ डिग्रीको तापमान वृद्धिलाई ‘सुरक्षित’ र सो भन्दा माथिको तापक्रम  वृद्धिलाई ‘खतरनाक ’ भनेर सरलीकरण गरिएको छ । वैज्ञानिकका अनुसार, वास्तवमा, तापक्रमको प्रत्येक अतिरिक्त अंशले धेरै चरम मौसम, बरफ पग्लने र समुद्री सतह वृद्धिको गम्भीरता बढाउँछ । 

‘आगामी दशकमा हुने उत्सर्जन कटौतीले तापक्रम वृद्धिको दरलाई गम्भीर रूपमा परिवर्तन गर्न सक्छ,’ प्राध्यापक रोजेलले भने।

‘तापक्रम वृद्धिको प्रत्येक अंशलाई हामी बचाउन सक्छौँ, त्यसो गर्न सकेमा विशेष गरी गरिब र कमजोर जनसंख्यालाई कम क्षति र कम पीडा हुनेछ । यसले हामीले चाहेको जीवन जिउन कम चुनौती सिर्जना गर्नेछ,’ उनले थपे। (बिबिसी)
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस