सदरमुकाम खलंगामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जुम्ला शाखाले १ करोड ४४ लाख ९ सय ७५ रुपैयाँ बराबरको चामल बिक्री गरेको छ ।
यही असोज १३ गतेदेखि दसैंलाई लक्षित गरेर सञ्चालन गरेको सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो । उक्त सञ्चालित सुपथ मूल्य पसलबाट एघार सय ४८.२५ क्विन्टल चामल बिक्री भएको कार्यालयका प्रमुख सन्तोष तिवारीले बताए।
प्रतिव्यक्ति ५० किलो (दुई बोरा) चामल दिइएको थियो। प्रति केजी ५ रुपैयाँ छुट र प्रति बोरामा १२५ रुपैयाँ छुट दिइएको लेखा अधिकृत लक्ष्मण शर्माले बताए। उनले भने, सुपथ मूल्य पसलका लागि पाँच हजार क्विन्टल चामल छुट्याइएको थियो। जसमा जुम्लाको तिला गाउँपालिकाको जुम्लाकोट डिपो, सिंजा गाउँपालिकाको धाँपा डिपो, तातोपानीको पाथरखोला बिक्री केन्द्र, पातारासीको लुम र हिमाको बाजागाड वितरण केन्द्र छन्।
जुम्लास्थित डिपीबाट चामल लिँदै सर्वसाधरण । तस्बिर गाेल्डेन बुढा जुम्ला / नागरिकअन्य डिपोमा स्थायी कर्मचारी नभएका कारण सदरमुकाम शाखाबाट चामल वितरण भएको उनले जनाए।लेखा अधिकृत शर्माका अनुसार, माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन हुनेछ, सुपथ मूल्य पसलमा स्ट्रिम जिरा मसिनो, अरुवा मोटा, र सोना मन सुली चामल बिक्री भइरहेको छ।
छुटपछि, स्ट्रिम जिरा मसिनो प्रति बोराको मूल्य २,२७५ रुपैयाँ, अरुवा मोटाको १,५५० रुपैयाँ, र सोना मन्सुलीको १,६२५ रुपैयाँ तोकिएको छ।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...