दसैँको बेला ‘कुमारी पूजन’ मिथिलाको विशेष परम्परा
२५ असोज २०८१
•
२ मिनेट पाठ
दसैँको बेला ‘कुमारी पूजन’ मिथिलाको विशेष परम्परा
मिथिलामा दसैँको बेला गरिने कुमारी पूजनलाई विशेष परम्परा मानिन्छ। जसरी दसैँको बेला दुर्गा पूजा गरिन्छ त्यसरी नै कुमारी पूजनलाई पनि महत्व दिने गरिएको संस्कृतिविद् काशीकान्त झा बताउँछन्।




डा.राजेन्द्र विमलका अनुसार दुई वर्षदेखि दश वर्षसम्मका कन्यालाई साक्षात् माताको स्वरूप मानिने भएकाले यो पूजा घर–घरमा हुने गरेको छ। ‘यस पूजनमा कन्याको खुट्टाको पूजन र भोजन गराइन्छ। मान्यताअनुसार होम, जप र दान दिएभन्दा धेरै कन्या पूजनले देवी प्रसन्न हुने धार्मिक ग्रन्थमा उल्लेख छ। त्यसैकारण दूर्गा पूजाको बेला कन्या पूजनको महत्व छ’, उनले भने।

कन्या पूजनका लागि चयन गरिएको कन्याको उमेर दुई देखि दश वर्षभन्दा बढी हुनु हुँदैन। कन्यालाई भोजनका लागि एकदिन अघि निमन्त्रणा दिने प्रचलन रहेको जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख बजरप्रसाद साहले बताए।

जनकपुरधाम उपमहानगरपालिका–१६ की खुश्बु मण्डलका अनुसार पूजनका दिन कन्यालाई खुट्टा धोएर, रोली अक्षताबाट पूजन गरी भोजन गराइन्छ र फेरी खुटटा ढोगी दान दिने परम्परा छ।

कन्या पूजन कतिपयले सप्तमी, अष्टमी नवमी मात्रै गर्छन्, तर मिथिलाका विभिन्न स्थानमा दसैँभरी हुने पण्डित रामचन्द्र झा बताउँछन्।

डा. विमलका अनुसार दूई वर्षकी कन्या कुमारीको पूजनले माता दुःख र दरिद्रता समाप्त हुन्छ भने तीन वर्षकी कन्यालाई त्रिमूर्तिको रूप मानिएकाले परिवारमा सुख समृद्धि आउने गर्छ। यसैगरी चार वर्षकी कन्यालाई कल्याणी मानिएको छ। उक्त पूजनले परिवारको कल्याण हुने मान्यता छ।

पाँच वर्षकी कन्यालाई रोहिणी भनिन्छ। यो उमेरको कन्यालाई पूजन गर्दा व्यक्ति रोगमुक्त हुने विश्वास गरिन्छ। छ वर्षकी कन्यालाई कालिकाको रूप मानिन्छ। यसले विद्या, विजय, राजयोगको प्राप्ति हुने विश्वास गरिएको उनले बताए।

सात वर्ष की कन्यालाई चण्डिकाको रूप मानिन्छ। यसको पूजा गर्दा ऐश्वर्यको प्राप्ति हुने विश्वास छ। आठ वर्षकी कन्यालाई शाम्भवी भनिन्छ। यसको पूजन गर्दा वाद विवादमा विजय प्राप्त हुने विश्वास छ भने कुनै प्रकारको कलहसमेत नहुने बताइन्छ। नौ वर्षकी कन्यालाई दुर्गा मानिन्छ। यसको पूजन गर्दा शत्रुको नाश हुने विश्वास गरिन्छ। दस वर्षकी कन्यालाई सुभद्रा भनिन्छ। यसको पूजनले भक्तको सबै कामना पूरा हुने मान्यता छ।

अहिले बच्चा जन्माउनेको सङ्ख्यामा कमी आएपछि कन्याको अभाव हुन थालेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रिङ्कु साहले बताइन्।

जनकपुरधाम उपमहानगरपालिका–३ का वडा अध्यक्ष दिपेन्द्र साहले कन्याको अभावमा एउटै कन्यालाई धेरै ठाउँमा पूजन गर्नु परेको बताए।

पहिला एउटै टोलमा धेरै कन्या भेटिने गरेकामा अहिले अन्य टोलबाट खोजेर पूजनका लागि ल्याउने गरिएको स्थानीय विनिता कामतले बताइन्। रासस
अर्को समाचार
एनपीएलमा जनकपुरको पहिलो हार, सुदूरसँग ७२ रनले पराजित
२६ मंसिर २०८१
•
१ मिनेट पाठ
एनपीएलमा जनकपुरको पहिलो हार, सुदूरसँग ७२ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुरले पहिलो हार बेहोरेको छ। सुदूरपश्चिम रोयल्सविरूद्ध जनकपुर बोल्ट्सले लज्जास्पद हार बेहोरेको हो। जनकपुर १२ ओभरमा जम्मा ५१ रनमै अलआउट भयो। 




यो सँगै जनकपुर सुदुरसँग ७२ रनले पराजित भएको हो।  

टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो। १२४ रनको लक्ष्य पछ्याएको जनकपुरले १२ ओभरमै सवै विकेट गुमाएपछि ७२ रनमै रोकियो। 

सुदुरका लागि हर्मित सिंह, इसान पाण्डे र दिपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए, स्कट कुगेलेइन,  सैफ जेव, र नरेन साउदले एक एक विकेटले लिए।

जनकपुरले अघिल्ला चार खेलमा निकालेको थियो।जितसँगै सुदूरपश्चिम नेट रनरेटका आधारमा जनकपुरलाई उछिन्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस