ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल
२४ असोज २०८१
•
३ मिनेट पाठ
ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल
ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ। जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ। तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो।




फक्ताङ्लुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार दसैँतिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा तालको भ्रमण गर्नेको सङ्ख्या बढ्ने छ। उनी भन्छन्, ‘तमोर करिडोर सडक आलोङचुङ्गोला हँुदै टिप्ताला नाका जोडिएको छ। अब भने सहज रुपमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ।’

सिङ्जेमा ताल फक्ताङ्लुङ–७, ओलाङचुङ्गोला क्षेत्रमा पर्दछ। यो ताल ओलाङचुङ्गोलाको बस्तीबाट एक दिनको पैदल दूरीमा अवस्थित छ, समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल र गहिराइको मापन भने अझै हुन सकेको छैन।

प्राकृतिक रुपमा मनोरम भए पनि, यस ताललाई स्थानीयले धार्मिक महत्वको रुपमा पनि लिने गरेका छन्। तालमा भाकलगरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासले स्थानीयलाई तालप्रति धार्मिक आस्थाले आकर्षित गरेको छ। सिङ्जेमा तालसँग जोडिएका पुराना किंवदन्तीहरु पनि छन्, जसले यस तालको धार्मिक र सांस्कृतिक महत्वलाई झल्काउँछन्। स्थानीयवासीका अनुसार तालको किनारमा बसिरहेका बेला एकजना भोटेले तालबाट निस्केको चौँरीको गोबर घरमा लगेपछि उहाँ सम्पन्न भएको थियो।

यस्तै भेडीगोठ बस्दा तालबाट निस्केको भेडाले बगालको सबै भेडालाई तालमा पसेर हरायो भन्ने किंवदन्ती पनि सुनिन्छ। यसले तालको धार्मिक महत्वलाई थप बलियो बनाएको छ। तालको परम्परागत धार्मिक आस्थाअनुसार, यहाँ पूजा गर्न आउने व्यक्तिले भाकलस्वरुप गरगहना, घडी, औँठी, चुरालगायत वस्तु चढाउने गर्छन्। तर, ती भेटी गहनाको उचित व्यवस्थापन नहुनुले यो धार्मिक परम्परालाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता पनि देखिन्छ। सिङ्जेमा तालमा जाँदा स्थानीय परम्पराअनुसार चोखो मुखमा जाने र आफूसँग भएको वस्तु चढाउने चलन छ।

तालमा पुग्न जिल्ला सदरमुकाम फुङ्लिङदेखि तमोर करिडोरको कच्ची सडकमार्ग हुँदै गाडीमा ओलाङचुङ्गोलासम्म पुग्न सकिन्छ। ओलाङचुङ्गोला पुगेर भोलिपल्ट जदाक, देउमा हुँदै तालभन्दा दुई (तीन घण्टा मुनिको छेर भन्ने ठाउँको चौँरीगोठमा बास बस्न पुग्नुपर्छ। तालक्षेत्र जाने बाटोमा होटल, चियापसलजस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन्। यसैले यात्राको तयारी आफैँले गर्नुपर्ने हुन्छ। ताल क्षेत्रको कठिन यात्रा भए पनि यो क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिपूर्ण छ।

वैशाखदेखि असोजसम्मको समय सिङ्जेमा ताल भ्रमणका लागि उपयुक्त मानिन्छ। यस अवधिमा गोठ बस्ने भएकाले बास बस्न सजिलो हुन्छ। अन्य समयमा भने गोठ नबस्ने र चिसो मौसममा हिउँ पर्ने भएकाले यात्रा कठिन हुन्छ। तर तालको धार्मिक दर्शन गर्ने परम्परा भने निकै पुरानो हो, यद्यपि विगतमा यो परम्परा ओलाङचुङ्गोला आसपासका बासिन्दामा सीमित थियो। पछिल्लो समय, युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताले तालको प्रचार गरेपछि तालको आकर्षण बढेको छ। सिङ्जेमा तालमा चलचित्र छायाङ्कन र वृत्तचित्र बनाउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ। तथापि, यस क्षेत्रमा चलचित्र, वृत्तचित्र खिच्न र ड्रोन क्यामरा प्रयोग गर्न कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को स्वीकृति आवश्यक रहेको छ।

तालको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को हो। तालको महत्व र यसको संरक्षणको आवश्यकताले गर्दा, यस क्षेत्रमा पर्यटन व्यवस्थापन र विकासका लागि थप प्रयास आवश्यक छ। यसले स्थानीय अर्थतन्त्रमा टेवा पु¥याउनेछ भने धार्मिक र प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षणमा योगदान पुर्‍याउने छ। रासस
अर्को समाचार
ताप्लेजुङमा कुल जनसंख्याको ४२ प्रतिशत बढी लिम्बू समुदाय
०६ जेष्ठ २०८२
•
३ मिनेट पाठ
ताप्लेजुङमा कुल जनसंख्याको ४२ प्रतिशत बढी लिम्बू समुदाय
ताप्लेजुङको जनसंख्यामध्ये सबैभन्दा बढी याक्थुङ अर्थात् लिम्बू समुदाय देखिएका छन्। तथ्याङ्क कार्यालय इलामले मंगलबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको तथ्याङ्कीय साक्षरता तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रममा २०७८ सालको जनगणनाका आधारमा देखिएको ताप्लेजुङ जिल्लाको जातजाति सम्बन्धी विवरणमा उक्त तथ्याङ्क बाहिर आएको हो।




तथ्याङ्क कार्यालय इलामका तथ्याङ्क अधिकृत किरणकुमार राईका अनुसार ताप्लेजुङको कुल जनसंख्यामध्ये लिम्बू समुदायको ४२.६० प्रतिशत रहेको छ। लिम्बू समुदायपछि दोस्रोमा शेर्पा समुदायको ११.९८ प्रतिशत, क्षेत्री समुदायको ११.६७ प्रतिशत र पहाडी ब्राह्मण समुदायको ५.७० प्रतिशत जनसंख्या रहेको राईले प्रस्तुत गरेको विवरणमा उल्लेख छ। राई समुदायको ५.०६ प्रतिशत, गुरुङ समुदायको ४.७३ प्रतिशत, तामाङ समुदायको ४.६६ प्रतिशत र विश्वकर्मा समुदायको ४.५५ प्रतिशत जनसंख्या रहेको विवरण राईले प्रस्तुत गरेका छन्।

यस्तै परियार समुदायको १.४५ प्रतिशत, नेवार समुदायको १.३९ प्रतिशत, मगर समुदायको १.१० प्रतिशत, सुनुवार समुदायको १.०५ प्रतिशत र अन्य समुदायको ४.०६ प्रतिशत जनसंख्या रहेको विवरण तथ्याङ्क कार्यालय इलामले प्रस्तुत गरेको छ।

२०७८ सालको जनगणनाअनुसार ताप्लेजुङको कुल जनसंख्या १ लाख २० हजार ५ सय ९० रहेको छ। २०६८ सालको जनगणनाअनुसार ताप्लेजुङको जनसंख्या १ लाख २७ हजार ४ सय ६१ रहेको थियो। पालिका स्तरको परिवार संख्याका आधारमा २०६८ भन्दा २०७८ मा यहाँका ९ स्थानीय तहमध्ये ६ स्थानीय तहमा बढेको देखिएको छ भने ३ स्थानीय तहको घटेको देखिएको छ।

१० वर्षको अवधिमा परिवार संख्या बढ्ने पालिकाहरूमा फुङलिङ नगरपालिकासहित मैवाखोला, मेरिङदेन, फक्ताङलुङ, सिदिङ्वा र सिरिजङ्गा रहेको देखिएको छ भने आठराई त्रिबेणी, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकामा परिवार संख्या घटेको देखिएको छ। तथ्याङ्क कार्यालय इलामका अनुसार २०६८ सालमा फुङलिङ नगरपालिकामा ५ हजार ९ सय ८६ परिवार रहेकोमा २०७८ सालको जनगणनाअनुसार ६ हजार ८ सय ९८ परिवार पुगेका छन्।

मैवाखोला गाउँपालिकामा २ हजार १ सय ९४ परिवारबाट बढेर परिवार संख्या २ हजार २ सय ४९ पुगेका छन्। मेरिङदेन गाउँपालिकामा २ हजार ५ सय ७८ परिवारबाट बढेर २ हजार ६ सय ६२ परिवार कायम भएको तथ्याङ्क कार्यालयले जनाएको छ। फक्ताङलुङ गाउँपालिकामा २ हजार ५ सय २५ परिवारबाट बढेर २ हजार ८ सय ३२ परिवार पुगेका छन्।

सिदिङ्वा गाउँपालिकामा २ हजार ३ सय ७० बाट बढेर २ हजार ४ सय ७६ परिवार हुँदा सिरिजङ्गा गाउँपालिकामा ३ हजार २ सय २७ परिवारबाट बढेर ३ हजार २ सय ५५ परिवार कायम भएका छन्। आठराई त्रिबेणी गाउँपालिकामा २०६८ सालको जनगणना अनुसार २ हजार ८ सय ८८ परिवार रहेकोमा पछिल्लो १० वर्षमा घटेर २ हजार ८ सय ५४ परिवारमा सीमित भएको देखिएको छ।

यस्तै मिक्वाखोला गाउँपालिकामा १ हजार ८ सय ६९ बाट घटेर १ हजार ८ सय ४५ परिवार देखिएका छन्। पाथीभरा याङवरक गाउँपालिकामा २ हजार ८ सय ३४ परिवारबाट घटेर २ हजार ७ सय ५ परिवार कायम भएको तथ्याङ्क कार्यालयले जनाएको छ। तथ्याङ्क कार्यालय इलामका प्रमुख प्रकाश नेपालका अनुसार नेपाल जीवनस्तर सर्वेक्षण चौथो (आव २०७९।८०) अनुसार वार्षिक ७२ हजार ९ सय ८ रुपैयाँभन्दा कम आम्दानी गर्ने व्यक्ति गरिबीको रेखामुनि हुने छन्।

खाद्य उत्पादनतर्फ वार्षिक ३५ हजार २९ रुपैयाँ तथा गैर खाद्य उत्पादनतर्फ वार्षिक ३७ हजार ८ सय ७९ रुपैयाँभन्दा कम आम्दानी हुने परिवारलाई गरिबीको रेखामुनि रहेको मानिने छ। कार्यक्रममा उठेका जिज्ञासाको तथ्याङ्क कार्यालय इलामका प्रमुख नेपालले जवाफ दिएका थिए।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पहाडी र हिमाली क्षेत्रको जनसंख्या बर्सेनि ऋणात्मक हुँदै जानु चिन्ताको विषय भएको बताए। जनसंख्याको असन्तुलित वितरण रोक्न सम्बन्धित सबै पक्षले उचित उपायको खोजी गर्नुपर्ने उनको जोड थियो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस