परपुरुषसँग लागेको भन्दै डिभोर्स भइसकेकी श्रीमतीको बीभत्स हत्या !
२३ असोज २०८१
•
२ मिनेट पाठ
परपुरुषसँग लागेको भन्दै डिभोर्स भइसकेकी श्रीमतीको बीभत्स हत्या !
दुई वर्षअघि ‘डिभोर्स’(सम्बन्ध विच्छेद) भइसकेकी पूर्व श्रीमती परपुरुषसँग लागेको भन्दै बीभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घटना उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेको हो । पक्राउ पर्ने व्यक्ति ताप्ली गाउँपालिका–४ ठाना गाउँ स्थायी घर भई अहिले जलजले बस्दै आएका ३९ वर्षीय जंगबहादुर तामाङ हुन्। 




तामाङले मंगलबार साँझ करिब साढे ६ बजे २९ वर्षीय पूर्व श्रीमती उर्मिला लामाको हत्या गरेको प्रहरीले जनाएको छ । धारिलो हतियार उर्मिलाको गर्धन छिनालेर टाउको बोक्दै हिँडेको अवस्थामा भेटिएपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सोही अवस्थामा उनलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जंगबहादुर र उर्मिलाको दुई वर्षअघि डिभोर्स भइसकेको खुलेको छ । उनीहरूले २०७१ मा बिहे गरेको र ०७९ मा डिभोर्स भएको पाइएको जिल्ला प्रहरीका  प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) राजन चापागाईँले जानकारी दिए ।

उनीहरूका ६ वर्ष र ९ वर्षका दुई छोरा पनि रहेको खुलेको छ । छोराहरू दुबै जना आमासँगै बस्दै आएका थिए । छोराहरूको पढाई खर्च भने आफै व्यहोर्ने गरेको जंगबहादुरले प्रहरीसमक्ष दाबी गरेका छन् । 

प्रहरीसँगको प्रारम्भिक सोधपुछमा जंगबहादुरले पूर्व श्रीमतीले आफ्नो कमाईको दुरुपयोग गरेको र परपुरुषसँग मोज मस्ती गरेको भन्दै आवेगमा हत्या गरेको बयान दिएको प्रहरी स्रोतले बतायो । 

यता डिभोर्सपछि उर्मिला जलजलेमै एउटा कोठा भाडामा लिएर चिया पसल चलाउँथिन् । जंगबहादुर भने भारततिर मजदुरी गर्दै आएका थिए । 

असोज १३ गते जंगबहादुर भारतबाट फर्केर आएको खुलेको छ । फर्केर आएपछि उनी पनि डिभोर्स भइसकेकी पूर्व श्रीमती उर्मिलासँगै बस्न थालेको पाइएको छ । 

‘बारम्बार झैझगडा हुने गरेपछि ०७९ मै डिभोर्स भएको देखिन्छ । तर डिभोर्सपछि पनि उनी यस पटक आएर पूर्व श्रीमतीसँगै बस्न थालेको पाइएको छ,’ डिएसपी चापागाईँले भने,‘त्यही पुरानो रिसिइबी र परपुरुषसँगको सम्बन्धको शंकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’ अहिलेसम्म सामान्य बयान मात्र भएकाले थप कुरा अनुसन्धानपछि खुल्दै जाने उनले बताए । 

थप अनुसन्धान गर्न बुधवार जिल्ला अदालतबाट म्याद लिने प्रहरीको तयारी छ । 
अर्को समाचार
चार दिनदेखि हराइरहेकी युवतीको शव पुरिएको अवस्थामा फेला
१९ मंसिर २०८१
•
१ मिनेट पाठ
चार दिनदेखि हराइरहेकी युवतीको शव पुरिएको अवस्थामा फेला
चार दिनदेखि सम्पर्कविहीन भएकी गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाककी एक युवतीको मंगलबार शव फेला परेको छ।




यही मङ्सिर १५ गते शनिबार घाँस काट्न भनेर जङ्गल गएकी १८ वर्षीया सुचिना घलेको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

जङ्गलबाट सुचिना घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराएको थियो । प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीले खोजतलासका क्रममा स्थानीय मैखर्कको जङ्गलमा खाल्डोमा पुरिएको अवस्थामा सुचिनाको शव फेला पारेको प्रनाउ सुवेदीले बताए।

युवतीको हत्या भएको अनुमान गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासँग समन्वय गरी कुकुरसहितको विशेषज्ञ टोली अनुसन्धानका लागि घटनास्थलमा मंगलबार नै पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव पाठकले जानकारी दिए।

घटनास्थलमा जिप्रका गोरखाबाट डीएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। घटनास्थल नजिकै डोको, रगत र कपालसमेत भेटिएको प्रहरीको भनाइ छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस