मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी
२३ असोज २०८१
•
३ मिनेट पाठ
मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी
उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे।




‘मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो’, उनले भने, ‘थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो।’ उनी जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकका लागि भुरुङ्ग तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’ बनेको छ।

तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुन्छ भनिन्छ। मुस्ताङको चिसो हावापानीबाट आएकाहरु तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन्।

पर्यटकीय यामको सुरुवातसँगै कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ।

चिसो बढ्न थालेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको पनि सङ्ख्यामा वृद्धी भएको कुण्डका सञ्चालक लट्टे गिरिले बताए। ‘बर्खा रोकिएपछि  मुस्ताङ जाने आउने पर्यटकको चहलपहलसँगै तातोपानी नुहाउने पनि बढेका छन्’, उहाँले भन्नुभयो ‘याममा दैनिक दुईदेखि तीन सय जनासम्मले स्नान गर्छन्।’

बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धाराहरु बनाइएको छ। धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ। बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म स्नान गर्न सकिन्छ। कुण्डमा स्नानका लागि स्वदेशीलाई रु ५० र विदेशीलाई रु एक सय ५० शूल्क तोकिएको छ।

कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ रु ५६ लाख २५ हजार तीन सय ७७ मा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा रु ५५ लाख नौ सयमा ठेक्का लगाएको थियो।

भुरुङ्ग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारी अन्नपूर्ण गाउँपालिका–५ को भूगोलमा पनि अर्को तातोपानी कुण्ड पनि छ। सो तातोपानी कुण्ड सञ्चालनका लागि गाउँपालिकाले यस वर्ष रु २८ लाख ७६ हजार पाँच सय पाँचमा कालीगण्डकी रुफटप प्रालिसँग ठेक्का सम्झौता गरेको छ। भुरुङ्ग–तातोपानीदेखि पाउद्धार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश सरकारमार्फत हालै झोलुङ्गे पुल निर्माण भएको छ।

उनीहरुले सम्झौता गरेको रकम जम्मा गरेकाले १० प्रतिशत छुट पाएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए।

कुण्डबाट हुने आम्दानी गाउँपालिकाले तय गर्ने योजना तथा कार्यक्रमका साथै तातोपानी स्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको छ।

कुण्डबाट हुने आम्दानीबाट कक्षा ११ र १२ सञ्चालन गरिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताए। हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ। कुण्डको सहयोगमा तातोपानी स्वास्थ्य चौकीमा एक जना प्राबिधिकको तलब व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन भएको छ।

कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिदै आएको छ। पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा करिब २० वटा सुविधा सम्पन्न होटल सञ्चालनमा छन्। होटलमा एक दिनमा पाँच सयभन्दा बढी बास बस्न सक्ने क्षमता छ।

यसअघि कुण्डको कुनातर्फबाट खोलिएको बेनी–जोमसोम–कोरला सडक विस्तार गरेर ११ मिटर फराकिलो बनाउँदा कुण्डको मुहान र पोखरी पुरिने भएकाले नक्साङ्कन परिवर्तन गर्न स्थानीयबासी, जनप्रतिनिधि र सरोकारवालाहरुले माग गरेका थिए। तातोपानीको मुहान र पोखरीलाई असर नपर्ने तथा कालीगण्डकी नदीको कटान पनि नियन्त्रण हुने गरी कुण्डभन्दा तलपट्टीबाट सडकको नयाँ नक्साङ्कन गरिएको छ। रासस
अर्को समाचार
तिब्बती बाढी: भोटेकोसी–सुनकोसी किनार बासीको डर, छैन सरकारको भर
०२ साउन २०८२
•
५ मिनेट पाठ
तिब्बती बाढी: भोटेकोसी–सुनकोसी किनार बासीको डर, छैन सरकारको भर
भोटेकोसी गाउँपालिका–३ लार्चाका दीपक तामाङको परिवार त्यहाँ ८/९ पुस्तादेखि बस्दै आएको छ। उनको घर पहाडको भित्तामा अडिएको छ। तलतिर भोटेकोसी सुसाउँछ । घर छेउमै रहेको भैरव कुण्ड खहरे हरेक बर्खा याममा जोडतोडले उर्लन्छ। 




पहिरो, भोटेकोसी र भैरव कुण्डको घेराबन्दीले सिर्जित जोखिममा छ तामाङको घर। उनलाई आफ्नो घर जोखिममा छ भन्ने थाहा पनि छ, तर छोड्न सकेका छैनन्। 

‘घर जोखिममा छ भन्ने थाहा छ। मौसम खराब हुँदा डर पनि लाग्छ,’ तामाङ भन्छन्,‘तर, कहाँ जानु ! ओत लाग्ने एक यही त छ।’ उनको घर मात्र होइन, लार्चामा उनीजस्तै ७२ घर परिवार यसै गरी जोखिममा बसिरहेका छन्। ‘अहिले एक ठाउँमा खान्छौँ, दिनभर काम गर्छौँ, अनि सुत्न अर्कोतिर जान्छौँ,’ उनले भने। 

पछिल्लो समय बर्खामा राति ओत लाग्न सुरक्षित ठाउँमा टेन्ट गाडिएका छन्। त्यहाँ गएर सबै सुत्छन्। नजिकैको लार्चा बजारका सबैजसो बासिन्दा पनि उसै गरी टेन्टमा रात बिताउन आउँछन्। २०७७ सालमा आएको बाढीले पूरै लार्चा बस्तीमा क्षति पुर्‍याएको थियो। ‘त्यसयता हामी त्यसै गरी बसिरहेका छौँ,’ तामाङले सुनाए। 

उसो त ०७७ सालको बाढीपछि सबै ७२ घर स्थानान्तरणको कुरा उठेको थियो। ‘७२ घरको कागज बनाएर हामीले जिल्लामा लगेका थियौँ,’ तामाङले भने, ‘उहाँहरूले हामी फोन गर्छौँ भन्नुभएको थियो। तर अहिलेसम्म फोन आएको छैन।’  

त्यसयता लार्चाबासीले आफै थातथलो छाडेर बसाइ सर्न सकेका छैनन्। ‘छाडेर जाने पनि कहाँ? केही मेसो नै जुर्दैन। गए पनि घर मात्र बनाएरै बसे खाने के, लाउने के?’ तामाङले गुनासो पोखे। उनका अनुसार केही लार्चाबासी नजिकै गुम्बा डाँडा भन्ने ठाउँमा सरेका छन्। ‘त्यहाँ जग्गा किन्न आनाकै दुई लाख पर्छ रे ! घडेरी किन्नै ८/९ लाख लाग्ने। त्यत्रो पैसा कहाँबाट ल्याउने?,’ उनले प्रश्न गरे। 

उसो त लार्चाबासीले सरकारसमक्ष थप माग र गुनासो नराखेका पनि होइनन्। बरु भन्दाभन्दा थाकेका हुन्। तामाङ भन्छन्, ‘कति भन्नु हजुर । एक दुई पटक पो भन्नु। वडा, पालिका र जिल्ला धाउँदाधाउँदै वाक्क भइसक्यौँ।’ 

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जब ‘बाढी सूचना’ दिन्छ, बाह्रबिसे बजार बासी दुर्गाप्रसाद भण्डारीलाई चिन्ता सुरु हुन्छ। भोटेकोसी किनारको बाह्रबिसे बजारमा भण्डारी वर्षौँदेखि बस्दै आएका छन्। 

भण्डारीले बजार नजिकैको जुरे पहिरो र भूकम्पको कहरबाट विपद्को पाठ सिकेका छन्। जसले भोटेकोसीको सम्भावित बाढीको जोखिमको स्तर स्मरण पनि गराएका छन्। ‘अब भोटेकोसीमा बाढी आएर बस्ती नै लान्छ की भन्ने डर लागिरहन्छ,’ भण्डारी भन्छन्। 

भण्डारीको भय मेट्ने कुनै अर्को उपाय पनि छैन। ‘बस्ती नै जोखिममा छ भन्ने थाहा छ। अब जाने पनि कहाँ र ?,’ उनी भन्छन्, ‘घर छोड्ने भन्ने कुरा हुँदैन। अन्त गएर बस्ने ठाउँ छैन।’  

उसो त नगरपालिकाले विपद्का बारेमा जानकारी दिन भाइबर ग्रुप बनाएको छ। प्रशासनले बाढी सूचना निकाल्छ। सूचना आए लगत्तै भाइबरमा सूचना प्रवाह भइहाल्छ। तर, त्यो सूचना पाएपछि कहाँ जाने भन्ने द्विविधा स्थानीय बासीमा उत्पन्न हुन्छ। अत्यधिक जोखिमयुक्त घर भएकाहरू झरी परिरहेकै भए पनि ओतबिनै खुला र सुरक्षित स्थानतर्फ निस्किने गर्छन्। 

भण्डारीलाई जोखिमका बस्ती सरकारले स्थानान्तरण गरिदिए हुन्थ्यो भन्ने लाग्छ। ‘तर फेरी थोरै छैन बस्तीहरू धेरै छन्। सरकारले पनि लगेर पनि कहाँ–कहाँसम्म राखोस्। राखेकै ठाउँमा पनि बस्न सकिन्छ÷सकिन्न,’ उनी आफ्नो मनको अन्तर्द्वन्द्व बिसाउँछन्। 

उता सुनकोसी किनारको पर्यटकीय बजार सुकुटेमा होटेल व्यवसाय गर्ने अञ्जन खड्काको मनोदशा पनि तामाङ र भण्डारीको भन्दा कम छैन। उनले सुकुटेमा व्यवसाय गर्न थालेको १० वर्ष भयो। त्यही व्यवसायले उनको घरपरिवार धानेको छ। 

‘यही सुनकोसी नदी हेर्न पर्यटक आउँछन्। तीनै पर्यटकले व्यवसाय धानेको छ। घरै धानेको व्यवसाय पनि कसरी छाड्ने ?,’ खड्का सुनाउँछन्, ‘बरु सरकारले बाढी नियन्त्रणका उपाय गरिदिए सुरक्षित भइन्थ्यो। नभए घर धानेको नदीले जीवन लैजान्छ कि भन्ने चिन्ता लाग्छ।’

बर्खामा जीवन जोगाउन चनाखो त छन् नै उनी । ‘प्रशासनले सूचना जारी गरिहाले सपरिवारै निस्किन्छौँ। माथितिर खोला बढे तातोपानी, बाह्रबिसे, खाडिचौरका बासिन्दाले जानकारी पनि दिन्छन् । अनि त्यही अनुसार तयारी गर्छौँ’, खड्का भन्छन्। तर भौतिक सम्पत्तिको सुरक्षा भने यत्तिले मात्र सम्भव नहुने उनी बताउँछन्। 

यो विषयमा तीन तहकै सरकारले काम गरिदिनुपर्ने उनको आग्रह छ। ‘हामीले राज्यलाई कर तिरेर व्यवसाय गरेका छौँ। चार महिना बाढी आउँछ भन्दैमा अरू ८ महिना यसै बस्ने पनि हुँदैन,’ उनले भने, ‘त्यसैले सरकारले सुरक्षा दिनुपर्छ। बस्ती सुरक्षा योजना कार्यान्वयन गर्नुपर्छ। पूर्व सूचना दिने साइरन जडान गर्नुपर्छ।’ 

भोटेकोसी नदी चीनको तिब्बती क्षेत्रको न्यालम हुँदै नेपालतर्फ आउँछ। न्यालम क्षेत्रमा धेरै वर्षा हुँदा नेपालमा ठुलो बाढीको जोखिम हुन्छ। उता ठुलो वर्षा हुँदा चिनियाँ अधिकारीले नेपालतर्फ जानकारी गराउँदै आएका पनि छन्। सोही सूचनाका आधारमा सिन्धुपाल्चोक प्रशासनले भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गर्छ।

जोखिममा २२ बस्ती र ८५० परिवार 

भोटेकोसी र सुनकोसी नदी किनारमा २२ वटा बस्ती र ८५० परिवार जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जसमा तातोपानी, कोदारी, लार्चा, हिन्दी, खुकण्डोल, लिपिङ, चाकु, बाह्रबिसे बजार, जम्बु, खागदल, बसेरी, सखुवा, जुरे, कल्लेरी, सुनकोरी, सुनकोसी, पाग्रेटार, खाडिचौर कोठे, बलेफी र सुकुटे बस्ती बाढीको जोखिममा छन्। 

नेपाल–चीनबिच दिनहुँ समन्वय 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा विपद्को पूर्वानुमान र क्षति न्यूनीकरणका लागि दुई देशका अधिकारीबिचमा दिनहुँ समन्वय हुने गरेको बताउँछन्। 

‘अहिले हामीले तातोपानी नाकाका साथीहरूसँग नियमित सम्पर्क र छलफल गरिरहेका छौँ,’ उनले भने, ‘नाकापारि चिनियाँ अधिकारीसँग पनि मैले दैनिक रूपमा नै सम्पर्क गरिरहेको हुन्छु। उहाँहरूले त्यहाँको मौसमको जानकारी हामीलाई गराउनुहुन्छ। त्यसपछि हामी यताको तयारी गर्छौँ।’ नेपालको मौसम पूर्वानुमान महाशाखाले सीमापारिको मौसम हेर्न नमिल्ने भएकाले दैनिक चिनियाँ अधिकारीसँग समन्वय गरिरहेको उनले बताए। 

चिनियाँ भूमिमा वर्षा भइरहेको सूचना पाउँदा यता नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, सडक खाली गर्ने लगायतका काम हुने गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक(एसपी) रामेश्वर कार्कीले जिल्लाका प्रहरी इकाईहरूमा आवश्यक प्रतिकार्यका सामग्री राखिएको बताए।
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस