काठमाडाैंबाट भोजपुर तर्फ जाँदै गरेको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ।
सोमबार दिउँसो करिब ३ बजेको समयमा ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनामा ३७ जना घाइते भएका छन्। मृतक र घाइतेहरुको पहिचान खुलिसेकेको छैन।
प्रहरीका अनुसार बसमा ३९ जना सवार थिए। घाइते ३७ मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।आठ जनालाई उपचारका लागि धरानतर्फ रेफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ।
मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ द्वारखोला भन्ने स्थानको पुलको साइडमा ठोकिएर बस सडकमै पल्टिएको थियो।
प्रहरीका अनुसार २३ जना घाइतेहरुलाई जिल्ला अस्पताल सिन्धुलीमा ल्याइएकोमा ५ जनालाई रिफर गरिएको छ भने अन्य घाइतेहरु सिन्धुलीकै कपिलाकोट स्वास्थ्य चौकीमा उपचाररत छन्।
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। तीनपाटन गाउँपालिकाको वडा नं. ५ नक्कलेमा बोलेरो दुर्घटना हुँदा दुई जना पुरुष र १ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
बागमती प्रदेश ०१०२ च ०४५ नम्बरको बोलेरो दुर्घटनामा परि मृत्यु हुनेमा तीनपाटन गाउँपालिका वडा नं. ९ आम्बोटेका ४५ वर्षीय तुलसीराम पहाडी, सोही स्थानका ५१ वर्षीय रामजीप्रसाद भण्डारी र कनपा ७ बस्ने अन्जादी ३० वर्षीया रुपा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले बताए।
गाडीमा सवार अन्य ७ जना यात्रु घाइते भएका छन्। घाइतेको स्थानीय बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...