झ्याप्ले पहिरोका प्रत्यक्षदर्शीः चितवन र गोरखाबाट गएका गाडी मेरै अगाडि पुरिए
१३ असोज २०८१
•
४ मिनेट पाठ
झ्याप्ले पहिरोका प्रत्यक्षदर्शीः चितवन र गोरखाबाट गएका गाडी मेरै अगाडि पुरिए
पृथ्वी राजमार्गको झ्याप्लेमा पहिरोमा परेको स्वीफ्ट होलिडेको बस। यो भन्दा अगाडीका दुइवटा सवारी पहिरोमा पुगिएका थिए। तस्बिरः नागरिक
गत शुक्रबार नियमित झै कृष्ण सिलवाल ४५, स्वीफ्ट होलिडेज ट्राभल कम्पनिको बा १ प १३८८ नम्बरको बस लिएर पोखराबाट काठमाडौंका लागि छुटे। २५ सिट क्षमताको उक्त बसमा पोखराबाट ११ जना विदेशी र ९ जना स्वदेशी गरि २० जना यात्रु सवार थिए।




बिहान ८ बजे पोखराबाट हिडेका सिलवाल पृथ्वी राजमार्गको गल्छी पुग्दा दिउँसो ३ बजेको थियो। खासमा त्यो समयमा उनी काठमाडौं पुगिसक्नुपर्ने हो। तर, भीषण वर्षासँगै ठाउँठाउँमा रोकिनुपर्दा यात्रा केही ढिला भएको थियो। राजमार्गकै गल्छीमा पहिरोका कारण उनी थप लामो समय रोकिए। दिउँसो ३ बजे रोकिएको गल्छीको अवरोध खुलेर पहिरो पार गरिसक्दा रातको ९ बजेको थियो। भीषण वर्षाका बाबजुत पनि गाडी र यात्रुलाई सुरक्षित तरिकाले गन्तव्यमा पुर्याउने गरि उनी अघि बढिरहेका थिए।  

गल्छीको पहिरो खुलेर अघि बढिरहेका सिलवाल धादिङको झ्याप्लेखोला पुग्दा राती साढे १० बजेको थियो। झ्याप्लेखोलामा पुग्दा भने आफुभन्दा अघिल्तिरको पहिरोले बाटो अवरोध गरिसकेको थियो। पहिरोले सडक अवरोध गरेपछि गाडि रोकिन थालेका थिए। उनले आफु भन्दा अगाडि चितवनबाट गएको विङगर र गोरखाबाट गएको बस पनि देखेका थिए। पहिरो झरेपछि विङगर र बस पनि त्यही रोकिएका थिए।

‘भीषण वर्षा भयो। पहिरोले बाटो रोकिएपछि हामी पनि रोकियौ। म भन्दा अगाडि चितवनको विङगर र गोरखाबाट गएका बस रोकिइसकेका थिए,’ सिलवालले भने, ‘बाटो अवरुद्ध भएपछि एकैसाइडमा अरु गाडी पनि थपिँदै थिए। मेरै साइडमा बुटवलबाट गएको अर्काे बस पनि थपियो। अनि हामी बाटो खुल्ने पर्खाइमा बसेका थियौं।’ 
आफुहरु रोकिएको ठाउँ आसपासमा केही घर र धेरै गाडी एकैठाउँ थुप्रिएपछि के नै पो होला भन्ने उनले सोचेका थिए। अनि बाटो खुल्ने पर्खाइमा बसिरहेका थिए।  

बाहिर भीषण वर्षा, त्यसैमाथि यात्रुको पिरलो, पहिरोको पनि उत्तिकै डर त्यहाँ रोकिने जति सबैलाई थियो। उनका अनुसार राती चार बजेतिर सानो पहिरो त्यही ठाउँमा खसेको थियो। ‘बिहान साढे ४ बजेको हुँदो हो। त्यो बेला सानो पहिरो पनि खस्यो। तर, त्यसले खासै केही असर गरेको थिएन। त्यहाँबाट पछि हट्ने अवस्था पनि थिएन । किनकी गाडीको लाम लागिसकेको थियो,’ उनले भने, ‘अगाडि बढ्ने र पछि हट्ने ठाउँ पनि थिएन। रोकिनुको विकल्प थिएन।’ 

सुरुमा झरेको सानो पहिरोले खासै असर नगरेपछि भने अब केही हुँदैन होला भनेर उनी ढुक्कले बसेका थिए। ‘पहिलो पहिरो झरेपछि म मेरो सिट छाडेर पडाछिको गएर बसे। पछाडि सिटमा बसेको त्यहीबेला झपक्क निदाएछु,’ घटना सम्झँदै उनले भने, ‘एकाएक माथिबाट बढेमानको पहिरो रुख ढलाउँदै आफैमाथि बजारिएछ। मैले त केही सोच्न पनि पाइन। होस हवासै उढ्यो। कहाँ के भयो भन्ने नै चेत पाइन। म होसमा आउँदा त अघिल्तिरका दुइवटा गाडी पहिरोमा पुरिइसकेका थिए।’

बसका सहयोगी मनोज मगर भने त्यो बेला पनि भित्रबाहिर गरिरहेका रहेछन। एकाएक पहिरो झरेर गाडिभित्र लेदो पसिसकेको र मुल ढोका पनि बन्द भएपछि सहयोगी मनोजले मर्जेन्सी ढोका खोलेर यात्रुलाई बाहिर निकालेको उनले बताए। ‘इमर्जेन्सी ढोका खोलेर सहयोगी भाइले यात्रुलाई बाहिर निकालेछन,’ उनले भने, ‘बसका सबै यात्रु बाहिर आइसकेपछि पनि मलाई नदेखेपछि भित्र खोज्दै जाने क्रममा मलाई माटोले लपेटेको अवस्थामा फेला पारेर बाहिर निकालेका हुन।’  

‘बाटो खुल्ने भनेर पर्खिरहेको बेला एकाएक माथिबाट पहिरो झर्यो। म भन्दा अगाडि रोकिएका गोरखा र चिवतनबाट गएका सवारी त्यही पहिरोमा पुरिएका रहेछन। म भने जसोतसो जोगिएछु,’ उनले भने, ‘म त अचेत जस्तै बनेको रहेछु। धन्न मैले बेलैमा उद्धार पाएकोले ज्यान जोगियो।’ 
आफैसँगै अघिपछि गर्दै गुडेका चितवन र गोरखाबाट गएका बस पहिरोमा पुरिएर मानवीय क्षति हुँदा आफ्नो होस हवासै उडेको उनले बताए। ‘मेरै अगाडीका दुइवटा सवारी पहिरोमा पुरिए । म भाग्यले बाँचे,’ उनले भने।

बसको मुल ढोका लेदोले पुरेर खुल्ने अवस्था नभएपछि विपरित दिशामा रहेको इमर्जेन्सी ढोका खोलेर यात्रुलाई बाहिर निकाल्न सकेको उनले बताए।  उनका अनुसार पहिरोले बसलाई समेत धकेल्दा छेउतिर पुगिसकेको थियो। ‘थप दुइ हात जति धकेर्लिको भए बस पनि खस्ने रहेछ। धन्न जोगियो। इमर्जेन्सी ढोका भएकोले यात्रु पनि भागेर बचे। म पनि ठुलो घटनाबाट जोगिए,’ उनले भने, ‘इमर्जेन्सी ढोका खुल्ने मेसो नपाएका कतिपय यात्रु त पहिरो आउने बित्तिकै झ्यालबाट हाम फालेछन्।’ उनका अनुसार यात्रुहरु बसबाट निस्केर हिडेर गन्तव्य पुगेका थिए।  

उनले चलाएको बसभित्रै लेदो छिरेको छ। ढुंगा पनि पसेका छन। चालक सिलवालको टाउकोमा चोट लागेको छ। उनको हातमा पनि चोट लागेको छ। उनलाई कम्पनिले शनिबार नै उद्धार गरेर सुरुङमार्ग हुँदै काठमाडौं लगेर उपचार गराईरहेको छ। कम्पनिका संचालक भीम खड्काले ठुलो जोखिमबाट बस र यात्रु जोगिएको बताए। खड्काका अनुसार यात्रुको झोला भने अहिले पनि गाडीमै रहेका छन्।
अर्को समाचार
पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
२० वैशाख २०८०
•
१ मिनेट पाठ
पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ।आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो।




डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ बसेका विद्यार्थी र घरमा रहेका समेत गरी एघारजना घाइते भएका छन्।

दुर्घटनापश्चात् स्थानीयवासीले सडकअवरुद्ध गरेको बन्दीपुर गाउँपालिका–५ का वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी दिएका छन्।स्थानीयवासीले ट्रकसमेत तोडफोड गरेका छन्।  घटनास्थलमा धेरै सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।घाइते सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरक्षिक मोहनबहादुर खाणले जानकारी दिए।

ट्रकको ठक्करबाट घरमा क्षति भएको छ भने विद्यालय जान बस कुरिरहेका विद्यार्थी समेत घाइते भएको स्थानीयवासी समेत रहेका नेपाल पत्रकार महासङ्घ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले जानकारी दिए। ‘घुम्तीमा एक्काीस ट्रकले आएरु ठक्कर दिँदा विद्यालय जान कुरिरहेका विद्यार्थी र अन्य केही स्थानीय घाइते भएका छन्,’ अधिकारीले भने।

ठक्करबाट दश वर्षीया जस्मि भुजेल, सात वर्षीय सानुभाइ भुजेल, ३५ वर्षीया शान्ता भुजेल, ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीया आयुष भुजेल, सात वर्षीया आयुषा भुजेल, दश वर्षीय इश्वर भुजेल, आठ वर्षीय घैटे भुजेल, २६ वर्षीया सवि भुजेल र ३३ वर्षीया सुनमाया भुजेल घाइते भएका छन्। 
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस