चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
११ असोज २०८१
•
२ मिनेट पाठ
चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।शुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरू, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरू, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरू, व्यक्तिहरूको खाली रहेको घर, सरकारी कार्यालय र भिडभाड हुने बजारहरू रहेको उल्लेख गरेको छ ।




त्यस्तै एटिएम बुथ, खसी बजार, गरगहना पसल, धार्मिक स्थल, शक्ति पीठ, पुजा स्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरूमा पनि सुरक्षा दिनुपर्ने भन्दै सो स्थानहरूमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाइएको छ ।

पत्रकार भेटघाटमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानहरूमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताए । उनले प्रहरीले व्यक्ति तथा सम्पत्तिहरूको सुरक्षा गर्ने बताए। त्यसै गरी धार्मिक मठमन्दिर तथा जात्राहरूको सुरक्षा गर्ने पनि उनले जानकारी गराए। 

प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बढी भिडभाड हुने बैंक तथा वित्तीय संस्थाहरूमा प्रहरी गस्ती गरी सुरक्षा प्रदान गर्ने जानकारी दिए। त्यसै गरी सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गर्ने उनको भनाई छ ।

त्यसै गरी प्रहरीले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भिडभाड बजारमा पकेटमार हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिइएको छ । एटिएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गर्ने, गरगहना पसलको सुरक्षामा, शक्ति पीठ, मन्दिर तथा पूजा स्थलमा पनि गस्ती हुने उनले जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले शक्तिपीठहरुमा विशिष्ट व्यक्तिहरूको सुरक्षाको व्यवस्था मिलाइएको बताए ।

त्यसै गरी खसी बजारमा पकेटमार, खसी चोरी, झैझगडा, ठगी, विवाद हुनसक्ने भन्दै सो स्थानहरूमा पनि प्रहरी परिचालन गरिने उनले बताए ।टिकट काउन्टरहरूले महँगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने उनले उल्लेख गरे ।
अर्को समाचार
पहुँचबाहिरका परिचयपत्र
०१ असार २०८१
•
४ मिनेट पाठ
पहुँचबाहिरका परिचयपत्र
सरकारले निकै ठूलो तामझामका साथ राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु गरेको थियो तर यसमा देखिएका बहुआयामिक अलमलले यस्तो परिचयपत्र सर्वसाधारणको हात–हातमा कहिले पुग्छ भन्नेमै अन्योल देखिएको छ। पुगेपछि त्यसले खडा गर्ने अड्चन र प्रभावकारिताको शंका त छँदैछ।




अहिले सवारीचालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रमा जोड्ने निर्णय सरकारले गरेको छ। एकातिर फाराम भराइएको वर्षौँ बितिसक्दा पनि आमनागरिकले परिचयपत्र पाउन सकेका छैनन् भने अर्कोतर्फ २१ लाख जना सवारीचालक अनुमतिपत्र लिन योग्य भएर पनि कार्ड पाउनबाट वञ्चित छन्। यस्तो अवस्थामा हात नपर्ने दुवै कार्डको मिलनले सेवाग्राहीमा उत्साह देखिनुपर्ने कुनै कारण छैन। एउटै प्रकृतिका अनेकन सेवा परिचयपत्र बनाउनु पर्ने र तिनीहरू समयमा आपूर्ति पनि नहुने समस्याबाट ग्रस्त नेपालीका निम्ति यो अनौठो अवस्था होइन।

पञ्जीकरण विभागकै अनुसार अहिलेसम्म राष्ट्रिय परिचयपत्र लिन फाराम भर्नेको संख्या १ करोड ४८ लाख छ तर पाउने भने ९ लाख मात्र छन्। कार्डको थप अनिवार्यताले यसको माग अरू बढ्ने छ। राष्ट्रिय परिचयपत्र नभई नयाँ राहदानी बन्न नसक्ने अवस्था भएकोले जोसुकैलाई यो अत्यावश्यक हुन्छ। साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन पनि विभिन्न जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। एकातिर यसरी राष्ट्रिय परिचयपत्रलाई जताततै अनिवार्य बनाइँदै लैजाने अर्कोतर्फ त्यही पत्र भने दिन नसक्नु सरकारको अक्षमताको पराकाष्ठा हो। कार्ड नै दिन नसक्नेले पेस गर्नुपर्छ भन्नु नैतिकरूपले पनि सुहाउने कुरा हुन सक्दैन। नयाँनयाँ सेवा लिनै पर्ने वाध्यतामा नागरिकलाई पारेपछि त्यसले सिर्जना गरेको भुक्तमानको हिसाब छैन।

बिमा, कारोबार, कम्पनी जस्ता व्यक्तिका अन्य निजी मामला पनि यही राष्ट्रिय परिचयपत्रमा समेटिने योजना सरकारले बनाएको छ। कुनै पनि सरकारी कार्यालयमा कुनै कामविशेषले जाँदा सबैथोक हुने भएकाले यही राष्ट्रिय परिचयले काम होला त ? सरकारले निश्चित गराउन सकेको छैन। अहिले पनि नागरिकता चाहिने कतिपय काममा सवारीचालक अनुमतिपत्र जस्ता चिजलाई मान्यता नदिने सरकारी कर्मचारीको व्यवहार छ। जबकि नागरिकता नभई यस्तो कागजात बन्दैन। त्यसैले सबै ठाउँमा सबै पत्र बोक्नैपर्ने हो भने राष्ट्रिय परिचयपत्रलाई यी सबैको भार बोकाउनुको कुनै अर्थ छैन। त्यसैले यसबारेमा पनि सरकारले सेवाग्राहीलाई विश्वस्त तुल्याउन सक्नुपर्छ।

राज्यप्रदत्त सेवा/सुविधा उपलब्ध गराउन, दोहोरो/तेहोरोपन रोक्न, आफ्ना नागरिकका व्यैयक्तिक विवरण एकीकृतरूपमा संकलन गर्न यस्तो परिचयपत्र उपयोगी हुने राज्य विश्वास छ तर यसअघिका प्रशासनिक झन्झट हेर्दा यस्तो पत्रले बाधा/अड्चन भन्दा सुविधा नै दिन्छ भन्ने विश्वास आमजनतालाई गराउन आवश्यक छ। त्यसो भए मात्र परिचयपत्र लिन फाराम नभरेकाले अर्थात रुचि नदेखाएकाले समेत फाराम भरी राष्ट्रिय परिचयपत्र लिन अग्रसरता देखाउने छन्।

नेपालमा कुनै पनि काम दीर्घकालीन सोचविचार राखेर गरिन्न। जस्तो– सडकमा पिच गर्नुअघि ढल, पिउने पानी, विद्युत् आदि पक्षबारे सोचिन्न र सम्बन्धित निकायबीच समन्वय पनि हुने गरेको देखिन्न। त्यसैगरी परिचयपत्रका सवालमा पनि यही अपरिपक्व सोच हाबी भएको छ। सवारी चालक अनुमतिपत्र यही राष्ट्रिय परिचयपत्रमा नत्थी गरिन्थ्यो भने फेरि सवारी चालक अनुमति छपाइको तामझाम किन ? सवारी चलाउने योग्यता हासिल गरेकालाई एउटा सामान्य पत्र दिएर बाँकी विवरण यही राष्ट्रिय परिचयपत्रमा समेटेको भए भइहाल्थ्यो। एकातिर सवारी चालक परिचयपत्र नै सरकारले छापेर दिन नसक्ने अर्कोतर्फ त्यस्तै दिन नसकेको राष्ट्रिय परिचयपत्रमा यसलाई लगेर जोड्ने कार्य नै हालका लागि हाँस्यास्पद छ। नागरिकलाई यो गर र त्यो गर भनेर अनिवार्य गर्ने सरकारले आफ्ना सेवाप्रति आश्वस्त तुल्याउनु पर्दैन ?

राष्ट्रिय परिचयपत्र अनावश्यक छ भन्न खोजिएको हैन। यसको प्रभावकारितामाथि शंका व्यक्त गरिएको पनि हैन। सवाल मात्र के हो भने सर्वप्रथम यो परिचयपत्रको औचित्य आमजनताबीच प्रमाणित गर्नुपर्छ। त्यसपछि यो परिचयपत्रले सरकारी अड्डाहरूमा दिइने हैरानी न्यूनीकरण गर्ने विश्वास दिलाउनुपर्छ। तेस्रो कुरा, फाराम भरेकालाई तत्काल र सर्वसुलभतवरले पत्र उपलब्ध गराउन सक्नुपर्छ। अहिले विशेषगरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अनिवार्य गरिएका कारण यस्तो परिचयपत्रका लागि फाराम भर्ने, तस्बिर खिचाउने आदिमा रातभर लाइन बस्नुपर्ने अवस्थाले पनि परिचयपत्र वितरणमा देखिएको लापरबाही पुष्टि हुन्छ। फाराम भरिसकेकालाई समेत उचित समयमा परिचयपत्र दिन नसक्नेलाई विभिन्न सेवा लिने क्रममा अनिवार्य गराउँदै जाने नैतिक अधिकार हुँदैन। त्यसैले जब सबैले राष्ट्रिय परिचयपत्र पाउँछन् त्यसपछि मात्र यसलाई विभिन्न सेवासँग जोड्ने प्रबन्ध मिलाउनुपर्छ। साथै जाँच गर्ने अधिकार प्राप्त अधिकारीहरूलाई यसमा उल्लिखित विवरण पढ्न सक्ने प्रविधिको समेत व्यवस्था अत्यावश्यक छ। हैन भने सरकार र कर्मचारीको कमजोरीको शिकार फेरि पनि सर्वसाधारण जनता बन्ने पक्का छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस