इन्स्पेक्टरमाथि नै ‘हनी ट्रयाप’ गिरोहसँग मिलेको आरोप, निलम्बन गर्न सिफारिस
१० असोज २०८१
•
२ मिनेट पाठ
इन्स्पेक्टरमाथि नै ‘हनी ट्रयाप’ गिरोहसँग मिलेको आरोप, निलम्बन गर्न सिफारिस
ललितपुरको बुङमती (भैंसेपाटी) प्रहरी प्रभागकी इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीविरुद्ध आपराधिक समूहसँग मिलेर ‘हनी ट्रयाप’ कार्यमा संलग्न भएको आरोप लागेको छ । इन्स्पेक्टर शाहीसमेत मिलेर बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यापारीबाट ३० लाख रकम लिएको आरोप लागेको हो ।




आरोप लागेसँगै प्रहरीले शाहीमाथि विभागीय अनुसन्धानसँगै कारबाहीको प्रक्रिया थालेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बुधबार साँझ नै उनको जिम्मेवारी खोसेर कार्यालयमा तानेको जनाएको छ । यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान समेत थालिएको छ । अनुसन्धान सुरु हुँदा उनलाई निलम्बन गर्न समेत सिफारिस भएको छ । प्रहरी नियमावली अनुसार अधिकृत स्तरका प्रहरी कर्मचारीको निलम्बन गृह मन्त्रालयबाट हुने प्रावधान छ । 

के हो घटना ?

पीडित भनिएका पुरुष मोरङका व्यवसायी हुन् । उनको ललितपुरको इमाडोलमा पनि घर रहेको प्रहरी स्रोत बताउँछ । ती व्यवसायीसँग ‘हनी ट्रयाप’को आरोपित युवतीको सुनसरी र मोरङतिर चिनजान भएको थियो ।  

असोज ७ गते ती व्यवसायी काठमाडौं रहेका बेला ती युवतीले भैंसेपाटीमा भेट्न बोलाउँछिन् । त्यसअघि उनले प्रहरी प्रभागमा आफू विरुद्ध यौन हिंसा गरेको ठाडो जाहेरी दिइसकेकी हुन्छिन् । प्रभागले उनलाई पक्राउ गरी थुनामा राख्छ । पक्राउ गरेर थुनामा राख्दा इन्चार्ज रहेकी बिनुले माथिल्लो निकाय प्रहरी परिसर, ललितपुरलाई जानकारी नदिएको स्रोत बताउँछ ।

थुनामा राखेर ती व्यापारीसँग प्रहरी प्रभागभित्रै बलात्कार मुद्दामा फसाउने भन्दै मोलमोलाइ भएको स्रोतको दाबी छ । सुरुमा युवतीले उनीसँग ६० लाख मागेपनि ३० लाखमा आएर कुरा मिलेको स्रोत बताउँछ । ती व्यापारीले बलात्कार मुद्दामा फस्ने डरले उक्त रकम दिन राजी हुन्छन् । 

तर, घटनाको सूचना प्रहरी परिसर ललितपुरले पाउँछ । परिसरले सूचना पाएपछि चासो लिन थाल्यो । यसैबीचमा इन्स्पेक्टर बिनु समेतको संलग्नतामा हनी ट्रयापमा पारिएको जाहेरीसमेत परेको छ ।

सोही जाहेरीका आधारमा परिसरले हनी ट्रयापको आरोपित मुख्य युवती र एक जना पुरुषलाई पक्राउ गरिसकेको छ । एक जना पुरुष फरार छन् । 

यता इन्स्पेक्टर बिनुलाई भने जिम्मेवारी खोसेर निलम्बनको सिफारिस गरिएको ललितपुर प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक९एसपी० नरेशराज सुवेदीले जानकारी दिए । ‘जाहेरीमा प्रहरीको समेत संलग्नता भनेर आएकाले सम्बन्धित अधिकारीलाई निलम्बन गरेर अनुसन्धान गर्न ५ सदस्यीय छानबिन समिति बनाएर काम भइरहेको छ,’ उनले भने,‘छानबिनको निष्कर्षका आधारमा दोषी वा निर्दोष भन्ने पुष्टि होला ।’
अर्को समाचार
‘हनी ट्रयाप’मा पारेर काठमाडौंमा घर माग्ने दुई युवती पक्राउ
०८ जेष्ठ २०८२
•
१ मिनेट पाठ
‘हनी ट्रयाप’मा पारेर काठमाडौंमा घर माग्ने दुई युवती पक्राउ
‘हनी ट्रयाप’मा पारेर काठमाडौंमा घरजग्गा माग्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार हनी ट्रयाप कार्यमा संलग्न दुई युवती पक्राउ गरेको हो।  




पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौंको कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेको प्रहरीले जनाएको छ।

उनीहरूले पीडितसँग फेसबुकमार्फत चिनजान गरेको र सम्बन्ध बढाएको प्रहरीले जनाएको छ। त्यसपछि काठमाडौंको ठमेलस्थित एक होटलमा बोलाएर खाजा तथा मादक पदार्थ सेवन गराएको र अचेत अवस्थामा पीडितको अश्लील फोटो र भिडिओ बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ।  

त्यसपछि ती फोटो र भिडिओ प्रयोग गरेर ब्ल्याकमेल गर्न थालेका थिए। सुरुमा उनीहरुले ‘काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ नत्र यौन शोषणको मुद्दा लगाइदिन्छु’ भनेर धम्की दिन थालेको प्रहरीले जनाएको छ।  

त्यसपछि उनीहरूले तत्काल पाँच लाखको चेक काट्न बाध्य  पारेर लगेका थिए।  

यही सूचना प्रहरीले पाएपछि बुधबार काठमाडौंको हनुमानस्थानबाट दुवैजनालाई पक्राउ गरेको जनाएको छ।  

प्रहरीले उनीहरूबाट पीडितले आँचल चौगुठीको नाममा काटिदिएको प्राइम कमर्सियल बैंकको चेक पनि बरामत गरेको छ। जसमा पाँच लाख रुपैयाँ उल्लेख छ। यस्तै दुवैजनाको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।  

दुवै जनालाई थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक(एसपी) काजीकुमार आचार्यले जानकारी दिए।  
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस