बालश्रम शोषण ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती
०१ असोज २०८१
•
४ मिनेट पाठ
बालश्रम शोषण ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती
बालश्रम शोषणसँग जोडिएका ऐन तथा कानुनको व्यावहारिक रुपमा प्रभावकारी कार्यान्वयन हुन नसक्दा बालश्रम शोषण अन्त्य गर्ने विषय नारामा सीमित भएको छ।




बालश्रम शोषणसँग सम्बन्धित बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६, सान्दर्भिक कानुन अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५, बालबालिकासम्बन्धी ऐन, २०७५, देवानी अपराधसंहिता २०७४, श्रम ऐन २०७४, मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐन, २०६४ को व्यावहारिक रुपमा कार्यान्वयन नहँुदा अहिले पनि बालबालिका अनौपचारिक श्रम क्षेत्र (कृषि, घरेलु, साना होटेल, सार्वजनिक यातायात, निर्माण, माटो, बालुवा तथा गिटी खानीलगायत क्षेत्रमा काम गर्न बाध्य छन्।

नेपालको संविधानको धारा, ५१ मा राज्यका नीतिअन्तर्गत झ (३) बालश्रमलगायत सबै श्रमका शोषण अन्त्यका प्रतिबद्धता गरेको छ। संवैधानिक रूपमा निषेधित र दण्डनीय भनी संविधानको धारा ३९ मा पनि उल्लेख गरिएको छ। विशेष गरी नेपालको संविधानको धारा, ५१ मा राज्यका नीतिअन्तर्गत झ (३) बालश्रमलगायत सबै श्रमका शोषण अन्त्यका प्रतिबद्धता गरेको छ। ती प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन भएका छैनन्।

नेपालको कानुनी व्यवस्थाअनुसार ‘१४ वर्षभन्दा कम उमेरका बालबालिकालाई रोजगारमा संलग्न गराउनु र १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रम तथा व्यवसायमा संलग्न गराउनु बालश्रम हो’ भनी व्यवस्था गरिएको छ।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ मा कसैले पनि १४ वर्ष उमेर पूरा नगरेका बालकलाई श्रमिकका रुपमा काममा लगाएमा वा कसैले बालबालकलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाएमा तीन महिनासम्म कैद वा रु १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । यसको पनि व्यावहारिक कार्यान्वयन हुन सकेको छैन।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बालसंरक्षण तथा विकास शाखाका शाखा प्रमुख दीपक ढकालले मन्त्रालयले बालबालिका श्रम शोषणमा परेको कहीँकतैबाट सूचना आएकामा तत्कालै उद्धारगरी त्यसको उचित व्यवस्थापन गर्दै आइएको बताए।

श्रममा संलग्न बालबालिकाको सङ्ख्या ११ लाख (बालबालिकाको सङ्ख्याको १५ प्रतिशत) रहेको जनाउँदै उनले जोखिमपूर्ण श्रममा संलग्न बालबालिकाको सङ्ख्या दुई लाख रहेको जानकारी दिए। ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बालश्रम भएको पाइन्छ। मधेस, कर्णाली र सुदूरपश्चिमबाट हरेक वर्ष हजारौँ बालबालिका रोजगारीका लागि भारत जाने गरेका छन्’, उनले भने।

बालअधिकारका क्षेत्रमा कार्यरत संस्था आसमान नेपाल (एएसएन)ले गरेको अध्ययनअनुसार प्रायः सबै श्रमिक बालबालिकाले आफ्नो परिवारको आयआर्जनमा सहयोग गर्नका लागि रोजगारीको अवसर प्रदान गर्नुपर्ने अनुरोध सरोकार भएका निकायसँग गरेका पाइएको छ।

उक्त अध्ययनअनुसार श्रमिक बालबालिकाले आफ्नो शिक्षालाई निरन्तरता दिन चाहेका, सोका लागि स्थानीय सरकार र अन्य सङ्घसंस्थाले छात्रवृत्ति तथा शैक्षिक सामग्री उपलब्ध गरी सहयोग गर्नुपर्ने अपेक्षा राखेका छन्।

राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले परिषद् आफूले बालश्रमका बारेमा अनुगमन गर्ने र परिषद्सम्म आएका मुद्दालाई समाधान गरी बालश्रम अन्त्यका लागि विभिन्न प्रयास गरिरहेको जानकारी दिए।

कानुनविपरीत, जबर्जस्ती, इच्छाविपरीत कुनै पनि बालबालिकालाई रोजगारी वा काममा लगाउनु वा आयआर्जन गर्ने काममा संलग्न गराउनु बालश्रम भएको उल्लेख गर्दै यस्ता कार्यमा कसैले बालबालिकाको प्रयोग गर्न नहुनेमा उनले जोड दिए।

कमजोर आर्थिक अवस्था, आमाबुबा इँटा उद्योगमा काम गर्न बसाइँ सर्ने हुँदा सँगै आउने, अभिभावकविहीन, संरक्षकको अभाव, आमाबुबाले वास्ता नगर्नुलगायत कारण बालबालिकाले श्रम गर्नुपर्ने बाध्यता रहेको पाइएको परिषद्का उपाध्यक्ष बानियाँले बताए।

उनका अनुसार मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक बालबालिकाले समयमा खाना खान नपाउने, धेरै काम तलब कम, समयमा तलब नदिने, मालिकले रातिमा सवारीसाधनको व्यवस्था नगर्ने, ग्राहकबाट पैसा नपाउने, यौन शोषणको सिकार हुने, मादक पदार्थ सेवन गरेका ग्राहकले दुव्र्यवहार गर्नेलगायत समस्या सहनुपर्ने भोग्दै आएका छन्।

त्यसैगरी इँटाभट्टा, उद्योग कलकारखाना, घरेलु कामदार, यातायातलगायत विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक बालबालिकाले मालिकले नराम्रा गालीगलौज गर्दा सहनुपर्ने, विद्यालय जानबाट वञ्चित, शरीरमा घाउ चोट लाग्ने, बिहानै उठ्नुपर्ने, आराम नपुग्ने, राति ढिलासम्म काम गर्नुपर्ने, अत्यधिक धुवाँधुलोमा काम गर्नुपर्ने, गह्रँुगो सामग्री उचाल्ने÷बोक्न पर्नेलगायत समस्या भोग्दै आएका छन्।

यस वर्ष ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित ६०औँ राष्ट्रिय बाल दिवस–२०८१ मनाएको छ। हरेक वर्ष नारा तय गर्दै दिवसलाई औपचारिक कार्यक्रममा मात्रै सीमित गर्नेभन्दा पनि सरकारले बालश्रम शोषण अन्त्यलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने सरोकार भएकाहरू बताउँछन्।

बालश्रम निर्मूलनका लागि मुलुकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा व्यक्त गरेको प्रतिबद्धता, तर्जुमा भएका कानुन, नीति, योजना तथ्य कार्यक्रम तदनुरूप प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिन्छ। सुशील दर्नाल/रासस
अर्को समाचार
सांसद् रेखा शर्मालाई कारबाही गर्न बालेनको माग, ओलीको बचाउमा अनेरास्ववियु
१७ भदौ २०८१
•
४ मिनेट पाठ
सांसद् रेखा शर्मालाई कारबाही गर्न बालेनको माग, ओलीको बचाउमा अनेरास्ववियु
आइतबार साँझ काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले लुम्बिनी प्रदेशमा नेकपा (एमाले) सांसद रेखा शर्मालाई पक्राउ गर्न किन नदिएको भन्दै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखे। मेयर शाहले नबालिकालाई घरेलु कामदारको नाममा शर्माले हिंसा गर्दै आइरहेको पनि बताएका छन्।




शाहले लेखेका छन्, सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने?? कि नसमाउने??

बालेनको यो पोस्टलाई धेरैले समर्थन गरेका छन्। यदि बालश्रमीक नै राखेको हो भने कारबाही गर्नुपर्ने माग पनि जनस्तरबाट उठेको छ। यसको जवाफ भने प्रधानमन्त्री ओलीले दिएका छैनन्। तर एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले भने जवाफ दिएका छन्। 

बडालले काठमाडौंका मेयर बालेन शाहले साङ्ग्रिला होटेल पछाडि घर भाडामा लिएर दैनिक भारतीय खुफिया एजेन्सीसँग भेट्ने गरेको आरोप लगाएका छन्। 

बडालले लेखेका छन्, ‘काठमाडौं महानगरको मेयर बालेनजी साङ्ग्रिला होटेल पछाडि घर भाडा लिएर दैनिक भारतीय खुफिया एजेन्सीसँगको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्न बन्द गर्नुस्। नेपाली जनताले तपाइको असलियत बुझ्ने दिन धेरै टाढा छैन।
बडालको यो स्ट्याटसलाई धेरैले आलोचना गरे। त्यसपछि भने उनले फेरि अर्को स्टाटस लेखे। बडालले दोस्रो स्ट्याटसमा भने यदि शर्माले बालशोषण गरेको प्रमाणित भए कारबाही हुनुपर्ने बताए। 

बडालले लेखेका छन्, एमालेको प्रदेश सांसद रेखा शर्माले बालशोषण गरेको प्रमाणित हो भने पार्टीले कारबाही गर्नुपर्छ,  राज्यले कानुनी कारबाही गर्नुपर्छ। सवाल नेपालको अपराधी करार गर्ने बालेनजीको सामाजिक सञ्जाल हो भन्ने कुरा सँग जति आलोचना भएपनि सहमत हुन सकिन्न। लोकतन्त्रमा कानुनी राज्यको प्रत्याभूति दिलाउन जस्तोसुकै साइबर अपराधीहरूको सामना गरिन्छ।

मेयर बालेनको स्ट्याटसविरुद्ध अनेराश्ववियुले निरन्तर प्रतिवाद गर्दै आइरहेको छ। 

जेठ १४ गते शर्माको घरबाट भएको थियो बालश्रमिकको उद्धार

जेठ १४ गते काठमाडौं महानगरको टोली लुम्बिनी प्रदेशसभा सांसद रेखा कुमारी शर्माको धुम्बाराहिस्थित घरमा पुग्यो। शर्माको घरमा बालश्रमीक छन् भन्ने विशेष सूचनाको आधारमा महानगरको टोली उनको घरमा पुगेको थियो। नभन्दै शर्माको घरमा काम गर्न बसेकी करिब १४ वर्षीया बालिकालाई महानगरको टोलीले भेटायो।

आठ वर्षदेखि बालिका शर्माको घरमा बालश्रम गर्दै आइरहेको महानगरको टोलीको भनाइ छ। शर्माको घरमा आएदेखि बालिकालाई घर जान पनि नदिएको र आमाबुबासँग पनि भेट्न नदिएको बताइएको छ। 
शर्माले आफूलाई घरमा खाना पकाउन लगाउने, घर सफा गर्न लगाउने, लुगा धुन लगाउने जस्ता कामहरू लगाउने गरेको बालिकाले बताएकी थिइन्। शर्माको घरको सबै काम आफूले गर्ने गरेको बालिकाले बताएकी थिइन्। 

काठमाडौँमा राखेर पढाइदिने भन्दै सांसद शर्माले बालिकालाई काठमाडौं ल्याएकी थिइन्।

महानगरको टोलीले प्रहरी परिसर टेकुमा शर्माविरुद्ध बालबालिकासम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुँने कसुर अन्तर्गत शर्माविरुद्ध जाहेरी दर्ता गरेको थियो। 

महानगरविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज

शर्माको घरबाट उद्धार भएकी बालिकाको बुबाले काठमाडौँ महानगरपालिका, महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दाएर गरेका थिए। 

तर न्यायाधीश सपना मल्ल प्रधान, डा. नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको पूर्ण इजलासले रिट खारेज गर्दै महानगरपालिकाका नाममा परमादेश दिएको थियो। 

पूर्ण इजलासबाट महानगरपालिकाले वन्दी बनाएको नदेखिएको तर सन्तान संरक्षणको पहिलो दायित्व जैविक अभिभावकमा रहने भएकोले निवेदक पितालाई जिम्मा दिनु पर्ने फैसला गरेको थियो। 

तर आफू कोसँग बस्ने विषयमा बालिकाले आफैँ निर्णय गर्न पाउने अदालतको फैसला थियो। सोही बमोजिम आफू महानगरको संरक्षणमा बस्ने भनेपछि बालिकालाई काठमाडौं महानगरले आफ्नो संरक्षणमा राखेको छ। परमादेशमा बाबु, आमा वा अभिभावकबाट कुनै दुर्व्यवहार, हिंसा वा बेवास्ता भएको कारणले परिवारबाट अलग गरिएको भन्ने नदेखिएको बताइएको छ।
परमादेशमा भनिएको छ, निजले आफ्नो खास आर्थिक सामाजिक परिस्थिति समेतका कारण छोरीलाई पढाउन भनी रेखा कुमारी शर्माको जिम्मा लगाई काठमाडौं पठाएको देखिन्छ। निज रेखा कुमारी अभिभावक बनी मिति २०७५ ०१ १० मा श्री धुम्रवराह माध्यामीक विद्यालयमा कक्षा दुई मा भर्ना गराई हालसम्म निरन्तर अध्ययन गरिरहेको भन्ने पनि देखिन्छ। निज बालिका बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ४८ को उपदफा १ को खण्ड छ बमोजिमको बाबु, आमा वा अभिभावकबाट कुनै दुर्व्यवहार, हिंसा वा बेवास्ता भएको कारणले परिवारबाट अलग गरिएको भन्ने देखिएन्। 

प्रहरी भन्छ अदालतले पक्राउ पुर्जी दिएन 

काठमाडौं प्रहरी परिषदका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नवराज अधिकारी जिल्ला अदालतमा पक्राउ पुर्जी जारी गर्नका लागि गए पनि अदालतले नदिएको बताउँछन्। अदालतले पक्राउ पुर्जी दिनका लागि प्रमाण नपुगेको भन्दै नदिएको उनको भनाइ छ। 

अधिकारी भन्छन्, ‘हामी पक्राउ पुर्जीका लागि दुई, तीन चोटि अदालत गएका थियौँ। तर अदालतले प्रमाण नपुगेको भन्दै पक्राउ पुर्जी दिएन। अदालतले पक्राउ पुर्जी नदिएपछि हामीले केही गर्ने कुरा भएन। यो मुद्दामा अरु के भइरहेको छ। मैले पनि बुझ्नु पर्दछ।’ 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस