बाँकेमा धार्मिक पर्यटन मार्ग योजना अलपत्र
१४ भदौ २०८१
•
२ मिनेट पाठ
बाँकेमा धार्मिक पर्यटन मार्ग योजना अलपत्र
बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको धार्मिक पर्यटन मार्ग योजना अलपत्र परेको छ।




जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन मार्गको अवधारणा अगाडि बढाइए पनि बजेट अभावमा योजना कार्यान्वयन हुन नसकेको मदन भण्डारी धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताए।

उनका अनुसार बाँकेका ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्याउनेगरी पर्यटन मार्गको कल्पना गरिएको छ।

यो धार्मिक पर्यटन मार्गमा बाँके राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नं.३ बैजापुरस्थित भुवरभवानी मन्दिर, वडा नं. ४ स्थित वर्फानी बाबा, वडा नं. ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई राखिएको छ।

त्यसैगरी कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थलमा पुर्याउने र अन्तिममा गाभरक्षेत्रमा रहेको पारिजात बगानमा पुर्याउने गरी मार्ग तय गरिएको अध्यक्ष भुसालले बताए।

‘जिल्लामा रहेका कतिपय ऐतिहासिक मठमन्दिरको प्रचारप्रसार र संरक्षण नहुँदा जीर्ण भएका छन् भने जिल्लामै रहेका त्यस्ता धार्मिक पर्यटकीयस्थलका बारेमा जिल्लावासीलाई जानकारी नभएको अवस्था छ’, अध्यक्ष भुसालले भने, ‘धार्मिक पर्यटकीय क्षेत्रको प्रचार गर्ने जिल्लावासीलाई घुमाउने र संरक्षण गर्न समिति प्रयासरत रहेको छ।’

पर्यटन मार्ग बनाएर प्रचारप्रसार गर्दा एकैपटक धेरै धार्मिकस्थलको अवलोकन गर्न सकिने भएकाले यसले पर्यटन प्रवर्द्धनमा सकरात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवर्द्धधन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए।

धार्मिक पर्यटन मार्गले सहरका आन्तरिक धार्मिक पर्यटकलाई गाउँगाउँसम्म पुग्ने र समाज बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए। उनले गाभरमा रहेको पारिजात बगानलाई समेत मार्गमा समेटिएकाले यसले समग्र गाभर क्षेत्रकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गरे।

बाँकेमा अहिले ग्रामीण क्षेत्रमा रहेका सन्तानेश्वर, बाबा वर्फानी, भुवरभवानीलगायत पर्यटकीय क्षेत्रमा दैनिकजसो सर्वसाधारण जाने गरेका छन् भने नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा भीड लाग्ने गरेको छ।

बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्नेगरी काम गर्न चालु आथिक वर्षमा रु एक करोड बजेट विनियोजन भएको बताए। उक्त बजेट बाँकेको ग्रामीण क्षेत्रका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्याउने गरी पर्यटन मार्ग निर्माणमा कार्यान्वयन गरिने उनको भनाइ छ। रासस
अर्को समाचार
नेपाली कांग्रेसका स्थानीय नेताकाे हत्या
२१ चैत्र २०८१
•
२ मिनेट पाठ
नेपाली कांग्रेसका स्थानीय नेताकाे हत्या
नेपाली कांग्रेसका स्थानीय नेता दुर्गाबहादुर पुन मगरको हत्या भएको छ। गएराति (बिहीबार) पार्टीको काम सकेर घर फर्किंदै गर्दा कोहलपुर-७ का पूर्व वडासदस्य तथा बहालवाला वडा उपसभापति ३९ वर्षीय पुनको हत्या भएको हो।




सोही वडाका केही युवाको समूहले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटनामा संलग्न कोहलपुर-४ का २३ वर्षीय राजु सुनारलाई प्रहरीले पक्राउ गरेको छ। तर, प्रहरीका अनुसार पीडित परिवारले अहिलेसम्म जाहेरी दिएको छैन। मृतक पुनको घर बनखेत नजिकै रहेको रजगडवा नजिकको झोलुंगे पुलमा हत्या भएको थियो। 

जाहेरी नपरे पनि पक्राउ परेका राजुले कुटपिट गरेको र कुटपिटबाटै हत्या भएको स्वीकार गरेका छन्। प्रमाण र उनको बयानका आधारमा कारबाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

मृतकका आफन्तका अनुसार, पुनले हत्यामा संलग्न व्यक्तिलाई लागुऔषध प्रयोग र चुरोट सेवन गर्न नहुने भन्दै सम्झाउँदै आएका थिए। सोही कारण हत्या भएको परिवारको भनाइ छ। तर, पक्राउ परेका राजुले प्रहरीमा दिएको बयानमा पुनले अनावश्यक गाली गरेकोले कुटपिट गरेको बताएका छन्। यो कुरा प्रहरी स्रोतले जनाएको छ।

नेपाली कांग्रेस बाँकेले घटनाको भर्त्सना गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। पार्टीको कामबाट घर फर्किंदै गर्दा राजनीतिक प्रतिशोध र रनजिशका कारण हत्या भएको जिल्ला सभापति नारायण गौडेलले विज्ञप्तिमा उल्लेख गरे। कोहलपुर प्रहरीले अहिलेसम्म एक जना मात्र संलग्न देखिएको बताए पनि कांग्रेसले सामूहिक हत्या भएको दाबी गरेको छ।

घटनामा राजुसँगै अन्य दुई व्यक्ति पनि संलग्न भएको आशंका छ। कांग्रेसको विज्ञप्तिले पनि यही कुरालाई संकेत गरेको छ। यसबारे नागरिकले टेलिफोनमा अन्य व्यक्ति फरार भएको हो भन्ने प्रश्न गर्दा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने, ‘अहिलेसम्म अन्य व्यक्तिको जानकारी आएको छैन। त्यो होइन।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस