लुम्बिनीमा यातायात क्षेत्र सुधारका लागि कार्यदल
१३ भदौ २०८१
•
३ मिनेट पाठ
लुम्बिनीमा यातायात क्षेत्र सुधारका लागि कार्यदल
लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधारका लागि कार्यदल गठन गरिएको छ।




प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसको उचित व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि ‘लुम्बिनी प्रदेशको समग्र यातायात प्रशासन सुधार सुझाव कार्यदल’ गठन गरिएको जानकारी दिए। यातायात क्षेत्रलाई व्यवस्थित गरिनु पर्ने भन्दै गुनासो आएपछि मन्त्रालयले यसको समस्या समाधानका लागि कार्यदल गठन गरेको हो।

‘यातायात क्षेत्रका बिषयमा आम नागरिकबाट केही गुनासा आएका छन्, यसको व्यवस्थापनका लागि माग भएको छ,’ मन्त्री न्यौपानेले भने, ‘यातायात क्षेत्रमा भएका समस्या समाधान गरी यसको उचित व्यवस्थापनका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको हो, यो कार्यदलले कसरी यातायात क्षेत्रलाई आम नागरिकका लागि सहज बनाउन सकिन्छ भन्ने बिषयमा अध्ययन गर्ने छ।’

उद्योग,पर्यटन तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख रमेश गौतमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रतिनिधि,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि,आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत, सूचना प्रविधि प्रतिष्ठानका प्रतिनिधि,यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी चालक अनुमति पत्र) का प्रमुख,यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी) का प्रमुख,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रतिनिधि, उद्योग पर्यटन तथा यातायात मन्त्रालयका मेकानिकल इन्जिनियर र मन्त्रालयका यातायात शाखा प्रमुख सदस्य रहेका छन्।

१० सदस्यीय कार्यदलले प्रदेश यातायात सम्बन्धी प्रवाह हुँदै आइरहेको सेवा प्रवाहमा देखिएका नीतिगत जटिलताका बारेमा अध्ययन गर्ने छ। यातायात सेवा प्रवाहमा देखिएका कानुनी जटिलता सम्बोधनका लागि अध्ययन गरिने र सोही अध्ययन अनुसार आवश्यक पहलकदमी लिइने मन्त्री न्यौपानेले जानकारी दिए। यसै गरी सेवाग्राहीहरूको जनगुनासोलाई यो कार्यदलले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ। यातायात सम्बन्धी सेवा पाउनका लागि आम नागरिकले सास्ती बेहोर्नु परिरहेको गुनासो आइरहेको छ।

यातायात कार्यालयहरूबाट प्राप्त हुने सेवा पाउनका लागि झन्झट बेहोर्नु परिरहेको गुनासो सेवाग्राहीहरूबाट व्यापक रुपमा आउने गरेको छ। सेवाग्राहीहरूले सेवा पाउनका लागि भोग्नु परेका समस्या पहिचानका लागि उनीहरूको गुनासा यो कार्यदलले सुन्ने छ। ‘सेवाग्राहीहरूले सेवा पाउँदा खेरी के कस्ता समस्या वा झन्झट बेहोर्नु परिरहेको छ भनेर सेवाग्राहीको समस्या पहिचानका लागि गुनासा सुनिने छ,’ मन्त्री न्यौपानेले भने, ‘सेवाग्राहीहरूका गुनासा र सुझावका आधारमा कसरी यातायात क्षेत्रलाई नागरिक मैत्री बनाउने भन्ने योजना कार्यदलको अध्ययन अनुसार बनाइने छ र यसलाई व्यवहारिक रुपमा लागु गरिने छ।’

मूलतः यातायात कार्यालयहरूमा टोकन प्रणाली लागु नहुँदा सेवाग्राहीहरूले लामो समय सम्म सेवा पाउनका लागि लाइन बस्नु पर्ने गुनासो गर्दै आएका छन्। मन्त्री न्यौपानेले प्रदेशमा रहेका सबै यातायात कार्यालयहरूलाई तत्काल टोकनको व्यवस्था गर्न केही दिन अघि निर्देशन समेत दिइसकेका छन्।

यसै गरी प्रशासनिक एवं व्यवस्थापकीय समस्या, अन्तर मन्त्रालय समन्वय र भूमिकाका बिषयमा समेत कार्यदलले अध्ययन गरेर प्रतिवेदन तयार गर्ने भएको छ। सोही प्रतिवेदनका आधारमा मन्त्रालयले समग्र यातायात क्षेत्रको सुदृढीकरण एवं व्यवस्थापनको आगामी कार्य योजना तथा मार्गदर्शन निर्माण गर्ने मन्त्री न्यौपानेले जानकारी दिए।

‘समग्र यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि कार्यदलले अध्ययन गरेर प्रतिवेदन पेश गर्ने छ,’ मन्त्री न्यौपानेले भने ‘सोही प्रतिवेदनका आधारमा यातायात क्षेत्रको सुदृढीकरण एवं व्यवस्थापनको आगामी कार्य योजना बनाएर यातायात क्षेत्रलाई व्यवस्थित र नागरिक मैत्री बनाइने छ।’
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस