स्याउ बेचेर छोरालाई इन्जिनियर पढाउँदै रत्नबहादुर
१२ भदौ २०८१
•
३ मिनेट पाठ
स्याउ बेचेर छोरालाई इन्जिनियर पढाउँदै रत्नबहादुर
जुम्लाको चन्दननाथ नगरपालिका- २ भण्डारीबाडा गाउँका ५८ वर्षीय रत्नबहादुर भण्डारीले गरिबीका कारण पढ्न पाएनन्। चन्दननाथ मावि खलंगामा कक्षा १० सम्म पढेका रत्नबहादुरको पढाइमा गरिबीको पहाड उभियो। आफूले पढ्न नसकेको पीडा सम्झिँदै रत्नबहादुर अहिले सन्ततिको भविष्य बनाइरहेका छन्।




आयआर्जनका अरु काम नभएपछि उनले २०५२ सालमा ६५ वटा स्याउका विरुवा रोपेर बगैंचा स्थापना गरे। उतिबेला प्रति स्याउका विरुवा दुई रुपैयाँ थियो। विरुवा खरिद गर्ने दुई रुपैयाँको जोहो गर्न पनि हम्मेहम्मे पर्‍यो।

रोपेको तीन वर्षमै उत्पादन दिन थाल्यो। अहिले उनको बगैंचामा ३ सय ६५ स्याउका विरुवा छन्।  सबै विरुवाले फल दिन्छन्। स्याउबाटै उनको वार्षिक आम्दानी ४ देखि ५ लाख रुपैयाँसम्म छ। 

स्याउकै आम्दानीले रत्नबहादुरले २३ वर्षीय छोरा दिनेश भण्डारीलाई काठमाडौंमा बसालेर सिभिल इन्जिनियर पढाइरहेका छन्। काठमाडौंमा पढिरहेका दिनेशको पढाई पनि राम्रै छ। त्यसअघि दिनेशले नासा कलेजमा पढेका थिए। 

एसइइपछि छोराको पढाइमा झण्डै ४० लाख जति खर्च भइसकेको उनले बताए। रत्नबहादुरले भने, ‘आफूले खर्च नहुँदा धेरै आशा मार्नु परे पनि छोराछोरीको भविष्यमा कुनै बाधा आउन दिने छैन।’ रत्नबहादुरले बगैंचामा मलका लागि स्थानीय र उन्नत जातका गरेर १३ वटा गाईपालेका छन्।

गाईको दुध बेच्न सदरमुकाम खलंगाको कालेखोलीमा डेरी खोलेका छन्। दुध बेचेर पनि उनले मासिक १५ देखि २० हजार कमाइरहेका छन्। छोराको पढाइ फागुनमा सकिँदैछ। उनले छोरालाई स्वदेशमै बसेर काम गर्न सुझाउने बताए।रत्नबहादुरले छोरालाई इन्जिनियर मात्र पढाएका छैनन्। माइली छोरी मीनालाई सशस्त्र प्रहरी बनाएका छन्।

साइली छोरी संगीता सर्भे विषय पढिरहेकी छिन्। कान्छी छोरी निराशा जेटीए सकेर अहिले चन्दननाथ माविबाट १२ कक्षा पढ्दैछिन्। जेठी छोरी मायादेवीले स्नातक उत्तीर्ण गरेकी छन्। तीन छोरीले विवाह गरिसकेकोले रत्नबहादुरको घरमा चार जना मात्रै छन्। 

‘घर बलियो नहुँदा दस कक्षसम्म पढे। त्यो भन्दा अघि बढ्न सकिन,’ उनले भने, ‘समयमै स्याउ खेतीतिर लागेर छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिन पाएकोमा खुसी छु।’ १५ वर्षदेखि उनले स्याउ बेचिरहेका छन्। अहिलेसम्म स्याउ खेतीबाट मात्रै ५० लाख रुपैयाँसम्म कमाई गरेको अनुभव उनको छ।

उनी भन्छन् ,‘जति स्याउबाट कमाए। बालबालिकामा खर्च गरे। म निकै सन्तुष्ट छु।’ १० हजार वर्गमिटर क्षेत्रफल फैलिएको बगैंचामा रेड, रोयल र गोल्डेन जातको स्याउ रोपिएको छ। यो समयमा रत्नबहादुरलाई स्याउ टिप्न भ्याइनभ्याइ छ। गत वर्षसम्म भदौ १५ देखि स्याउ टिप्ने उनी यो वर्ष पहिलो सातामै स्याउ टिपिरहेका छन्। जलवायुको हलचलका कारण स्याउ छिटो पाकिरहेको उनको भनाइ छ।

‘यो पटक स्याउमा कलर पनि छिटो आयो। गुलियो पनि छिटो भरियो,’ उनले भने, ‘अचेल स्याउ पाक्ने सिजनमा फरक भइरहेको छ।’ स्याउ बगैंचामा स्याउ टिप्न र गोडमेलको लागि बर्षेनी चार जनासम्मलाई उनले रोजगारी दिइरहेका छन्। प्रतिकेजी ७० रुपैयाँमा किसानले बगैंचामै स्याउ बेचिरहेका छन्। लामो खडेरीका कारण यो बर्ष स्याउ उत्पादनमा गिरावट आएको छ।

यो वर्ष चार लाखसम्मको स्याउ बिक्रि हुने उनको अनुमान छ।पहिले जस्तो स्वाद नहुने, समयमै पाकेजस्तो देखिने, रुख र दानाको साइज घट्दै गएको छ। स्याउ खेतीमा लगाव देखिएको भन्दै उनलाई जिल्ला कृषि विकास कार्यालय जुम्लाले उत्कृष्ट मुख्यमन्त्री कृषक पुरस्कार समेत दिएको थियो।

सुख्खा पाखोमा पानी बोकेर हुर्काएर फल दिइरहेका स्याउले जीवनमा निकै परिवर्तन ल्याएकोमा उनी खुसी छन्। ‘सुरुमा विरुवा रोप्दा कसैले पत्याएका थिएनन्,’ उनले भने, ‘अहिले बर्षेनी लाखौंको स्याउ बेच्दा अचम्म मान्छन्। एक पटक सुपर जोन र कृषि कार्यालयले बर्षायामको पानी र हिउँदको हिउँ संकलनको तीन/तीन लाखको पानी ट्यांकी बनाइदिएका थिए। त्यो बाहेक सरकारी सुविधा छैन्।’

किसानको अनुदान बिचौलियाको हातमा पुगेको छ। कृषि उत्पादनमा लगानी छैन्। राम्रो बजार र सडक छैन्,’ उनले भने, ‘तै पनि हामी किसानले उत्पादन बढाइरहेका छौं।’ छोरा दिनेशको नामबाटै उनले स्याउ बगैंचाको नाम राखेका छन्।
अर्को समाचार
नेकपा एसको जुम्ला कमिटी सर्वसम्मत चयन
२८ चैत्र २०८१
•
१ मिनेट पाठ
नेकपा एसको जुम्ला कमिटी सर्वसम्मत चयन
नेकपा (एकीकृत समाजवादी) जुम्लाको अध्यक्षमा राजबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन्। जिल्ला कमिटीको नवौं जिल्ला सम्मेलनले खत्रीको अध्यक्षतामा ५४ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मतिबाट चयन गरेको हो।  




वरिष्ठ उपाध्यक्षमा जनक अधिकारी, उपाध्यक्षमा टेकप्रसाद धिताल, सचिवमा शंखबहादुर रोकाया, उपसचिवमा तेज बहादुर जिसि, उब्जी कार्की र लक्ष्मण सुनार चयन भएका छन्। 

पार्टीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाको उपस्थितिमा भएको सम्मेलनले पार्टीको संगठनात्मक पुनर्संरचना गर्ने र पार्टीका गतिविधिहरू अझ प्रभावकारी बनाउने प्रतिवद्वता जनाएको छ। 
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस