बिरामीलाई रगत चाहिए सबैले झट्ट सम्झने नाम हो– दीपक अर्थात् दीपक उपाध्याय नेपाल। प्रादेशिक होस् या निजी अस्पतालमा रगत चाहिए बिरामीका लागि सहजै रगत दान गर्ने तथा खोजी दिने व्यक्ति हुन्– दीपक। दीपक आफू जतिसुकै व्यस्त भए पनि मोबाइलमा आएको कल उठाउँछन् र रगतको जोहो गर्न तयार हुन्छन्।
दाजु विनोद उपाध्यायको प्रेरणाबाटै दीपक रक्तदानमा होमिएका हुन्। १८ वर्षको उमेरमा उनका दाजु विनोदको आग्रहमा पहिलोपटक रक्तदान गरेका दीपकको यो शृंखला १०६ पटकमा पुगेको छ। ‘त्यो बेला दाजु जेसिजमा हुनुहुन्थ्यो। जेसिजले रक्तदानका कार्यक्रम गरिरहने र दाजु पनि रगत दिनुहुन्थ्यो,’ दीपकले भने, ‘दाजुकै प्रेरणाले रक्तदानमा सक्रिय भएको हुँ।’ पहिलो पटक रक्तदान गरेको दिन सम्झँदै उनले भने, ‘दाजुले रक्तदान गर भन्नुभयो, पहिलोपटक रक्तदान गर्दा के हुन्छ ? कस्तो हुन्छ भन्ने कौतुहलता लाग्नु स्वाभाविकै हो । तर पनि रगत दान गरें ।’ त्यसपछि रक्तदानको शृंखला चल्दै आएको उनले बताए। विनोदले पनि ८५ पटक रक्तदान गरिसकेका छन्। दुई भाइ मिलेर धेरैको ज्यान जोगाएका छन्।
अहिले बिरामीलाई रगत चाहिएको भन्दै दैनिक ८/१० कल फोन आउने गरेको दीपक बताउँछन् । उनले भने, ‘रातिसम्म पनि रगतका लागि फोन आइरहन्छ ।’ कहिलेकाहीं त मध्यरातमा पनि रगत चाहियो भन्दै फोन आउने गरेको बताउँदै उनले भने, ‘मस्त निद्रामा रहेका बेला फोन आउँछ, रगत चाहियो, पत्ता लगाइदिनुपर्यो भन्छन्। राति नै मोबाइलबाट रक्तदाताहरूको समूहमा ब्लड ग्रुप सर्च गर्छु, फोन गर्छु ।’ तत्कालीन सेती अञ्चल अस्पतालका एक कर्मचारीले सुत्केरीलाई रगत चाहियो भनेपछि राति ३ बजे गएर रक्तदान गरेको उनी सम्झन्छन्। ‘रक्तदान गर्दा जीवन दान गरेजस्तो लाग्छ,’ उनले भने, ‘रगत दिने समय पुगेपछि दान गरिहाल्छु। आफूले रगत दिन नमिले अरू साथीलाई खोजेर दिन लगाउँछु ।’ रगत दिएर वा रगतको जोहो गरिदिएर बाँचेका बिरामी तथा उनीहरूका आफन्त भेट्न आउँदा खुसी लाग्ने उनी बताउँछन्।
‘रक्तदान गरेकै कारण धेरैजना साथी बनेका छन्,’ उनले भने, ‘जहाँ जाँदा पनि हजुरले रक्तदान गरेको या जोहो गरिदिएको भन्दै रगतग्राहीले खुसी व्यक्त गर्छन् । त्यसैमा आनन्द आउँछ।’ सरकारले पर्याप्त ब्लड बैंक स्थापना नगर्दा बिरामीलाई समस्या पर्दा चारैतिर धाउनुपर्ने/खोज्नुपर्ने बाध्यता रहेको उनले बताए। यसकारण पनि दीपकलाई सम्झनेहरू बढिरहेका छन् । ‘रगत चाहियो, दीपक सर खै’ भन्दै फोन आउने गरेको उनले बताए।
सबैभन्दा बढी सुत्केरी, दुर्घटनाका घाइते र सिकलसेल एनिमियाका बिरामीका लागि रगत चाहियो भन्दै फोन आउने गरेको उनी बताउँछन्। ‘यिनै बिरामीका लागि मैले सबैभन्दा बढी रगत दान गरेको छु, जोहो पनि गरिदिएको छु,’ उनले भने। उनलाई धनगढीमा मात्रै नभई नेपालगन्ज, काठमाडौं र चितवनबाट पनि रगतका लागि फोन आउँछ। सुदूरपश्चिमबाट उपचारका लागि काठमाडौं, चितवन, नेपालगन्ज पुगेका बिरामी तथा आफन्तले पनि रगतका लागि दीपकलाई सम्झन्छन्। दीपकले सोही ठाउँका रक्तदाता खोजेर सम्पर्कमा ल्याइदिन्छन्। ‘हामी देशभरका रक्तदाता सञ्जालमार्फत जोडिएका छौं,’ उनले भने, ‘जुनसुकै ठाउँमा पनि बिरामीलाई रगत चाहिएमा नेटवर्कद्वारा रक्तदाता खोजेर रगतको जोहो गरिहाल्छौं।’
विज्ञानले धेरै कुरा बनाउन सक्दा पनि रगत बनाउन नसकेको बताउँदै उनले भने, ‘रगतको विकल्प रगत मात्रै हो, रगत जोगाउनु र अरूलाई दिनु नै सबैभन्दा राम्रो कुरा हो ।’ सुदूरपश्चिमका ९ जिल्लाका लागि कैलालीको धनगढी र टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगरमा मात्रै ब्लड बैंक छ । पहाडी जिल्लामा रगत संकलन केन्द्र नै छैन।
सुदूरपश्चिममा सबैभन्दा धेरैपटक रक्तदान गर्ने दीपक हुन्। डेढ वर्षअघि नेपाल रेडक्रस सोसाइटी धनगढीले दीपकले रक्तदान गरेको एक सयपटक पुगेको सम्मानपत्र प्रदान गरेको थियो। त्यसपछि पनि उनले ६ पटक रक्तदान गरिसकेका छन्। दीपक रक्तदानका एक अभियन्ता भएको सुदूरपश्चिम प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख धरणीधर पन्त बताउँछन्। ‘दीपकले रक्तदानका लागि सामाजिकीकरण गर्न ठुलो योगदान पुर्याउनुभएको छ,’ उनले भने, ‘उहाँलाई हामी रक्तदाता अभियन्ताका रूपमा चिन्छौं।’ दीपकले विद्यालय तथा कलेजमा पुगेर रक्तदान गर्न विद्यार्थीलाई उत्प्रेरणा तथा यसको महत्वबारे जानकारी दिइरहन्छन्।
अहिले धनगढीमा दैनिक ४० देखि ६० पिन्ट रगत आवश्यक पर्छ। धनगढीमै प्रादेशिक अस्पतालसँगै निजी अस्पताल खुल्नु र ठुलठुला शल्यक्रिया पनि हुनुले रगतको माग पहिलेको तुलनामा बढेको उनी बताउँछन्। ‘अहिले रगतको माग बढेको छ तर त्यही अनुपातमा रक्तदाता बढेका छैनन्।’ बिरामीका आफन्तले आफूले रगत दिन मिल्ने भए पनि नदिएरै बाहिर खोज्ने गरेको अनुभव उनीसँग छ।
दीपकले बिरामीका आफन्तलाई नैै रगत खोज्न सहज हुनेगरी एउटा प्रविधिको विकास गर्न आफू लागिपरेको बताए । यसका लागि मोबाइल एप्स बनाउन लागेको उनले बताए। धनगढीमा रक्तदानबारे सचेतना फैलाउने उद्देश्यले दीपकले औपचारिक अभियान थालेका छन्। कैलालीबाट सुरु भएको रक्तदानसम्बन्धी जानकारीमूलक अभियान सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रत्येक पालिकासम्म पु¥याउने दीपक बताउँछन्।