पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
०९ भदौ २०८१
•
२ मिनेट पाठ
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
विद्यालयबाट घर फर्कँदै गरेका खोटाङका दुई बालकको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ।




स्थानीय चङ्कु खोला दहमा डुबेर जिल्लाको ऐसेलुखर्क गाउँपालिका १ राखाबाङ्देल खिरुका ११ वर्षीय अर्जुन राई र ९ वर्षीय राज राईको ज्यान गएको हो।

एकाघरका काका बडाबाउका छोरा उनीहरु शुक्रबार दिउँसो विद्यालयबाट घर फर्कँदै गर्दा गर्मी छल्न भन्दै दहमा पौडी खेल्न पस्दा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। मृत्यु हुने अर्जुन र राज एकाघरका दाजुभाइ टङ्कराम राई र भोजकुमारका छोरा भएको जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम खड्काले बताए।

घटनास्थल इलाका प्रहरी कार्यालय ऐसेलुखर्कभन्दा निकै टाढा पर्ने र खबर पनि ढिला भएकाले टोली पठाएर उद्धार गर्न खोजे पनि संभव नभएको बताए। प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का गरी शनिबार दुवैको शव पोष्टर्माटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाएको छ। पोष्टमार्टम गरेपछि शव आफन्तको जिम्मा दिने गरी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान सुरु भएको डिएसपी खड्काले बताए।

एकाघरका दाजुभाइकै छोराहरूको निधनले घर परिवार शोकमग्न हुन पुगेको छ। स्थानीय जनहित आधारभूत विद्यालयमा पढ्ने उनीहरु अर्जुन कक्षा ५ का विद्यार्थी हुन् भने राज ४ कक्षामा पढ्दै गरेका थिए। एउटै घट्नामा दुई छात्र गुमाउनु पर्दा विद्यालय परिवार पनि मर्माहत हुन पुगेको स्थानीयले बताएका छन्।

खोला पारि पर्ने विद्यालय जान आउन चङ्कु खोलाको झोलुङ्गे पुलभन्दा ५० मिटर तल मानव निर्मित दह छ। स्कुलबाट सँगै फर्केका विद्यार्थीलाई उद्धृत गर्दै स्थानीयले बताए अनुसार अन्य साथीलाई छाडेर अर्जुन र राज दहतर्फ गएर पौडी खेल्न पसेका थिए। अन्य साथीहरू भने पुलबाटै पौडी खेलेको हेरिरहेका बेला दुवै डुबेको देखेर हतपत गाउँ पुगेर खबर गरेका थिए। गाउँलेहरू हतार हतार उद्धार गर्न घटनास्थल पुग्दा दुवैको प्राण गइसकेको थियो।

हिउँदमा सामान्य पानी हुने खोला नियमित वर्षाले गर्दा पानीको सहत बढेर दह पनि गहिरो हुन पुग्दा पौडी खेल्न नसकेर बालकहरू डुबेको गाउँलेको अनुमान छ। 
अर्को समाचार
साँगे खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
०२ जेष्ठ २०७७
•
३ मिनेट पाठ
साँगे खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
तनहुँ- व्यास नगरपालिका–६ बाह्रबिसे स्थित साँगेखोलामा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका १२ वर्षीय अंकित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।  




पौडी खेल्ने क्रममा बालक डुवेपछि स्थानियले देखेर बालकको उद्धार गरेर उपचारको लागि दमौली अस्पतालमा ल्याएका थिए । रानाको दमौली स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा चिकित्सकिले मृत्यु घोषणा गरेको डिएसपी लामिछानेले बताए ।बालकको शव दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।  
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस