निगुरो व्यापारः लगानी बिना नै लोभलाग्दो आम्दानी
०९ भदौ २०८१
•
३ मिनेट पाठ
निगुरो व्यापारः लगानी बिना नै लोभलाग्दो आम्दानी
पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन्। हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान्।  निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने गरेका छन्।




झाडीमा उम्रिने यस वनस्पति कुनै औषधि तथा विषादीविना उत्पादन हुने भएकाले लाभदायक हुन्छ। वनमा आफैँ उत्पादन हुने भएकाले यसलाई खोजेर टिप्नबाहेक अन्य कुनै लगानी नलाग्ने यहाँका स्थानीय बताउँछन्। लगानी नलाग्ने भएका कारण निगुरोको पोषण र स्वाद जस्तै आम्दानी लोभलाग्दो छ।

सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले निगुरो टिपेरै मनग्य आम्दानी गरिरहेका छन्। विगत १० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन्।

जिल्लाको बरहथवा नगरपालिका–९, मूर्तिया निवासी सविता कुशवार दैनिक बिहान बेलुवा दुई घण्टा घर नजिकैको डाँफे सामुदायिक वन पुगेर निगुरो टिप्छिन्। निगुरो राम्रो भेटिएको दिन ३० देखि ३५ मुठासम्म टिप्ने गरेको उनले बताइन्। ‘यसरी टिपेको निगुरो जोडी मुठाको २५ रुपैयाँमा बिक्री हुन्छ’, उनले भनिन्, ‘दिनको सात सयसम्मको निगुरो टिप्ने गरेको छु।’

फुर्सदको समय सदुपयोग गरेर निगुरो टिप्दा घर खर्च चलाउन निकै सजिलो भएको उनले बताइन्।

वर्षमा सात महिना लगभग टिप्दा ८० देखि ९० हजारसम्म एकजनाले कमाउने गर्छन्। निगुरो टिप्न घरमा भएका सबै उमेर समूह वन पस्ने गरेका अर्का स्थानीय दीपक लामाको भनाइ छ। देख्दा निगुरो टिप्ने त हो नी भन्ने लाग्छ। तर आम्दानीको राम्रो स्रोत बनेको उनी बताउँछन्।

बरहथवा–९, मूर्तियाका कर्णबहादुर कुशवारले पनि विगत सात वर्षदेखि निगुरो टिप्ने गरेको बताए। ‘राम्रो उत्पादन भएको समयमा दिनमा ५० मुठासम्म टिपेको छु’, उनले भने, ‘यसको मूल्य सधैँ एकनाश रहन्छ। धेरै घटबढ गर्दैन।’ बूढाबूढी नै दैनिक निगुरो टिप्न आउने गरेको उनले सुनाए। बिहान बेलुका निगुरो टिप्नेले वन भरिने गरेको छ।  

सोही स्थान बस्ने फूलमाया तामाङको दैनिकी पनि उस्तै छ। छिटोछिटो टिप्ने भएकाले दिनमा सात सयसम्मको निगुरो टिपेर बेचेको फूलमायाले बताइन्। ‘फुर्सदका समयमा गाउँका बुढापाकादेखि बालबालिका सबै निगुरो टिप्न वन पस्छन्’, उनले भनिन्, ‘दैनिक बिहानबेलुका दुई÷चार घण्टा खट्दा राम्रो कमाई हुन्छ।’ निगुरो टिप्ने काम जागिर भएको उनले बताइन्।

गाउँघरमा पनि चाडबाड तथा भोजभतेरमा निगुरोको माग हन्छ। ‘गाउँतिरै पनि खोज्ने मान्छे आउछन्’, उनले भनिन्, ‘व्यापारीलाई पनि अझै पुगेको छैन्।’ टिप्नसकेजति व्यापारीले लैजान्छन्। व्यापारीहरुले निगुरो बुझाएलगत्तै वा पछि एकमुष्ट मागको सयम पैसा दिने गरेका स्थानीयको भनाइ छ।

स्थानीय नानीमैया कार्कीले भनिनछ्, ‘बसिरहनुभन्दा वनमा निगुरो खोज्यो। पैसा पनि हुन्छ। निगुरो बेचेर बचत गरेको पैसाले आपत्विपतमा गर्जोटार्नदेखि औषधि उपचारमा सहयोग पुगेको छ।’

‘निगुरो टिप्न थालेदेखि दुई चार रुपैयाँका लागि कसैलाई भन्नु परेको छैन’, उनले सुनाइन्, ‘त्यस्तो दुःख पनि हुन्न्। केही घण्टा खट्ने हो। दुई चार सय भइहाल्छ।’ यसले ठूलो भरथेग भएको छ।’ मीठो मसिनो खान, औषधि उपचार र घरखर्च नै धानेको उनको भनाइ छ।

यस क्षेत्रबाट विगत १० वर्षदेखि निगुरो टिप्ने सङ्कलन गर्ने र काठमाडौँका बजारसम्म पु¥याउने गरेको व्यवसायी सुनिता महतोले बताइन्। उनका अनुसार सुरुमा स्थानीयले निगुरो टिपेको प्रतिमुठा पाँच रुपैयाँ पाउथे। अहिलो जोडी मुठाको रु २५ पाउँछन्। निगुरोसँगै अन्य मौसमअनुसारको तरकारी ढुवानी गर्ने गरेको उनले बताइन्। सङ्कलित निगुरो बजारसम्म लैजाने व्यवस्था सुनिताका श्रीमान् धनेश्वर महतोले गर्ने गरेकी छिन्।

यस क्षेत्रका ३६÷३७ परिवारले दैनिक निगुरो टिपेर ल्याउने व्यवसायी धनेश्वरले जानकारी दिए। ‘दैनिक १२ देखि १५ बोरासम्म निगुरो काठमाडौँ पु¥याउँछु’, उनले भने, ‘एक बोरामा ८० मुठा हुन्छ। दैनिक हजार मुठा बढी सङ्कलन हुन्छ।’

निगुरो टिपेर मूर्तिया क्षेत्रका स्थानीयले गत वर्ष लगभग सात महिनाको अवधिमा रु ३० लाख आम्दानी गरेका कृषि ज्ञान केन्द्रका एक अधिकारीले बताए।

मासिक चार लाख बराबरको निगुरो स्थानीयसँग सङ्कलन गरेर बजारमा लैजाने गरेको उद्यमी महतोको भनाइलाई आधार मानेर उनले त्यति रकम आर्जन हुने अनुमान सुनाए। ठूलो परिवारका भएका घरका स्थानीयले महिनामा रु एक लाखसम्मको निगुरो टिप्ने गरेका उद्यमी महतोले बताए। रासस
अर्को समाचार
स्वस्थ जीवन, ऋतुअनुसारको भोजन
२० असार २०८१
•
६ मिनेट पाठ
स्वस्थ जीवन, ऋतुअनुसारको भोजन
यदि तिमीले स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन, स्वस्थकर खाना नखाए जस्तोसुकै औषधिले पनि काम गर्दैन–हिपोक्य्राट्सले भनेका थिए। उनी आधुनिक चिकित्सा विज्ञानका जनक मानिन्छन्। उनको यो विचारलाई लामो समयसम्म आधुनिक चिकित्सा विज्ञानले आत्मसात गर्न सकेको थिएन। विस्तारै अहिले स्वास्थ्यकर्मीहरू पोषणबारे पनि छलफल हुनुपर्छ भन्ने बाटोमा लागेका छन्।




अद्यापि कतिपय चिकित्सक पोषणमा ध्यान नदिएर बिरामीलाई औषधि मात्र दिन्छन्। एक स्त्री रोग विशेषज्ञले काठमाडौँको एक कार्यक्रममा ‘४० वर्ष कटेपछि महिलाले क्याल्सियम चक्की खानैपर्छ’ भनेकी थिइन्। उनको यो कुरामा मेरो असहमति रह्यो। मेरा कतिपय साथीहरू  ५०–६० वर्षका छन्, स्वस्थ छन्, कुनै रोग छैन, कसैले पनि आइरन चक्की, क्याल्सियम र भिटामिन कुनै पनि झोल वा क्याप्सुल खाँदैनन्। तर स्वस्थ्यकर खाना खान्छन्, व्यायाम गर्छन, योगासन गर्छन्, पत्रु खाना र मिठाइ त प्रसादका रूपमा कहिलेकाहीँ नगन्य मात्रै प्रयोग गर्छन्। उनीहरू अहिले पनि अफिस, घर, सामाजिक कार्यमा अनवरत लागेकै छन्।

अपसोच, अहिले नेपालमा ४० वर्षभन्दा माथिका सबै महिलाले क्याल्सियम, भिटामिन डी चक्की र रगत बढाउन केही औषधि खानैपर्छ भन्ने मान्यता चिकित्सा जगत्मा स्थापित हुँदै गएको छ। तर यस विपरीत स्वस्थ्यकर खानाले नै पोषणको सबै आवश्यकता पूर्ति गर्छ भन्ने अर्को एक विचार पनि चिकित्सा जगत्मा स्थापित छ। मचाहिँ दोस्रो विचारको पक्षपाती हुँ र त्यसैअनुरूप जीवन चलाउन कोसिस गर्छु। ‘स्वस्थकर भोजन गरियो भने औषधि किन्न आवश्यक हुँदैन’ भन्न मैले विभिन्न गोष्ठी र तालिमबाट सिकेको ज्ञान हो।

भारत र नेपालमा कम्पनीहरूको ठूलो बजारले समुदायमा जीवनका ‘साधारण समस्या’ लाई पनि रोग हो र ‘औषधि खानुपर्छ’ भन्ने मान्यतालाई बढावा दिँदा समुदाय नै त्यसको ‘शिकार’ पनि हुन्छौँ। तर कोही विशेष अवस्थाका बिरामीलाई मात्र पोषणका रूपमा केही औषधि प्रयोग गर्नुपर्ने हुन सक्छ। उदाहरणका लागि गर्भवती हुँदा महिलाको शरीरमा रगतको कमी भए र यसले भ्रुणलाई पनि प्रभावित पार्छ भन्ने सत्य हो। उनलाई धेरै नै कुपोषण छ भने केही लौह तत्त्वको चक्की दिनुपर्ने हुन्छ।

गर्भावस्थामा महिलाले प्रोटिनयुक्त खानेकुरा जस्तो चना, भटमास, कोदो, फापर, मकै, विभिन्न हरियो तरकारी कर्कलो वा कर्कलोले बनेको मस्यौरा, आलु, करिपत्ता, निहुरो, अनेक प्रकारका साग, दूध, मोही साथै अण्डा र मासु सेवन गर्ने हो भने शरीरमा प्रोटिन र विभिन्न प्रकारका सूक्ष्म पोषक तत्त्व, लौह तŒव, भिटामिनको कमी हुन पाउँदैन। मैले गर्भवस्थामा कुनै पनि लौह तत्त्व र क्याल्सियम आदि खाने जरुरत नै भएन। घरमै बनेको स्वस्थ खाना खाँदा मलाई रगतको कमी भएन।

मैले भान्छाघरबाट नै स्वास्थ्यको सुरुवात गर्नु पर्छ भन्दा ‘यसरी बजारको खाने कुरा नखाएर त संभव नै हुँदैन, खाजा खाँदा चाउचाउ, जेरी, स्वारीबाहेक अरू केही हुँदैन’, कति परिचित पत्रकार पनि भन्छन्–तपाईँको लेख पढ्दा तपाईँले भनेको ठीक हो जस्तो लाग्छ तर पत्रु खाना खान करै लाग्छ। घरमा बनाउन भ्याइँदैन र पसलमा चाउचाउबाहेक केही हुन्न।

त्यो बेलामा भन्छु– पत्रु खाना नखाएर पनि पसलमा स्वस्थकर खाजा खान सकिन्छ। चना, चिउरा, उसिनेको आलु, अण्डा, केराउ त प्रायः सबै खाजाघरमा भैहाल्छ। यस्तो खाजा छाडेर पत्रु खाना खाएपछि त स्वास्थ्य बिस्तारै कमजोर भएपछि दौडधूप गर्न सकिन्न अनि काममा नै प्रभाव पर्छ। बिरामी भएर बस्दाचाहिँ फुर्सद कसरी निकाल्ने त ? कति महिला पत्रकारले चाहिँ ‘पत्रु खाना खाने आफ्नो बानी छाडेको छु’ भनेर जानकारी पनि दिएका छन्। ‘कतिले त घरमा नै खाना खाएर जाने र केही खाजा पनि बोकेर काममा जाने गरेको’ भनेका छन्। ‘एक/दुईचोटि झ्याउ लागे पनि बानी परेपछि त सहज नै हुन्छ’ भन्ने भनाइ सुनेपछि मलाई के खुसी लाग्छ भने मैले लेखेपछि केही व्यक्तिको जीवनको खानपानमा भने सुधार भएको छ।

कतिजनाले मैले भोजन र पोषणबारे बोलेको र लेखेको सुनेर ‘पोषणविद्’ को पगरी पनि लगाइदिन्छन् तर मैले भन्ने गरेकी छु–म पोषणविद् होइन तर मैले पोषणबारे साना साना तालिमचाहिँ लिएकी छु। मैले पोषणविद् जस्तो ‘ठूलो वैज्ञानिक कुरा’ गर्दिन र ‘घरको दाल, भात, रोटी, चना, दूध, दही, मोही, मह, कागती जस्ता स्वस्थकर स्थानीय खानेकुरा प्रयोग गर्नुपर्छ र हाम्रो भोजन नै हाम्रो औषधि हो र भान्छाबाट स्वस्थता सुरु हुन्छ भन्ने’ सामान्य जानकारी मात्र भन्छु।

मैले पछिल्लो वर्षमा गोष्ठीहरूमा भारत, अमेरिका आदि देशमा भाग लिएपछि ‘स्वास्थ र भोजन’ बारे छलफल गरेपछिकोे अनुभवअनुसार हाम्रा पुर्खाको कतिपय ज्ञानलाई आधुनिक विज्ञानको कसौटीमा राखेर प्रयोग गर्दा साँच्चै नै पोषणबारे ज्ञानमा सुधार आएको देखिन्छ। उदाहरणका लागि पहिले पहिले नेपालमा फलामको भाँडामा पकाउने चलन थियो। त्यसरी फलामको भाडामा पकाएको ‘दाल वा तरकारी अमिलो अचार वा मोहीसँग खाँदा त्यसले शरीरमा लौह तत्त्व शोषण गर्न मद्दत पुर्‍याउँछ’ भन्ने विज्ञानले सिद्ध गरेको छ।

अहिले रगत कमी भएकालाई दिने विभिन्न झोलमा ‘भिटामिन सी पनि छ’ भनेर लेखिन्छ। भिटामिन सी त हाम्रो भान्छामा पाइने अमिलो अचार, मोही, अम्बा, अमला, सुन्तला, आरुबखडा आदिमा पनि पाइन्छ। यो सामान्य ज्ञान हामीलाई भए हामी अनेकथरीका भिटामिनमा पैसा खर्च गर्दैनथ्यौँ होला । अपसोच, अहिले फलामको भाँडामा पकाउने चलन विस्तारैै हराएको छ। आशा छ, कुनै विदेशी वैज्ञानिकले भनेपछि नेपालीले फेरि फलामको ताप्के प्रयोग गर्नेछन्।

अहिले प्रोटिन खानुपर्छ भन्ने ज्ञान प्रायःलाई छ। प्रोटिन कमी हुन नदिन अनेक प्रकारका ‘बट्टाका प्रोटिन’ बेचिन्छ। ‘५० वर्षको उमेरपछि घरको खानाले मात्र शरीरमा प्रोटिन पुग्दैन । त्यसैले बाहिरका औषधि खानुपर्छ’ भन्ने गलत विज्ञापन आएर भ्रमित पार्छन्। एउटा कुरा के विचार गर्नूस् भने त्यस्ता विज्ञापनको भरमा प्रोटिन किन्दा स्वास्थ्यचाहिँ पाइन्न। पैसा खर्च हुन्छ। यस्तो प्रोटिनमा बट्टामा अनेक ‘स्टेरोइड’, ‘गुलियो पदार्थ’ आदि मिसाएको पनि देखिन्छ । त्यसले त शरीरलाई झन् बेफाइदा गर्छ। मांसाहारी खाना खानेहरूले त यस्तो मासुबाट प्रोटिन प्राप्त गरिहाल्छन्। तर यस्ता मासु कसरी काटिन्छ, बिरामी जनावरको हो कि भन्ने कुराचाहिँ विचार गरेर मासु प्रयोग गर्नु उचित हुन्छ।

शाकाहारी भोजन गर्नेहरूका लागि पनि प्रोटिनका थुप्रै स्रोत छन्। तर ‘शाकाहारी भोजनमा प्रोटिन हुँदैन’ भन्ने भ्रम छ। मटर, बदाम, चना, भटमास सबै दाल आदि प्रोटिनको राम्रा स्रोत हुन्। कोदो, फापर, गहुँ, चामल आदिमा पनि केही न केही प्रोटिन पाइन्छ। बालबालिका, किशोर/किशोरीहरूलाई बढी प्रोटिन चाहिन्छ। उमेर, काम, शरीरको तौलअनुसार प्रोटिन प्रयोग गर्न सल्लाह दिइन्छ। एक वयस्कको जति तौल हुन्छ, त्यति ग्राम प्रोटिन खाए पुग्छ। सामान्य सिद्धान्तअनुसार ४० वर्षको ५०–५५ किलोको स्वस्थ व्यक्तिलाई प्रत्येक दिनको करिब ५०–५५ ग्राम मात्र प्रोटिन भए पुग्छ। एक सय ग्राम भटमासमा ४३ ग्राम प्रोटिन पाइन्छ तर यो सस्तो प्रोटिनलाई हामी वास्ता गर्दैनौँ। त्यस्तै सिमी र गहतमा पनि पर्याप्त प्रोटिन पाइन्छ। शरीरमा रगत बढाउन प्रोटिनको ठूलो भूमिका हुन्छ। प्रोटिन नपुगे आइरन चक्कीले मात्र स्वास्थ राम्रो गर्दैन।

हाम्रो परम्पराअनुसार, ऋतुअनुसारको भोजन र फलफूल प्रयोग गर्‍यौँ भने शरीर निरोगी राख्न ठूलो मद्दत गर्छ। बिरामी भएपछि स्वास्थ्यकर्मीकहाँ परामर्श लिन त जानैपर्छ। तर सकेसम्म बिरामी नै नपर्ने उपाय गर्ने हो भने स्वस्थ पोषणमा ध्यान दिने कि ? भान्छाबाटै स्वस्थताको सुरुवात गर्ने जमर्को गर्ने कि ?
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस