गौरा पर्व मनाउन घर फर्किंदै परदेशी
०८ भदौ २०८१
•
२ मिनेट पाठ
गौरा पर्व मनाउन घर फर्किंदै परदेशी
सुदूरपश्चिममा मनाइने प्रमुख चाड गौरा नजिकिएसँगै सीमा नाकाहरूमा भीडभाड बढेको छ। भारतसँग सीमा जोडिएका नाकाबाट घर फर्कनेको सङ्ख्या पहिलाको तुलनामा दोब्बरले बढेको हो।




शनिबारदेखि गौरा सुरु हुने हुँदा लामो समयसम्म रोजगारीको सिलसिलामा भारत गएका परदेशीहरू घर फिर्ता हुन लागेका हुन् । गौराका लागि सीमानाका खलङ्गाबाट स्वदेश भित्रिनेको सङ्ख्या निकै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दैनिक तीन सयभन्दा बढी नेपाली दार्चुलाको दत्तु, जौलजीवी, लाली र खलङ्गा नाकाबाट स्वदेश फर्किरहेको कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

भारतमा रोजगारीका लागि जानेहरू विशेषगरी चाडपर्वको समय मिलाएर घर फर्कने गरेका छन् । सुदूरपस्चिममा  गौराको समयमा परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन छ । यहाँका स्थानीयले गौरालाई बढी महत्वका साथ मनाउने गरेका छन् । गौराको समयमा परिवार र गाउँका मानिस एक ठाउँमा जम्मा भएर सुखदुःख साटासाट गर्छन् । यसले सामाजिक सद्भावमा पनि वृद्धि गरेको जानकारहरू बताउँछन् ।

भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइने सुदूरपश्चिममा मुख्य पर्वका रूपमा मनाइने गौराको अवसरमा बसाइँसराइ गरेर गएकाहरू पनि आफ्नो थातथलोमा फर्कने गर्छन् । पहाडी समुदायमा गौराको समयमा देवीदेवताका मन्दिर तथा गौराखालो ९मन्दिर परिसर० मा खेल हुने भएकाले पनि बसाइँसराइ गरेकाहरू पुख्र्यौली थलोमा फर्किन गरेका हुन् ।

संस्कृतिका जानकार मोहनराज पन्तले गौरा वर्षौ विछोडिएका आफन्त तथा गाउँलेबीच भेटघाट तथा जमघट हुने भएकाले यसलाई सामाजिक सद्भावको पर्वका रूपमा समेत लिने गरिएको बताए। उनकाअनुसार अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि यहाँका ठाउँठाउँमा देउडासमेत खेलिने प्रचलन रहेको छ।(रासस)  
अर्को समाचार
‘नेताहरूलाई चाहिँ लाज लाग्दैन ?’
१५ भदौ २०८१
•
४ मिनेट पाठ
‘नेताहरूलाई चाहिँ लाज लाग्दैन ?’
फाइल तस्वीर
टुँडिखेलमा सोमबार आयोजित गौरा पर्वमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भयो। देउवा, ओली लगायत नेताहरूका कारण देशले दुःख पाएको भन्दै एउटा जमातले गरेको चर्को नाराबाजीले सिंगो मुलुक तरंगित बन्यो।




असन्तुष्ट जमातले नारा लगाएपछि नेताहरूले पनि आक्रोश पोखे। ओलीले सम्बोधनका क्रममा नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको टिप्पणी गरे। कांग्रेस सभापति देउवा भने आफ्नो ‘स्वभाव’ अनुसार कड्किए। उनले नारा लगाउनेलाई ‘लाज नभएकाहरू’ समेत भन्न भ्याए।

‘लाज पनि छैन’, देउवाले रिसाउँदै भने, ‘यही हो नेपालको संस्कृति? यही हो नेपालको चलन? लाज नभएकाहरू?’

सांस्कृतिक पर्वमा नारा लगाउनु कति ठिक थियो, कति बेठिक थियो, त्यसको चर्चा कमै देखिएको छ। तर देउवाले नारा लगाउने जमातलाई लाज नभएकाहरू भनेपछि सामाजिक सञ्जालमा त्यसको चर्को टीकाटिप्पणी भएको छ।

‘अनि पाँचपटक प्रधानमन्त्री हुँदा पनि माखो मार्न नसक्दा लाज लाग्दैन देउवाज्यू,’ सामाजिक सञ्जालमा सुशान्त खत्री लेख्छन्, ‘आफैंले घोटालाका नाइके भनेकालाई प्रधानमन्त्री बनाउँदा लाज लाग्दैन?’

खत्रीले नक्कली भुटानी शरणार्थी काण्ड, गिरीबन्धु टी–इस्टेट काण्ड, स्काउट, बाल मन्दिर र बाँसवारी जुत्ता कारखानादेखि टेरामेक्स र निर्मला कुर्मीका घटनाका कुरासमेत उठाएर सरकारलाई प्रश्न गरेका छन्। ‘काण्डै काण्डको चाङमा बसेर त्यसो भन्ने नेतालाई चाहिँ लाज लाग्दैन?’ उनले लेखेका छन्, ‘आफ्नो कार्यको पनि मूल्यांकन गर्ने कि?’

सुशान्तको कुरासँग सहमत छन्– दीपक पौडेल पनि। उनले सभापति देउवालाई सुध्रिन पनि सुझाएका छन्। प्रजातन्त्र र लोकतन्त्र ल्याउन देउवाले राम्रो काम गरे पनि नयाँ पुस्ताले उनले गरेका राम्रा कार्य हेर्न नपाएको पौडेलको भनाइ छ।

‘अहिलेका युवाले तपाईंले संघर्ष गरेर ल्याएको प्रजातन्त्र भनेर थाहा पाउन्नन्,’ उनले लेखेका छन्, ‘उनीहरूले त प्रजातन्त्रपछि कुशासन मात्र देखेका छन्।’ सामाजिक सञ्जालमा यस्ता थुप्रै प्रतिक्रिया आएका छन्।

केहीले लोकतन्त्र र प्रजातन्त्रका लागि नेताहरूले गरेको योगदानको चर्चा गरे पनि अधिकले उनीहरूका बेथितिलाई सम्झेका छन्। ‘आफ्नै देशमा रोजगारी दिन नसक्दा दैनिक दुई हजारभन्दा बढी युवा बिदेसिएका छन्’, सामाजिक सञ्जालमा प्रवेश कर्ण लेख्छन्, ‘भोट दिने युवालाई रोक्न नसक्ने हो? लाज त तपाईंहरूलाई लाग्नुपर्ने हो।’

कतिपयले सांस्कृतिक पर्वमा नाराबाजी नगरेको भए हुने प्रतिक्रिया दिएका छन्। ‘राजधानीमा सुदूरपश्चिम रमाइरहँदा अवरोध नगरेको भए हुन्थ्यो’, मिलन कार्की लेख्छन्, ‘यसले पर्वमा रमाउनेलाई खल्लो बनाएको छ।’

जात्रापर्वमा नारा लागेको यो पहिलो पल्ट होइन। तर अघिल्लो जात्रामा लागेको नारा र यो नारामा तात्त्विक अन्तर देखिन्छ। करिब एक महिनाअघि ललितपुरको जाउलाखेलमा आयोजित भोटो देखाउने जात्रामा राष्ट्रपति र प्रधानमन्त्रीकै सामुन्ने काठमाडौंका मेयर बालेन साहको पक्षमा लागेको नाराले पनि निकै चर्चा बटुलेको थियो।

मनोविश्लेषक डा. नम्रता पाण्डे यी दुवै राजनीतिको उत्तेजना रहेको बताउँछिन्। ‘राजीनितले लय नलिँदा आएका उत्तेजना हुन् यी,’ उनले भनिन्, ‘यो राम्रो संकेत होइन।’ कतैबाट आशा देख्नेबित्तिकै देउता मान्ने अनि निराशा देख्नेबित्तिकै दानव ठान्ने प्रवृत्ति घातक रहने उनले सुनाइन्। ‘समाजमा पलाएको यो पछिल्लो प्रवृत्ति निकै डरलाग्दो छ,’ उनले भनिन्, ‘यसको समाधानको बाटोमा राजनीतिज्ञ नै लाग्नुपर्छ।’

जनता रिसाएका बेला नेता पनि रिसाए झनै अवस्था घातक हुने उनको बुझाइ छ।  

गौरा पर्वका अवसरमा देउवा र ओलीविरुद्ध नारा लागे पनि यो उनीहरूप्रति मात्र लक्षित भने होइन। मुलुकको वर्तमान अवस्थाका लागि सर्वसाधारण कुनै एक पार्टी र व्यक्तिलाई भन्दा पनि सिंगो प्रणालीलाई दोष दिन्छन्। ‘यहाँ सत्तामा नपुगेका र राज नगरेका को छन् र? सामाजिक सञ्जालमा जीवन धितालले लेखेका छन्, ‘अहिले एकले अर्कोलाई दोष दिँदै पन्छिन मिल्दैन।’

राजनीतिशास्त्री कृष्णप्रसाद लम्साल जनतालाई लोकतन्त्रप्रति हैन, नेताहरूको व्यवहारप्रति वितृष्णा भएको सुनाउँछन्। ‘दशकौंदेखि एउटै अनुहार पदमा देखिरहनु तर मुलुकको अवस्था सोचेअनुसार नफेरिनुको निराशा जनतामा छाएको छ,’ उनले भने, ‘त्यही निराशा विभिन्न बहानामा पोखिन थालेको छ।’

पुराना नेताबाट केही हुने आशा नभएपछि नयाँतर्फ जनताको झुकाव जानु सामान्य कुरा भएको उनले बताए। ‘बालेन–बालेन भनेर जनताले साँच्चिैकै बालेनलाई माया गरेको भन्दा पनि नेताहरूलाई देखिस् भन्न खोजेका हुन्’, उनको विश्लेषण छ, ‘नेताहरूले यो कुरा बेलेमा बुझे उनीहरूका लागि पनि राम्रो हुन्थ्यो।’

देउवा र ओलीले सम्बोधन गर्ने क्रममा नाराबाजी गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लियो। उनीहरू हुन्– सुर्खेत घर भएका गोपीराम जैसी र अछाम घर भएका रामबहादुर बुढा। तर सर्वसाधारणले यसको झनै आलोचना गरेका छन्।

‘आफ्नो कमजोरी नस्विकार्नु झनै खतरनाक स्थिति हो’, सामाजिक सञ्जालमा विनीत पुडासैनी लेख्छन् ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस