नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग गरेको छ।
आज शुक्रबार एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ सहायक सेनानी (उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
सेनाले योग्यता पुगेका नेपाली नागरिकलाई नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाईन दरखास्त फारम भरि सो को प्रिन्टसहित स्वयं उपस्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न पनि आग्रह गरेको छ।
जैविक विविधताको संरक्षणमा सचेतनाका लागि चितवनमा आयोजना गरिएको दौड प्रतियोगितामा नेपाल आर्मी प्रथम भएको छ ।
रोटरी क्लब अफ चितवनले शुक्रबार आयोजना गरेको कसरा चोकदेखि मेघौली विमानस्थलसम्मको १४ किलोमिटरको दौडमा महिला र पुरुषतर्फ आर्मी नै प्रथम भएको हो।पुरुषतर्फ आर्मीका सञ्जय श्रेष्ठ प्रथम भएका छन्।
अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका श्रेष्ठले निर्धारित दूरी ४५ मिनेट १६ सेकेन्डमा पूरा गरे।एपिएफका राजेन्द्र तामाङ द्वितीय भए। उनले ४५ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए।४५ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै आर्मीका रत्नबहादुर खत्री तृतीय हुन सफल भए।जुम्लाका धीरबहादुर बुढा सान्त्वना भए।उनले ४६ मिनेट ५९ सेकेन्डमा १४ किलोमिटरको दूरी पार गरेका थिए।महिलातर्फ आर्मीकै प्रजिता श्रेष्ठ प्रथम भइन्।उनले निर्धारित १४ किलोमिटरको दूरी ५६ मिनेटमा पूरा गरिन् ।
एपिएफकी फूलमती राना द्वितीय, आशा रावत तृतीय हुँदा आर्मीकी राज्यलक्ष्मी रावलले सान्त्वना पुरस्कार पाइन्।उनीहरूले क्रमशः ५६ मिनेट ९ सेकेन्ड, ५६ मिनेट २९ सेकेन्ड, र ५७ मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए।
पुरुष र महिलातर्फ प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वनाले पाँच हजार रूपैयाँ नगद प्राप्त गरे।जैविक विविधता र पारिस्थितिकी प्रणालीको संरक्षणमा चेतना फैलाउने, सरसफाइको विषयमा स्थानीयलाई जागरूक बनाउने उद्देश्यले ‘अन्तर्राष्ट्रिय हेरिटेज दौड’ को आयोजना गरिएको हो।
प्रतियोगिताका विजेतालाई पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कृत गरे।म्याराथनमा पाँच सय जनाको हाराहारीमा सहभागिता रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...