बाढीपहिरोले तनहुँका ग्रामीण सडक अवरुद्ध
०६ भदौ २०८१
•
२ मिनेट पाठ
बाढीपहिरोले तनहुँका ग्रामीण सडक अवरुद्ध
बाढीपहिरोका कारण तनहुँका ग्रामीण सडक अवरुद्ध भएका छन्। केही दिनदेखि परेको वर्षाका कारण बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँमा ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ।




ऋषिङ गाउँपालिका–५ लाग्नेचौतारीदेखि राम्जाकोटसम्म पुग्ने बाटो आज पहिरोले अवरुद्ध भएपछि सर्वसाधारणलाई सास्ती भएको स्थानीय पूर्णिमा क्षेत्रीले बताए।

बाटो अवरुद्ध भएपछि विशेषगरी बिरामीलाई स्वास्थ्य संस्था र विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न कठिन भएको उहाँले जानकारी दिए। उनले भने, ‘पहिरोले बाटै ढाकेको छ, हिँड्डुल गर्न समस्या छ, सम्बन्धित निकायले चाँडोभन्दा चाँडो बाटो खोल्नेतर्फ पहल गर्नुपर्छ।’

भिमाद नगरपालिका–८ भावर जरेवारमार्ग अन्तर्गत सिम्ले टोलमा वर्षाका कारण बुधबार सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ।

भिमाद–५ स्थित वानटाङ खोलामा आएको बाढीले कजवे भत्किँदा दुई दिनदेखि सडक अवरुद्ध छ। खोलामा आएको बाढीले मङ्गलबार कजवे भत्किँदा भिमाद हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न ठाउँमा जाने सडक अवरुद्ध भएको हो।

खोलामा आएको बाढीले कजवे भत्किँदा सवारी साधन सञ्चालन हुन नसकेको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिए। उनले भने, ‘खोला बढेको छ, मानिस वारपार गर्न समेत जोखिम छ, पानी नघटेसम्म सवारी साधन सञ्चालन गर्न मिल्दैन।’

यही बाटो हुँदै ऋषिङ–८ पल्ट्याङका सर्वसाधारण भिमाद बजार आउजाउ गर्छन्। खोला बढेपछि सवारी साधन सञ्चालन हुन नसक्दा स्थानीयलाई सास्ती भएको छ।

यो खोलामा पक्की पुल निर्माण गर्नुपर्ने स्थानीयको वर्षौंदेखिको माग रहेको स्थानीय अस्मिता अधिकारीले बताए। बर्खाका बेला खोला बढ्दा विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न समस्या रहेको उनको भनाइ छ । 

यस ठाउँमा तनहुँ जलविद्युत् आयोजनाले पक्की पुल निर्माणको तयारी गरिसकेको छ। आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माणको प्रक्रिया सुरु गरेको हो।

वर्षौंदेखि खोलामा पुल नहुँदा समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दालाई पुल बनेपछि राहत हुने भएको छ। आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत यहाँ पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। पुल निर्माणका लागि आयोजनाले गत असार १४ गते बोलपत्र आह्वान गरेको छ। उक्त पुलको लागत करिब २५ करोड रहनेछ।

भण्डारीले भने, ‘एसियाली विकास बैङ्कको सहयोगमा आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत पक्की पुल निर्माणको प्रक्रिया सुरु भएको हो, पुल बनेपछि यस भेगका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ।’ 

भिमाद हुँदै ऋषिङका विभिन्न वडा जाने भिमाद ऋषिङ खण्डअन्तर्गत वानटाङ खोलामा पुल नहुँदा बर्खायाममा यस भेगका हजारौँ सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। खोला बढेको बेला वारपार गर्न नै समस्या हुने गरेको छ। पुल नहुँदा यस भेगका जनताले जोखिम मोलेर खोला तर्न बाध्य छन्।-रासस
अर्को समाचार
आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे
१२ असार २०८२
•
२ मिनेट पाठ
आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे
<br>
जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका छन्।




मौसम परिवर्तन भएसँगै झाडापखाला र ज्वरोको बिरामी बढी आउने गरेका हुन्। दिनमा १५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब २० जना ज्वरोका र १५ जना झाडापखालाका बिरामी देखा पर्न थालेका अस्पतालका सुपरिटेन्डेन डा. डिबी क्षेत्रीले जानकारी दिए।

“पहिला एक–दुई जना बिरामी देखिनेमा अहिले त्यो सङ्ख्या १५–२० पुगेको छ। पखालाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ”, उनले भने।

ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण गरी भाइरल सङ्क्रमण देखिएमा सिटामोललगायत आवश्यक औषधि दिने गरिएको बताउँदै निको नभएका वा गम्भीर प्रकृतिका बिरामीको रगत जाँच गरी टाइफाइड र डेङ्गी परीक्षण गर्ने गरिएको सुपरिटेन्डेन डा. क्षेत्रीले जानकारी दिए।

उनका अनुसार बिरामीले रोग निको नहुँदासम्म सफा, स्वच्छ पानी प्रशस्त पिउने, आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त पिउनेलगायत सुझाव दिने गरिएको छ।

अस्पतालमा मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी, छालाजन्य, प्रसूतिलगायत बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ।

यति बेला खेती लगाउने समय भएकाले बहिरङ्ग (ओपिडी) घुइँचो कम भए पनि इमरजेन्सी कक्षमा बिरामीको चाप बढिरहेको छ।

विसं २०७९ मङ्सिर १ गते सञ्चालनमा आएको यस अस्पतालले क्रमिक रूपमा स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकलाई सेवामा सहज बनाउँदै आएको छ।

यसअघि ओपिडी, इमरजेन्सी, ल्याब फार्मेसी, एक्स–रे, भिडियो एक्स–रे, नियमित सेवा दिँदै आएको अस्पतालले पछिल्ला समय डेनटल सेवा, फिजियोथेरापी, डायलासिस, प्रसूतिको शल्यक्रिया, गाँठागुठीको शल्यक्रियाका साथै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा पनि थप गरेको अस्पतालका सुपरिटेन्डेन डा. डिबी क्षेत्रीले जानकारी दिए।

यसैबीच आँबुखैरेनी गाउँपालिकाको स्रोतबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रामकुमार साहबाट नियमित सेवा दिन थालिएको छ।

उक्त सेवासँगै स्थानीयवासीले हाडजोर्नी तथा नशासम्बन्धी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिकाले जनाएको छ।

आधारभूत अस्पतालले आफूले गर्नुपर्ने दायित्वभन्दा बढी सेवा दिइरहेको अस्पतालका सुपरिटेन्डेन डा. क्षेत्रीले बताए।

उनले भने, “जुन राज्य र संविधानले सोचेभन्दा बढी स्थानीय तहले सेवा प्रवाह गर्दै आएको छ। आधारभूत अस्पतालभित्र हाडजोर्नी, डायलासिस, प्रसूतिको शल्यक्रिया गर्नुपर्ने होइन। यहाँ बढीभन्दा बढी सेवा प्रवाह गरी नागरिकको उपचारमा सहज बनाएका छौँ।”

अस्पतालमा ‘गाइनोलोजिष्ट’ र ‘जनरल सर्जरी’को आवश्यक देखिएको जनाउँदै क्षेत्रीले आगामी दिनमा साकार बन्ने लक्ष्य राखिएको बताए। “यहाँ जटिल प्रकृतिका बिरामीलाई पठाउने र लिने अस्पतालबिचको समन्वय हुन सकिरहेको छैन, त्यो हुन आवश्यक छ”, उनले भने।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस