पर्साबाट भारी परिमाणमा लागु औषधसहित पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।चार सय ८९ केजी लागु औषधसहित पटेर्वासुगौली गाउँपालिकाबाट पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रवार पत्रकार सम्मेलन गरी पक्राउ पर्ने कालिका माई गाउँपालिका वडा नम्बर १ मुडली बस्ने ४० वर्षका फुलसरिफ मियाँ रहेको बताएको छ । पर्सा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले विभिन्न किसिमको लागु औषधहरू ठुलो परिणाम खरिद बिक्री भइरहेको विशेष सूचनाको आधारमा गए राति गाउँपालिकाको वडा नम्बर ४ अकवा गाउँको बासँघारीबाट लागु औषधसहित उनलाई पक्राउ गरेको बताए।
उनलाई जाँच गर्दा ठुलो परिमाणमा लागुऔषध बरामद भएको प्रहरीको भनाइ छ । सुरुमा उनको साथबाट ३० केजी लागुऔषध गाँजा फेला परेको थियो । उनले दिएको बयानको आधारमा बासँघारीमा खाल्डो खनी बोराभित्र लुकाएर राखेको अवस्थामा चरेश र गाँजाको धुलो अर्थात पोल्यान्ड समेत बरामद भएको प्रहरी उपरीक्षक ढुङ्गेल जानकारी दिए । बोराभित्रबाट थप १९२ केजी चरेस र २६७ केजी पोल्यान्ड समेत भेटिएको प्रहरीले बताएको छ। पक्राउ परेकामाथि लागुऔषधसम्बन्धि मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
त्यसै गरी पर्सा प्रहरीले साउन महिनादेखि हाल सम्म ८ करोड तीस लाख तीस हजार दुई सय सठ्सठी रुपैयाँ बराबरको विभिन्न माल समान अवैध तरिकाले भन्सार छली ल्याइएको समान पक्राउ गरेको छ। सो महिनामा २६ वटा पुराना मुद्दा फर्छ्यौट गरेको, सामुदायिक प्रहरी साझेदारी अन्तर्गत १२७ वटा सचेतना मूलक कार्यक्रम गरेको, दुई हजार ६ सय ३८ वटा ट्राफिक कारबाही गरेको, एक्काइस लाख १३ हजार एक रुपैयाँ ट्राफिक कारबाहीबाट राजश्व संकलन गरेको र ३० जनालाई भिनिन्न लागु औषधसहित पक्राउ गरेको प्रहरीले बताएको छ । जसमा २६ जना पुरुष सहित ४ जना महिला रहेको प्रहरी उपरीक्षक ढुङ्गेलले जानकारी दिए।
पर्सा प्रहरीले गत २५ गते वीरगन्जको वडा नम्बर ६ रेल्वे रोडबाट करिब ४ करोड ४६ लाख मूल्य बराबरको ४६ कार्टुन इलोक्ट्रोनिक चुरोट (भेप) बरामद गरी राजश्व कार्यालय पथलैया बारा पठाएको थियो ।