मौरिससमा बेचिएकी चेलीको टिकटकमार्फत उद्धार
३१ साउन २०८१
•
५ मिनेट पाठ
मौरिससमा बेचिएकी चेलीको टिकटकमार्फत उद्धार
भविष्यमा त्यो देशमा रोजगारी मात्र होइन; बसोवास, काम र व्यवसायका निम्ति ग्रिनकार्डसमेत पाउने प्रलोभनमा एक नेपाली महिला मौरिसस पुग्छिन्। त्यहाँ उनलाई कामदेखि दामसम्म पाइने भनेर झुक्याएर पुर्‍याइएको हो, तर त्यहाँ कम्पनीको काम नभएर घरको कामसँगै मालिकको तृष्णा पूरा गर्नुपर्ने अवस्थामा पुगिन्।




घरको आर्थिक अवस्था सुदृढ बनाउने सोचले उनी नेपालबाट एजेन्ट बुद्धिराज न्यौपानेलाई दुई लाख ५० हजार रूपैयाँ बुझाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत हुँदै मौरिसस पुगेकी हुन्। ती युवतीलाई न्यौपानेले आफू विदेश पठाउने एजेन्टका रूपमा काम गर्दै आएको बताएका थिए। मौरिससमा कुकको काममा लगाइदिन्छु, तलब मासिक ७० हजार रूपैयाँ हुन्छ भनेर प्रलोभनमा पारेको युवती बताउँछिन्।

उनलाई न्यौपानेले दिएको आश्वासनअनुसार केही समय काम गरेपछि मौरिससको ग्रिनकार्डसमेत बन्छ, परिवारलाई पनि लैजान मिल्छ। मौरिससको ग्रिनकार्ड बनेपछि युरोपलगायतका देशमा जानका लागि भिसा आवश्यकता पर्दैन।

‘ग्रिनकार्ड पनि पाइन्छ, पछि परिवारलाई लैजान पनि मिल्छ भनेपछि मौरिसस जान तयार भएँ’, उनले नागरिकसँग भनिन्, ‘एजेन्टले जति चाँडो पैसा बुझायो उति छिटो भिसा लाग्छ भनेको थियो। सुरुमा एक लाख रूपैयाँ मात्रै बुझाएँ। पछि भिसा आयो पैसा चाँडो जम्मा गरेर काठमाडौं आउनू भनेपछि परिवारसँग बिदाबारी लिएर एजेन्टले भनेजस्तै गरें।’

गाउँबाट बिदा भई काठमाडौं आएपछि एजेन्टले भनेको सम्झँदै उनी भन्छिन्, ‘काठमाडौंबाट मौरिससको डाइरेक्ट फ्लाइट हुँदैन। यहाँबाट भारतको नयाँदिल्ली हुँदै मौरिसस जाने हवाई टिकट काटिदिएको छु। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म म छाड्न जान्छु। त्यहाँबाट ढुक्कले मौरिसस पुगिन्छ।’

उनको मनमा कताकता चिसो पस्यो। ती युवतीले ऋण गरेर पैसा बुझाएकी थिइन्। विमानस्थलबाट जाने बेलामा एजेन्ट न्यौपानेले मौरिसस लेखिएको क्याप लगाउन दिएर फोटो खिचेका थिए।

‘यो क्याप नखोल्नू। मौरिससमा पुगेपछि तिमीलाई यही क्याप लगाएको आधारमा एकजना व्यक्ति लिन आउँछ। मैले तिम्रो फोटो खिची मौरिससमा रहेका व्यक्तिलाई पठाइसकेको छु’, एजेन्ट न्यौपानेले आफूलाई भनेको सम्झँदै उनले बताइन्, ‘काठमाडाैं एयरपोर्टमा कसैले रोक्दैन, ढुक्कसित जाँदा हुन्छ। लाऊ तिम्रो मौरिसससम्मको यात्राका लागि चाहिने कागजात ।’ एजेन्टले उनलाई हवाई टिकट, भिसा, पासपोर्टलगायतका कागजात हातमा दिएको थियो। उनी गत वर्ष माघ १३ गते मौरिसस पुगेकी थिइन् ।

‘एकजना मौरिसस पुरुष व्यक्ति मलाई एयरपोर्टमा लिन आएर आफ्नो कारमा चढाई दुई घन्टाजति यात्रा गराएपछि बिस्सुन मुङ्ग्रो नाम गरेको व्यक्तिको घरमा पुर्‍यायो’, उनी त्यो घरमा पुगेपछिको अवस्था उल्लेख गर्दै भन्छिन्, ‘आराम गर्नसमेत नदिई उसले सीधै घरको काम गर भन्यो। उसले घरको सरसफाइ गर्न र भाँडा माझ्न लगाएको थियो।’

आफू घरायसी काम गर्न भनी आएको होइन भन्दै उनले आपत्ति प्रकट गरेकी थिइन्। यस्तो दलदलमा परेपछि उनले एजेन्ट न्यौपानेलाई फोनसमेत गरेकी थिइन्। उनको फोनको कुनै जवाफ नआएपछि काम गर्न विवश भएको बताइन्। दैनिक १७/१८ घन्टा काम गरेसँगै उनी घरको मालिकसँग हिन्दी भाषामै समन्वय गर्थिन्। घरायसी कामको चाप भए पनि खानासमेत दिँदैनथे।

त्यति मात्रै होइन, उनलाई शारीरिक, मानसिक तथा यौनजन्य कार्यमा नङयाइन्थ्यो। उनी त्यसमा विवश हुन्थिन्। आफू यस्तो अवस्थामा पुगेसँगै नांगिनुपरेको खबर उनी कसैलाई गर्न सक्थिनन्। उनी एक बँधुवाजस्तो भएकी थिइन्। त्यसरी इच्छाविपरीत मालिकले उनको शोषण गरे पनि मासिक आम्दानी ४२ हजार रूपैयाँ पाउँथिन्, तर उनी मौरिससमा मासिक तलब ७० हजार रूपैयाँको प्रलोभनमा परेर त्यहाँ पुगेकी थिइन्। कम्पनीको काममा नलगाई घरको काममा किन लगाएको भनी उनले प्रश्न गर्दा मालिकबाट सकारात्मक जवाफ पाइनन्।

‘बुद्धिराज न्यौपानेबाट तँलाई उपहारस्वरूप खरिद गरी ल्याएको हुँ’, घरमालिकले आफूलाई हिन्दी भाषामा भनेको पीडित युवती भन्छिन्, ‘तँलाई नेपालबाट यहाँसम्म ल्याउँदाको सम्पूर्ण खर्चसमेत दिइएको हो। उसले तँलाई नेपालबाट यहाँ पठाउँदा के–के भन्यो, त्यो मलाई थाहा भएन्। घरमै बसेर सधैं काम गर्ने व्यक्ति चाहिएको भनेर झिकाएको हुँ।’

आफूले प्रश्न गर्दा शारीरिक यातनासमेत दिइएको बताउँछिन्। कम्पनीको काम पाइने, ग्रिनकार्ड बन्ने लोभ र झुटो आश्वासन दिएर आफूलाई मौरिससमा बेचिदिएको उनलाई बल्ल थाहा भयो।

झन् धेरै घरमालिकका माग बढ्दै गएको दुःखद क्षण उनले सम्झिन्, ‘घरमालिकको पीडादायी शारीरिक यातना, घरको काममा पनि उस्तै दलिएपछि बिरामी हुँदै गएँ। त्यहीमाथि पटकपटक कुटपिट गरी लछारपछार गर्ने र घरका सम्पूर्ण सदस्यले आक्रमण गर्न थालेपछि सहन नसक्ने भएँ ।’

बारम्बार एजेन्ट न्यौपानेलाई पुकार गर्दा आफ्नो कुरै नसुनेको उनले बताइन्। ‘तैंले जे गर्न सक्छेस् गर्, मलाई केही मतलब छैन’, न्यौपानेलाई उधृत गर्दै ती युवतीले भनिन्, ‘तँ अब नेपाल आउन पनि सक्दिनस्। घरमालिकले भनेको मानिनस् भने तँलाई मारेर फालिदिन्छ। उसले जे–जे भन्छ त्यही गर्। यहाँबाट केही  गर्न सकिँदैन।’

उनलाई अब पीडासँगै असह्य भयो। उनले नेपाल फर्कने बाटो खोज्न थालिन्। घरमालिकको प्रत्येक दिनको शारीरिक तथा मानसिक यातनासँगै यौन शोषणसमेत बढ्न थालेपछि एक दिन राती घरमा सबै सुतेको मौका पारी उनी भागिन्।

‘पूरै अन्धकार थियो। कहाँ जाने केही थाहा थिएन। मलाई यति थाहा थियो– यो नर्कबाट भाग्दै छु। कसको साथ पाइन्छ भन्ने अन्योलमा थिएँ। जहाँ पुग्छुपुग्छु भनेर भागेँ। रातको समयमा मौरिससकै एकजना अन्टीको घरभित्र छिरेर त्यहीं शरण परें’, उनले भनिन्।

त्यसपछि टिकटकमा लाइभ आएपछि आफ्नो पिरव्यथा सबै खोल्न थालिन्। ‘टिकटकमार्फत धेरै हारगुहार मागेँ। भगवान्को रूप नै मानव हुने रहेछ। पोर्चुगलमा बस्ने नेपाली सुब्रत कुमार रिमाल दाइले मेरो पीडा बुझी सामाजिक सञ्जालमार्फत टिकट काटी गत असार २० गते नेपाल फर्कन सफल भएँ’, नारकीय जिन्दगीबाट पुनर्जन्म लिएर स्वदेश फर्किएकी ती  युवतीले भनिन्। विभिन्न प्रलोभनमा पारी मौरिसस पुर्‍याएर यौन कार्यमा संलग्न गराएसँगै मानव बेचबिखन भएको भन्दै ती युवतीको उजुरी मानव बेचबिखन अनुसन्धान ब्युरोमा हालसालै दिनकी छन्।  
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस