नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दायर भएको छ। काठमाडौं सरकारी वकिल कार्यालय काठमाडौंले झाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो।
सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उनीविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानले झाको संलग्नता रहेको देखिएपछि उनलाई गत असार १४ गते झालाई प्रहरीले पक्राउ गरेको थियो।
सरकारी वकिलसँगको बयानमा झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन्।
उनले टेकनारायण पाण्डे, श्यामकृष्ण श्रेष्ठ, हरिभक्त महर्जन लगायतलाई नचिनेको भनेर बयान दिएका छन्। झाले आफूलाई दिएको भनिएको चेकको सम्बन्धमा पनि केही जानकारी नभएको बताएका छन्।
त्यस्तै रामशरण केसीले भनेको अडिओमा आफ्नो आवाज नरहेको र आफू आवाज परीक्षण गर्न पनि तयार रहेको झाले बताएका छन्।
उनले हरिभक्तबाट पनि रकम नलिएको र भिडिओमा देखिएको भनिएका व्यक्तिहरू पनि नचिन्ने बताएका छन्।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा सरकारी वकिलले झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने मागदाबी गरेको छ।
त्यस्तै मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदाबी लिइएको छ।