आकर्षक तलब र ग्रीनकार्डको लोभमा पर्दा...
२९ साउन २०८१
•
२ मिनेट पाठ
आकर्षक तलब र ग्रीनकार्डको लोभमा पर्दा...
वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने लोभमा फस्दा एक महिला चरम यौन तथा श्रम शोषणमा परेकी छिन्।




लामो यातनापछि उनी भागेर नेपालीहरुकै सहयोगमा घर फिर्ता हुन सफल त भइन् तर ती महिला ठूलो आर्थिक रकम गुमाउन पुगिन् भने यौन र श्रम शोषणमा परेर विक्षिप्त भएकी छिन्। नेपाल फर्किएपछि उनले प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीका आधारमा उक्त घटनामा संलग्न रहेको आरोपमा आज एक जनालाई पक्राउगरी अनुसन्धान थालिएको ब्युरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार उक्त घटनाका अभियुक्त झापाका ५४ वर्षीय वृद्धिराज न्यौपानेलाई सोमवार काठमाडौँ महानगरपालिका–७ गौरीघाटबाट पक्राउगरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा आजै पाँच दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान थालिएको छ।

अभियुक्त न्यौपानेले आर्थिक अवस्था कमजोर भएकी पीडित महिलालाई मौरिससमा मासिक ७० हजार कमाई हुने र ग्रीनकार्डसमेत पाइने प्रलोभनमा विश्वास दिलाएर मौरिसस पु¥याएका थिए। उनले त्यहाँ पुग्नका लागि भन्दै पीडितबाट दुई लाख ५० हजार लिएका अनुसन्धानमा खुलेको ब्युरोले जानकारी दिएको छ।

सुरुमा उनले गत माघमा मौरिसस पुर्‍याउन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा लगेर पीडित महिलालाई मरिसस लेखिएको क्याप टोपी लगाउन लगाई फोटो खिचे। पहिचानका लागि मौरिससमा रहेका उनका साथीलाई त्यो तस्वीर पठाए। त्यसपछि उनले गत माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मैरिसस पु¥याएका खुल्न आएको छ।

त्यही टोपीका आधारमा पहिचानगरी मौरिससस्थित विमानस्थलमा उनका साथीले पीडितलाई रिसिभगरी मौरिसियन नागरिकलाई जिम्मा लगाएको पनि अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक मिश्रले बताए।

मौरिससका नागरिकले अभियुक्त न्यौपानेबाट उपहारस्वरुप खरिदगरी ल्याएको भनी दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलबसमेत नदिइ चरम श्रम शोषण तथा यौनशोषण गरेको पीडित महिलाले ब्युरोमा बयान दिएकी छिन्।

पीडित महिलाले नेपाल फर्काउन अनुरोध गर्दा अभियुक्तले घर मालिकले भनेबमोजिम गर्न भनी डर, धम्कीसमेत दिएपछि काम गरेको ठाउँबाट रातिको समयमा भागेर उनी पोर्चुगलमा रहेका नेपाली नागरिकको सहयोगमा गत असार ३० गते नेपाल फर्कन सफल भएकी थिइन्।

त्यसपछि उनले मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा जाहेरी दिएपछि प्रहरीले अभियुक्तको खोजी थालेकामा सोमवार न्यौपाने पक्राउ परेका हुन्। रासस
अर्को समाचार
वैदेशिक रोजगारीका लागि दैनिक २ हजारको श्रम स्वीकृति
०४ पौष २०८१
•
५ मिनेट पाठ
वैदेशिक रोजगारीका लागि दैनिक २ हजारको श्रम स्वीकृति
वैदेशिक रोजगारीमा विभिन्न देश जान अनिवार्य श्रम स्वीकृतिका लागि दैनिक १ हजार ७ सय सर्वसाधारण वैदेशिक रोजगारी विभाग पुग्ने गरेका छन् ।  




श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याकंअनुसार, प्रति महिना देशबाट वैदेशिक रोजगारीमा ७० हजार र उच्चशिक्षा अध्ययनका लागि ७ हजारभन्दा बढी नेपाली बिदेसिने गरेको गरेका छन् ।  

तथ्यांकअनुसार ३० वर्षमा ६८ लाख युवाले कामको खोजीमा देश छाडेका छन् । आर्थिक वर्ष २०५०/५१ देखि ०८१/८२ मंसिर मसान्तसम्ममा ६८ लाख युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देशमा गएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।  

नेपालबाट वार्षिक रोजगारीका लागि साढे ७ लाख भन्दा बढी कामदार मलेसिया, खाडी र युरोपेली मुलुक पुग्ने गरेका छन् । यो भारतबाहेकका अन्य मुलुकमा नेपाली युवा गएको संख्या हो । भारतमा १५ देखि १७ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको सरकारी अनुमान छ । यसबाहेक व्यक्तिगत पहुँच वा अन्य उपायबाट विभागसँग श्रम स्वीकृति नलिई विदेश गएकाको संख्या सरकारी अभिलेखमा छैन ।  

उनका अनुसार खुला सिमाना भएका कारण नेपाली युवा भारत हुँदै बंगलादेश, चीन, श्रीलंका र म्यानमारसम्म रोजगारीमा जाने गरेका छन् । यी देशमा पुगेका कामदार अवैध बाटो हुँदै युरोपका देश, युएई, मलेसिया र खाडीका देश पुग्ने गरेका छन् । उक्त तथ्याकं कुनै पनि सरकारी निकायसँग नभएको उनी बताउँछन् ।  

अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) को तथ्यांक अनुसार विश्वभर २ अर्ब ४४ करोड आप्रवासीमध्ये १ अर्ब ५० लाखभन्दा धेरै वैदेशिक रोजगारीका लागि एक देशबाट अर्को देश पुग्ने गरेका छन् । विश्वभर २७ करोडभन्दा बढी मानिस प्रत्येक चार महिनामा आफ्नो घर छाडी कामको खोजीमा अन्य देशमा पुग्ने गरेका छन् । तीमध्ये २३ करोडभन्दा बढी मानिस रोजगारी र शिक्षाको खोजीमा बिदेसिने गरेको आईएलओको तथ्याकं छ ।  

अन्तर्राष्ट्रिय आप्रवासन

संयुक्त राष्ट्रसंघले सन् १९९० मा आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । आप्रवासी दिवस भने सन् २००० बाट मनाउन सुरु भएको थियो । नेपालमा  सन् २००५ बाट सरकार र वैदेशिक रोजगारी क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले यो दिवस मनाउन थालेका हुन् ।

हिजो १८ डिसेम्बर अर्थात् २४ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर बुधबार मनाइएको छ । विश्वमा छरिएर बसेका नेपाली कामदारले पनि यो दिवस मनाउँदै आएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगारी क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले समेत यस दिवसलाई विभिन्न कार्यक्रम गरेर मनाउने गर्छन् ।

नेपाली कामदारले भारत, चीन र अन्य देशको तुलनामा समान तलब नपाउने गरेको श्रम विज्ञ गणेश गुरुङले जानकार गराए । साथै वैदेशिक रोजगारीमा कार्यरत नेपाली कामदारका हकमा अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) ले तोकेको सेवा सुविधा लागू नभएको उनले बताए ।  

‘नेपाली कामदारले थोरै तलबमा विदेशी श्रम बजारमा काम गर्न बाध्य भएका छन्,’ उनले भने, ‘सीप भएकै कामदारले आईएलओको मापदण्डअनुसार तलब पाएका छैन ।’  

गुरुङका अनुसार यहाँ रोजगारीको अभाव छ । उत्पादनशील रोजगारीको अवसरको अभावमा ठुलो सङ्ख्यामा युवाहरू जीविकोपार्जनका लागि वैदेशिक रोजगारमा गइरहेका छन् । अन्तर्राष्ट्रिय बजार फैलिँदा संकटमा पुगेको अर्थतन्त्रलाई बलियो बनाएको छ । तर, विभिन्न देश पुगेका श्रमिकले तोकिए बमोजिमको ज्याला पाउन नसकेको उनी बताउँछन् ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी आप्रवासन फराकिलो हुँदै गएपछि यस क्षेत्रका चुनौती थपिएको बताए । नेपाली वैदेशिक रोजगारी, विदेशमा अध्ययन र व्यापार गर्न बिदेसिने क्रम बढ्दो छ । यसबाट देशको अर्थतन्त्रमा पनि ठुलो सहयोग पुगेसँगै नेपालमा विप्रेषणको योगदान २९ प्रतिशत भएको उनले बताए । साथै आप्रवासनले देशको आर्थिक, सामाजिक र सांस्कृतिक संरचनामा परिवर्तन ल्याएको उनको भनाइ छ ।

‘समान तलब र अन्य सुविधा नेपाली कामदारले पाउनुपर्ने माग हामीले राख्दै आएका छौँ । कतिपय देशले समान तलब दिइरहेको पनि छ,’ उनले भने ।  

उनका अनुसार वैदेशिक रोजगारीमा नेपाली गएको देखेर अधिकांश मानिसहरू देश खाली हुँदै छ भन्ने मात्रै छन् । खाडी मुलुक गएका श्रमिकको अवधि भनेकै ३/४ वर्ष हो । त्यसपछि उनीहरू फर्किन्छन् । त्यसैले युवाविहीन देश भयो भनेर भन्न नमिल्ने उनले बताए ।  

‘नेपाल खाली भयो भन्ने भाष्य बनाएका छौँ,’ उनले भने, ‘त्यसलाई गहिरिएर कसले हेरेको छ । विदेशमा गएर दुःख गरी पुँजीसँगै त्यहाँको सीप नेपाल ल्याएर उद्यमी बनेकालाई कसैले मुल्यांकन गरेका छैनन् । त्यसैले केही भएन्, केही हुँदैन भन्यो भने काहीँ पनि पुगिदैँन् ।’ समस्याको समाधान सबैलाई थाहा छ, त्यसलाई अवसरको रूपमा प्रयोग गर्नु पर्ने उनले बताए ।  

‘२ लाख तिरेर विदेश जान्छन् । २ लाख खर्च गरेर २ वटा भैँसी पाल्दैनन् । दुईवटा भैँसीबाट मासिक केही नभए पनि ५० हजार रुपैयाँ बराबरको आम्दानी हुन्छ । तर, नेपाली त्यो मेहनत गर्न चाहँदैनन् । बरु खाडीमा गएर ४०/५० डिग्रीको घाममा भेडा चराउन तयार छन्,’ श्रम मन्त्री भण्डारीले बताए ।  

वैधानिक तवरले बिदेसिएका मानिसलाई समस्या पर्दा समाधान सकिन्छन । तर, अवैध रूपमा विदेश गएका श्रमिकलाई उद्धार गर्न धेरै गाह्रो भएको उनी बताउँछन् ।

३० वर्ष अवधिमा १४ हजारभन्दा बढी नेपाली कामदारले रोजगारदाताको देशमा ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ । धेरै आप्रवासी कामदार जेलमा छन् ।  

रोजगारदाता देश र स्रोत देशबिच आप्रवासी श्रमिकका सम्बन्धमा सरकारी स्तरमा सम्झौता नहुँदा नेपाली श्रमिकले विदेशी भूमिमा अलपत्र पर्ने र ज्यान गुमाउनुपर्ने जस्ता घटना धेरै छन् । साथै  रोजगारदाताबाट कुटपिट, महिला कामदारमाथि शोषण र समान ज्याला पाउनबाट वञ्चित भएका उदाहरण पनि उस्तै छन् ।  

आप्रवासी श्रमिकका अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम), अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) लगायत एक दर्जनभन्दा धेरै ठुला संस्थाले काम गर्दै आएका छन् । तर यी संस्थाले बनाएका महत्वपूर्ण मापदण्डले नेपाली कामदारले भोगिरहेको समस्या समाधान गर्ने सहयोग पुगेको छैन । अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहेका नेपाली कामदारका समस्या छलफलमै सीमित देखिएको वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको धारणा छ ।  
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस